ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुलुकमा नयाँ राजनीतिक कोर्ष शुरु : कसको पक्षमा कति सांसद (नामसहित)


एबीसी / संवाददाता

काठमाडौं, १३ फागुन । प्रतिनिधि सभा विघटनको निर्णय सर्वोच्च अदालतले बदर गरेपछि मुलुकमा नयाँ राजनीतिक कोर्ष शुरु भएको छ । अबको राजनीति कसरी अगाडि बढ्छ भन्ने विषय यति बेला बहसमा छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिन्छन् कि दिंदैनन् रु नेकपाको औपचारिक विभाजन कसरी हुन्छ रु कांग्रेस र जसपाको भूमिका के रहन्छ रु नेकपा प्रचण्ड–नेपाल समूहको प्रस्तुति कस्तो रहन्छ ? र बामदेव गौतमको भूमिका के रहन्छ भन्ने विषय यति बेला चासोको विषय बनेको हो ।

नेपालको राजनीतिले जुनसुकै बेला जस्तोसुकै मोड लिन सक्ने भएकाले भावी कदमहरूका बारेमा ठ्याक्कै यही हुन्छ भन्ने अवस्था नभए पनि अबको राजनीति प्रधानमन्त्री ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा प्रचण्ड–नेपाल समूहकै वरिपरि घुम्ने आङ्कलन गरिएको छ ।

सर्वोच्च अदालतले फागुन २४ गतेभित्र संसद् अधिवेशन आह्वान गर्न आदेश दिइसकेकाले त्यति बेलासम्म राजनीतिक कोर्षले एउटा विन्दु तय गर्ने भने पक्का छ ।

नेकपाको ओली समूहको स्थायी कमिटी बैठकले नयाँ रणनीति तयार गरेको बुझिएको छ । सो समूह अब कसरी अघि बढ्ने भन्ने रणनीति बनाउन स्थायी कमिटी सदस्यहरूसँग परामर्शमा छ । ओली निकटका केही नेता भने सर्वोच्चको फैसलालाई सम्मान गर्दै प्रधानमन्त्री ओलीले राजीनामा दिनु जायज हुने बताउन थालेका छन् ।

प्रचण्ड–नेपाल समूहले पनि स्थायी कमिटी बोलाइसकेका छन् । उनीहरू कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर आगामी राजनीतिक समीकरणका विषयमा आफ्ना प्रस्तावहरू सुनाइसकेका छन् । देउवाले भने आफूले केन्द्रीय समितिमा सल्लाह गरेर प्रतिक्रिया दिने बताएका छन् ।

के हुन्छ हिसाब किताब ?

राष्ट्रिय सभाका सदस्यसमेत जोड्दा संघीय संसदीय दलमा प्रचण्ड(माधव पक्षका सांसदको संख्या ११२ छ । त्यस्तै ओली पक्षमा दुवै सदनका सांसदको संख्या १०८ छ ।

१७४ सिट प्रतिनिधिसभामा रहेका नेकपाको समानुपातिक सांसद सानु शिवाको निधनपछि हाल १७३ सिट भएको हो । राष्ट्रियसभामा वामदेव गौतमबाहेक ओली पक्षमा राष्ट्रियसभा अध्यक्षसहित २५ र प्रचण्ड(माधव पक्षमा उपाध्यक्षसहित २४ सांसद छन् । वामदेव प्रचण्ड-माधव पक्षमा लाग्दा बराबरी हुन्छ ।

प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षले संसदीय दलको नेता चयनमा सहभागी हुन पाउँदैनन् । यदि नेकपा एकीकृत रूपमा रहने गरी दलको नेता चयन प्रक्रिया अघि बढ्यो भने दुवै सदनका २२१ सदस्यले मतदान गर्न पाउँछन् ।

प्रतिनिधिसभा पुनःस्थापनासँगै कतिपय नेकपाका सांसदहरुले अब गुट परिवर्तन गर्ने क्रम शुरू हुनेछ । दुवै पक्षले आफ्नोतिर सांसद तान्ने क्रम चल्नेछ । तर, सर्वोच्चको फैसलापछि सांसदहरूको ओहोरदोहोर शुरू नहुँदासम्म नेकपा संसदीय दलमा सांसदहरुको विभाजन यस्तो देखिन्छ ।

प्रचण्ड–माधव पक्ष

१ पुष्प कमल दाहाल प्रचण्ड २ माधव कुमार नेपाल ३ झलनाथ खनाल ४ सुदन किराती ५ शिव कुमार मण्डल ६ हेम कुमार राई ७ राम कुमारी चौधरी ८ अमनलाल मोदी ९ शुरेश कुमार राई १० चाँदतारा कुमारी ११ सिता पोखरेल १२ शुरेश चन्द्र दास १३ बोधमाया यादव १४ मातृका प्रसाद यादव १५ धर्मशिला चापागाई १६ इन्द कुमारी शर्मा १७ हरिबोल गजुरेल १८ हित बहादुर तामाङ १९ पम्फा भुसाल २० शशि श्रेष्ठ २१ श्याम कुमार श्रेष्ठ २२ अन्जना विशंखे २३ गंगा वहादुर तामाङ २४ देब गुरुङ २५ देवेन्द्र पौडेल

