ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

समाजवादोउन्मुख अर्थतन्त्र निर्माणमा अग्रसर हुन राष्ट्रपति भण्डारीको आग्रह


एबीसी / संवाददाता

काठमाडौं, १४ फागुन ।  राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुक सामाजिक न्यायसहितको आर्थिक समृद्धितर्फ अग्रसर भइरहेको सन्दर्भमा संविधानले परिकल्पना गरेको समाजवादोउन्मुख अर्थतन्त्र निर्माणका दिशामा लाग्न आग्रह गर्नुभएको छ ।
शान्ति, अहिंसा, लोकतन्त्र र मानवअधिकारका क्षेत्रमा विशिष्ट योगदान पुु¥याउने व्यक्तित्वलाई राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित सम्मान समारोहमा उहाँले सादा जीवन उच्च विचारका धनी महेन्द्रनारायण निधिले अगाँल्नुभएको निष्ठाको राजनीति सबैका लागि स्मरणीय रहेको उल्लेख गर्नुभयो । निधि प्रतिष्ठाको योगदानको खाँचो औल्याउँदै राष्ट्रपति भण्डारीले भन्नुभयो, “निधिको निष्ठापूर्ण जीवन आर्दशको अनुसरण गर्ने भावना हामी सबैमा रहोेस् ।”
जनताको हकअधिकार स्थापना गर्न सधैँ अग्रपङ्क्तिमा रहेर सङ्घर्ष गर्नुभएका महेन्द्रनारायण निधिले प्राप्त प्रजातन्त्र र नागरिक अधिकारको संरक्षण एवं सम्वद्र्धनमा आफूलाई जीवनभर समर्पित गर्नुभएको बताउनुुभएको छ ।

राष्ट्रपति भण्डारीले भन्नुुभयो, “विचारअनुसारको व्यवहार र वचनअनुसारको कर्मका विशिष्ट उदाहरणका रूपमा रहनु भएका निधिबाट आजका र भावी पुस्ताले शिक्षा लिनुपर्छ ।”

राष्ट्रिय एकता एवं सामाजिक सद्भाव र सहिष्णुताको भावनालाई मजबुत बनाउन स्व निधिले राष्ट्रिय राजनीतिमा निर्वाह गर्नुभएको भूमिका सधैँ उल्लेखनीय रहिरहने बताउँदै राष्ट्रपति भण्डारीले राष्ट्रिय दृष्टिकोण बोक्नुभएका निधि आम नेपालीको नेता हुनुहुन्थ्यो भन्नुभयो ।

सो अवसरमा २०७६ र २०७७ सालको महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार क्रमशः वरिष्ठ पत्रकार होमनाथ दाहाल र साहित्यकार डा रामदयाल राकेश तथा प्रेमसागरीदेवी निधि पुरस्कार लोकतन्त्रका अभियन्ता काशीदेवी झा र सामाजिक अभियन्ता गिरिराजकुमारी ९ज्ञानु० प्रसाईँलाई प्रदान गरियो । दुवै पुरस्कारका राशी जनही रु एक लाख छ । झा दुर्गानन्द झाकी धर्मपत्नी र प्रसाईँ समाजवादी चिन्तक सीके प्रसाईकी धर्मपत्नी हुनुहुन्छ ।

शान्ति, अहिंसा, समुदायका बीचमा सद्भावना, लोकतन्त्र र सामाजिक न्यायका लागि अथक अभियन्ता निधिको स्मृतिमा २०५८ सालमा स्थापित महेन्द्र नारायण निधिले २०७० सालदेखि ती दुई पुरस्कार प्रदान गर्दै आएको छ ।

सो अवसरमा नेपाली काँग्रेसका उपसभापति एवं निधि प्रतिष्ठानका मानार्थ अध्यक्ष विमलेन्द्र निधिले जनताको अपनत्व नभएसम्म परिवर्तनले स्थायित्व नपाउने भएकाले अहिलेको राजनीतिक विवादको निकास संसद्बाटै खोज्ने प्रयास गर्नुपर्छ भन्नुभयो । उहाँले शान्ति र अहिंसाभित्र लोकतन्त्र र मानव अधिकारलगायतका विषय समेटिने भएकाले जनताका बीचमा गएर स्व निधिले विभेद्विरुद्ध र समानताको पक्षमा काम गर्नुभएको योगदान सबैका लागि अनुकरणीय रहेको बताउनुभयो ।

पूर्वमुख्य सचिव एवं पुरस्कार छनोट समितिका संयोजक डा विमल कोइरालाले लोकतन्त्र, सामाजिक न्याय र समुदायबीचमा सद्भावका लागि अविचलितरुपमा अभियन्ताका रुपमा काम गर्ने स्व निधि निष्ठा र सरलताका प्रतिमूर्ति हुनुहुन्थ्यो भन्नुभयो ।

संस्थाका अध्यक्ष पुरुषोत्तम दाहालले सिद्धान्त र विचारमा अडिग व्यक्ति सधैँ अमर रहन्छ भन्ने उदाहरणका रुपमा मातृभूमिमै रही अहिंसात्मक ढङ्गबाट पनि परिवर्तनको सम्भव पुष्ट्याइ गर्ने स्व निधि अहिंसामा विश्वास गर्ने सबै नेपाली राजनीतिज्ञका प्रेरणाका स्रोत हुनुहुन्थ्यो भन्नुभयो ।

स्व निधिका छोरा प्राध्यापक नवेन्द्र निधि, पुरस्कृत व्यक्तित्व दाहाल र राकेशले गान्धीवादी स्व निधि शान्ति र अहिंसाका पुजारी मात्र होइन, शालीन व्यक्तित्वका रुपमा स्मरण गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com