ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उर्लाबारी युवक मृत्यु प्रकरण : प्रहरीमाथि अनुसन्धान सुरु


एबीसी / संवाददाता

काठमाडौं, १३ फागुन । उर्लाबारी नगरपालिका ५ का प्रवीण बाँस्तोला मृत्यु प्रकरणमा जिल्ला प्रहरी कार्यालय मोरङले विभागीय अनुसन्धान सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक (डीएसपी) लोकदर्शन थापाको नेतृत्वमा तीन सदस्य टोली बनाएर प्रहरीमाथि अनुसन्धान सुरु भएको हो ।

बुधवार जिल्ला प्रहरी कार्यालय मोरङमा घटनाको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा १५ जना प्रहरीमाथि अनुसन्धान सुरु भएको जानकारी दिइएको हो । प्रहरीको अनुसन्धानमा नै प्रभावित पार्ने तथा शान्ति सुरक्षामा नै असर गर्ने गरी सामाजिक सञ्जालमा गलत प्रचार भएको पनि प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) सन्तोष खड्काले प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको बताउनुभयो । भिसेरा रिपोर्ट आउन ढिला भएको तथा पक्राउ गरिएको २५ दिन पुगिसकेको अवस्थामा मात्र पक्राउ परेका व्यक्तिहरुलाई हाजिर हुने गरी छाडिएको पनि उहाँले जानकारी दिनुभयो ।

एसपी खड्काले प्रहरीले गरेको अनुसन्धानका क्रममा धेरै फोटामध्ये एउटा फोटो भुलवश परेको हुन सक्ने सन्दर्भमा डीएसपी मानबहादुर राईको संयोजकत्वमा छानबिन समिति गठन गरिसकिएकाले प्रतिवेदनको आधारमा अघि बढ्ने बताउनुभयो ।

‘मिसिलमा भएको विवरणमा मृतकको परिचय लुकाउने काम कहीँ–कतै भएको छैन’, उहाँले भन्नुभयो, ‘दायरी दर्खास्तमा, व्यक्तिगत विवरणमा, बयानमा, मुचुल्कामा, बयान, फरेन्सी रिपोर्टलगायतमा मृतकको पहिचान स्पष्ट रहेको छ।’

मृतकको सन्दर्भमा प्रहरीले गरेको अनुसन्धानमा कुनै कमजोरी नभएको उहाँले बताउनुभयो । एसपी खड्काले प्रहरीले कुनै पनि कागजात हटाउने, बङ्ग्याउने अवस्था नरहनेसमेत जानकारी दिनुभयो । सबै मिसिलसहित सरकारी वकिल कार्यालय तथा अदालतको त्यसमा सहीछाप हुने भएकोले कुनै पनि घटनामा प्रहरीले दुराशय राखेर काम नगर्ने र यो घटनामा पनि कुनै दुराशय नराखेको एसपी खड्काले बताउनुभयो ।

प्रहरीले मृत्यु प्रकरणमा कर्तव्य ज्यानको मामिलामा सुरुदेखि नै अनुसन्धान गर्दै आएकाले अहिले पनि अनुसन्धान भइरहेको र हत्यामा संलग्न रहेको भए व्यक्ति कानुनी दायरामा आउने उहाँले बताउनुभयो । प्रहरीका अनुसार धेरै फोटामध्ये एउटा फोटो फरक पर्न गए पनि मृतकको परिचय मर्न नदिइएको, रिपोर्ट आउन समय लागेको र २५ दिन समय गुज्रिएको प्रहरीले जनाएको छ। प्रहरीले थप अनुसन्धान गरिरहेकाले मृतकका परिवारले शङ्का गर्ने अवस्था नभएको एसपी खड्काले बताउनुभयो । घटना बढ्दै जाँदा प्रहरीले दुई जनालाई सरकारी वकिल कार्यालयमार्फत अदालतमा मुद्दा चलाउने तयारी गरेको छ ।

अनुसन्धानमा कर्तव्य ज्यान मुद्दामा केही तथ्य फेला परेकाले त्यसका आधारमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मृतकलाई अस्पतालमा छाडेर हिँडेको, मृतकको फोनबाट ब्यालेन्स ट्रान्सफर गरेको, सामान्य वादविवाद भएको र पोस्टमार्टममा पनि त्यो कुरा उल्लेख भएकाले त्यसैको आधारमा प्रहरीले अनुसन्धान जारी राखेको एसपी खड्काले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com