२६ यशोदा गुरुङ सुवेदी २७ हरिराज अधिकारी २८ अमृता थापा २९ चूडामणि खड्का ३० दुर्गा कुमारी विश्वकर्मा ३१ कमला रोक्का ३२ टेक वहादुर वस्नेत ३३ वर्षामान पुन ३४ घनश्याम भुसाल ३५ योगेश भट्टराई ३६ रामेश्वर राय यादव ३७ सत्या पहाडी ३८ शक्ति वहादुर वस्नेत ३९ कृष्ण वहादुर महरा ४० सुरेन्द्र कुमार कार्की ४१ गिरीराजमणि पोखरेल ४२ विना मगर ४३ छक्क वहादुर लामा ४४ राज वहादुर वुढा क्षेत्री ४५ पार्वतकुमारी विशुन्खे ४६ दुर्गा वहादुर रावत ४७ ध्रुव कुमार शाही ४८ जनार्दन शर्मा ४९ जयपुरी घर्ती

५० रेखा शर्मा ५१ पूर्ण कुमारी सुवेदी ५२ ओनसरी घर्ती ५३ शन्त कुमार थारु ५४ महेश्वर गहतराज ५५ गजेन्द्र वहादुर महत ५६ चक्रपाणी खनाल ५७ जीवनराम श्रेष्ठ ५८ गणेश कुमार पहाडी ५९ सरला यादव ६० पुष्प कुमारी कर्ण ६१ कृष्णलाल महर्जन ६२ नारायण प्रसाद खतिवडा ६३ कृष्णभक्त पोखरेल ६४ मायादेवी न्यौपाने ६५ विरोध खतिवडा ६६ रामकुमारी झाँक्री ६७ कल्याणी कुमारी खड्का ६८ यज्ञराज सुनुवार ६९ समिना हुसेन ७० जय कुमार राई ७१ मेटमणि चौधरी ७२ हिराचन्द्र केसी ७३ लक्ष्मी कुमारी चौधरी ७४ भवानी प्रसाद खापुङ ७५ झपट रावल ७६ निरादेवी जैरु ७७ डा। दिपप्रकाश भट्ट ७८ कलिला खातुन ७९ सोम प्रसाद पाण्डये ८० बिनादेवी बुढाथोकी ८१ भिम वहादुर रावल ८२ मुकुन्द न्यौपाने ८३ पवित्रा निरौला ८४ गंगा कुमारी चौधरी सत्गौवा ८५ गोकर्ण विष्ट ८६ सुरेन्द्र पाण्डे ८७ गोपाल बम

केपी ओली पक्ष

१ केपी शर्मा ओली २ ईश्वर पोखरेल ३ विष्णु पौडेल ४ सुवास चन्द्र नेम्वाङ ५ बसन्त नेम्वाङ ६ लाल प्रसाद सावाँ एलपी ७ राजेन्द्र गौतम ८ राजेन्द्र राई ९ घनश्याम खतिवडा १० भानुभक्त ढकाल ११ विशाल भट्टराई १२ लीलानाथ श्रेष्ठ १३ रघुविर महासेठ १४ पार्वत गुरुङ १५ भुमी प्रसाद त्रिपाठी १६ खेम प्रसाद लोहनी १७ कृष्ण वहादुर राई १८ कृष्ण गोपाल श्रेष्ठ १९ महेश वस्नेत २० नवराज सिलवाल २१ गोकुल वास्कोटा २२ कृष्ण प्रसाद दाहाल २३ पोल्देन छोपाङ गुरुङ २४ खगराज अधिकारी २५ विद्या भट्टराई २६

जगत वहादुर सुनार २७ कृष्ण कुमार श्रेष्ठ किसान २८ केदार सिग्देल २९ नारायण प्रसाद मरासिनी ३० पद्यमाकुमारी अर्याल ३१ तिलक वहादुर महत ३२ प्रेम प्रसाद तुलाचन ३३ भुपेन्द्र वहादुर थापा ३४ सूर्य प्रसाद पाठक ३५ पदम गिरी ३६ प्रदिप ज्ञवाली ३७ छविलाल विश्वकर्मा ३८ दल वहादुर राना ३९ वृजेश कुमार गुप्ता ४० नन्दलाल रोक्का क्षेत्री ४१ ह्दयेश त्रिपाठी ४२रविन्द्र राज शर्मा ४३ नवराज राउत ४४ लाल वहादुर थापा ४५ प्रेम वहादुर आले ४६ नारदमुनि राना ४७ गणेश सिंह ठगुन्ना ४८ दामोदर भण्डारी ४९

नरवहादुर धामी ५० भैरव सिंह ५१ विजय सुव्वा ५२ मोहन बाँनिया ५३ मोतिलाल दुगड ५४ थममाया थापा ५५ शिवमाया तुम्बाहाङफे ५६ सुजिता शाक्य ५७ बिना श्रेष्ठ ५८ नविना लामा ५९ शान्तीमाया पाख्रीन ६० कुमारी मेचे ६१ राधा कुमारी ज्ञवाली ६२ विन्दा पाण्डे ६३ गोमा देवकोटा ६४ निरुदेवि पाल ६५ मन कुमारी जिसी ६६ विष्णु शर्मा ६७ सरिता न्यौपाने ६८ मैना कुमारी भण्डारी ६९ तिर्था गौतम ७० शान्ता चौधरी ७१ विमला विश्वकर्मा ७२ आशा कुमारी विक ७३ जुली कुमारी महत्व ७४ रेखा कुमारी झा ७५ सरिता कुमारी गिरी ७६ टोप वहादुर रायमाझी ७७ लेखराज भट्ट ७८ प्रभु साह ७९ गौरी शंकर चौधरी ८० शेर वहादुर तामाङ ८१ यज्ञ वोगटी ८२ रामविर मानन्धर ८३ धन वहादुर वुढा

खुल्न बाँकी : तुलसी थापा,लालबावु पण्डित र सानु शिवा (निधन)

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com