ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दमक जोडिने चार पुलको प्रधानमन्त्री ओलीबाट उद्घाटन


एबीसी / संवाददाता
फाल्गुन १६, २०७७ आईतबार  ४ : ५० बजे

दमक, १६ फागुन  । झापाको दमकलाई अन्य पालिकासँग जोडिने गरी चार पक्की पुलको एकैसाथ उद्घाटन गरिएको छ । ती सबै पुलको यस क्षेत्रका प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज उद्घाटन गर्नुभयो ।

उहाँले आज नै कमल गाउँपालिकाको क्याम्पादेखि मङ्गलबारे जोड्ने कमल खोलामा निर्मित पुलको उद्घाटन गर्नुभयो । त्यसपछि उहाँले आफ्नो गृहनगर दमक –१० लाई मोरङको उर्लाबारी जोड्ने मावा खोलामा निर्मित पुलको उद्घाटन गर्नुभयो ।

उहाँले सोही वडाबाट कमल गाउँपालिका हुँदै गौरादह जोड्ने स्थानमा रहेको रतुवा खोलामा निर्मित पुलको समेत उद्घाटन गर्नुभएको छ । अहिले प्रधानमन्त्री ओली चीन–नेपाल मैत्री औद्योगिक पार्क शिलान्यासका क्रममा हुनुहुन्छ । शिलान्यासपछि उहाँले कमल– ७ झर्काहा बजारमा आयोजना हुने सभालाई सम्बोधन कार्यक्रम छ ।

त्यहाँको कार्यक्रमपछि दमक– १ बाट कमल गाउँपालिका हुँदै इलामको चुलाचुली जोड्ने रतुवा खोलामा निर्मित पुल उद्घाटन गर्ने कार्यक्रम रहेको जनाइएको छ । प्रधानमन्त्री ओलीका सचिवालयका अनुसार प्रधानमन्त्रीले वैकल्पिक मार्गका रुपमा रहेको मदन भण्डारी चुरे राजमार्गमा पर्ने सो स्थानको पुलसँगै पूर्वी खण्डका ३१ पुलको एकैसाथ शिलान्यास गर्नुहुनेछ ।

दमकलाई पालिकासँग जोड्ने काम तीव्र

पछिल्लो समय शहरीकरणका रुपमा विस्तार हँुदै गएको दमकलाई छिमेकी पालिकासँग पहुँच विस्तार गर्न विभिन्न नदी तथा खोलामा पुल निर्माण भएपछि स्थानीय बासिन्दालाई प्रत्यक्ष फाइदा पुगेको छ । पूर्वी पहाडी क्षेत्रको केन्द्र बनाउनका लागि अहिले तीनैतर्र्फका नदीमा पुल निर्माण भएपछि अब दमकले विस्तारै विकासमा फड्को मार्ने विश्वास स्थानीयवासीको छ ।
दमक नगरपालिकाका इञ्जिनीयर अनन्त सेनेहाङका अनुसार दमकसँग जोडिने नदी तथा खोलामा सङ्घीय सरकारको बजेटबाट चार पुल निर्माण भइसकेका छन् । पूर्व र दक्षिणमा रतुवा, पश्चिम मावामा गरी पक्की पुल निर्माण भइसकेका छन् भने आधा दर्जन अझै राष्ट्रिय योजनाका विभिन्न परियोजना निर्माणका क्रममा छन् । मुख्य गरी केही महीनाअघि मात्र दमक जोडिने चारैतिरका नदीमा पुल निर्माण भएपछि उत्तरी मोरड, दक्षिणी इलाम र दक्षिणी झापाका सर्वसाधारणको केन्द्रका रुपमा सो नगर विकास हुने अवस्थामा पुगेको छ । प्रधानमन्त्री ओलीको अघिल्लो कार्यकालमै ती सबै पुल शिलान्यास गरिएको थियो ।

वर्षौंदेखि पुलको अभाव झेल्दै आएका इलाम, चुलाचुलीबासीलाई पक्की पुल निर्माण भएपछि दमकसँगको सम्बन्ध नजीक भएको छ । बर्खामा विद्यालय जान र बजार भर्न लागिसमेत रतुवा नदीको बाढीका कारण समस्या झेल्दै आएका बासिन्दालाई पुल निर्माणपछि शिक्षा, स्वास्थ्य र रोजगारीका लागि दमकसम्म आवतजावतमा सुविधा पुगेको स्थानीय युवासमेत रहनुभएका पुल रेखदेख समितिका उपाध्यक्ष सुवास आङथोपोले बताउनुभयो । उहाँले भन्नुभयो, “निर्माण भएपछि चुलाचुलीबासीले धेरै राहत महसुस गरेका छन्, चुलाचुलीले विस्तारै काँचुली फेर्न थालेको छ ।”

दुई सय मिटर लामो सो पुल रु १५ करोड ६८ लाख २१ हजार २५० को लागतमा निर्माण भएको हो । यस्तै दमक–राजघाट, दमक–कमल र दमक–गौरादह जोड्ने गरी मावा र रतुवा नदीमा पुल निर्माण गरिएको छ । दमक– १० सेतुमारीदेखि गौरादह– ५ बालुबथान जोडिने ३०० मिटर लामो रतुवा खोलामा रु ३३ करोड ५२ लाखका लागतमा पुल निर्माण भएको हो । पुल निर्माणपछि साविकका महारानीझोडा, कोहबरा र खजुरगाछीका बासिन्दालाई दमकसम्म आउन सीधा र सहज आवागमनमा सुविधा पुग्ने दमक– १० का वडाध्यक्ष बोधराज न्यौपानेले बताउनुभयो ।

गौरादह, बालुबथानका बासिन्दासमेत रहनुभएका नेकपा क्षेत्र नं ५ का अध्यक्ष मदन अधिकारीले पुल निर्माणपछि बालुबथानबाट दमक र उर्लाबारीसम्म आउनजानका लागि सहज हुने जनाउनुभयो । सो पुलमा प्रस्तावित चीन नेपालमैत्री औद्योगिक पार्क क्षेत्र निर्माणपछि झनै चहलपहल बढ्ने बताउनुभयो । मुख्य उद्योग गौरादह र कमलमा रहने भएपछि दमकसम्म आउन र सामान ढुवानी गर्न सो पुल निर्माणसँगै यस क्षेत्रका सडक वैकल्पिक रुपमा प्रयोगमा आउने उहाँको भनाइ छ ।

बालुबथानदेखि मोरङको उर्लाबारीको राजघाट जोड्ने गरी ११ मिटर चौडाइ तथा ४०० मिटर लम्बाइको पुल निर्माण पनि सकिएको छ । शर्मा–एपेक्स जेभी काठमाडौँले रु ५० करोड २० लाख दुई हजार २०० को लागतमा पुल निर्माण गरेको हो । त्यस्तै दमकलाई मोरङको मधुमल्ला जोड्ने मावामा २५० मिटर लम्बाइ र ११ मिटर चौडाइ भएको पुल निर्माण भएको र त्यसको लागत रु ३० करोड २२ लाख ९१ हजार ७५० रहेको जनाइएको छ ।

मावा खोलामै दमक– १० सेतुमारीदेखि मोरङको उर्लाबारी नगरपालिका– ९ राजघाट नै जोड्ने गरी ७५ दशमलव ४५ मिटरको पुल निर्माण सकिएको छ । जिल्ला समन्वय समिति झापाको लगानीमा निर्मित पुलसँग जोडिने बाटो नभएका कारण प्रयोगविहीन भएको थियो । मावाखोलामै रु चार करोड २१ लाखको लागतमा पुल निर्माण सम्पन्न भएको हो ।

दमकदेखि उर्लाबारी नगरपालिकास्थित आमबाडी जोड्ने गरी पनि मावा खोलामा अर्को पुल निर्माण भएको छ । एघार मिटर चौडाइ र २०० मिटर लम्बाइको पुल निर्माणको लागत रु २२ करोड ८७ लाख ५० हजार छ । मावा र रतुवा नदीबीचमा रहेको पुल निर्माण भएपछि दमक मोरडका ग्रामीण बजारको केन्द्रका रुपमा विकास हुने स्थानीयवासी नवराज न्यौपानेले बताउनुभयो । वर्षेनी पुल नहुँदाको सास्ती भोग्दै आएका स्थानीय बासिन्दाले अब राहत महसुस गरेको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

के दुवईको अन्त्य हो यो ?

ट्रम्प सहयोगी राष्ट्रप्रति आक्रोशित : हर्मुज जलडमरूमध्य खोल्न सहायता नदिएकोमा आलोचना

सम्बन्धित

ट्रम्पले पुटिनको तर्कले आफैंलाई प्रमाणित गरिदिए : न्युजविक

के दुवईको अन्त्य हो यो ?

ट्रम्प सहयोगी राष्ट्रप्रति आक्रोशित : हर्मुज जलडमरूमध्य खोल्न सहायता नदिएकोमा आलोचना

नेपालमा लगानी बढाउन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान

वाणिज्य विभागले भन्यो – व्यापारीले ग्यास लुकाएका छैनन्, मागअनुसार आपूर्ति नहुँदा अभाव भयो

समानुपातिक सांसदको सूची सार्वजनिक (सूचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com