ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
ABC NEWS NEPAL | No.1 News channel of Nepal
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश

यस्तो छ अबको सत्ता समीकरण : नयाँ प्रधानमन्त्री को बन्दै ?


एबीसी / संवाददाता

काठमाडौं, १२ फागुन ।  सर्वोच्च अदालतले संसद् पुर्नस्थापना गरेसँगै नेपालमा नयाँ सत्ता समीकरणबारे चर्चा सुरु भएको छ । प्रधानमन्त्री केपी ओलीले राजीनामा नदिने र संसदको फेस गर्ने बताइसकेपछि उहाँविरुद्ध अविश्वासको प्रस्ताव पेश गर्नुको विकल्प देखिँदैन । नेकपाको फुटले आधिकारिकता नपाएको अवस्थामा अब ओलीले अध्यादेश ल्याएरै भए पनि पार्टी फुटाउने सम्भावना देखिन्छ । ओलीले पार्टी फुटाएको अवस्थामा नेकपा पहिलो दल नै हुने देखिन्छ भने ओलीको पार्टी दोस्रो दल बन्ने देखिन्छ । नेपाली कांग्रेस भने दोस्रो दलबाट तेस्रो दल बन्ने देखिन्छ । गएको पुस ५ मा ओलीविरुद्ध प्रचण्ड–नेपाल समूहका ९० जना सांसदले अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका थिए ।

अहिले नेकपासँग सभामुखसहित १ सय ७३ जना सांसद छन् । ओलीसँग ८१ र वामदेव गौतमतिर दुई जना सांसद छन् । अविश्वासको प्रस्तावको सामाना गर्न ओलीलाई ८१ जना सांसद पर्याप्त हुँदैन । यसबीचमा केही सांसद प्रचण्ड नेपाल समूहतिर खुल्ने सम्भावना पनि उत्तिकै छ । नेकपा नमिल्दा र ओलीले विश्वासको मत लिन नसक्दा नयाँ सत्ता समीकरणको लागि कांग्रेसको भूमिका महत्वपूर्ण हुन्छ । नेकपाको दुवै समूहले यसअघि नै कांग्रेससँग मिलेर अघि बढ्न सक्ने संकेत गरिसकेका छन् ।

प्रधानमन्त्री बन्न १ सय ३६ सांसदको समर्थन चाहिन्छ । प्रतिनिधिसभामा कांग्रेसको ६३ सिट छ । यसमा दुई सांसद निलम्बनमा छन् । जनता समाजवादी पार्टी (जसपा) सँग ३४ सांसद छन् । यसमा पनि दुई जना निलम्बनमा छन् । नेकपाको प्रचण्ड र नेपालसँग ९० र ओलीसँग ८१ सांसदको हिसाब गर्ने हो भने दुवै समूहलाई सरकार बनाउन कांग्रेसको साथ चाहिन्छ, जसपासँग मात्रै मिलेर समीकरण बन्ने सम्भावना छैन ।

कांग्रेसको देउवा समूह ओलीसँग नजिक देखिए पनि पौडेल समूह र जसपाका नेताहरु भने ओलीसँग गठबन्धन गर्न नहुने पक्षमा छन् । यसो हुँदा नेकपाको प्रचण्ड–नेपाल समूह, कांग्रेस र जसपाको संयुक्त सरकार बन्न सक्ने सम्भावना देखिन्छ । संयुक्त सरकार कसको नेतृत्वमा बन्नेछ भन्ने अहिले नै यसै भन्न सकिने अवस्था छैन ।

प्रचण्ड र देउवाको संभावना

नेकपा फुटेपछि तेस्रो दल बन्ने कांग्रेसलाई प्रधानमन्त्रीमा दाबी गर्न नैतिक बल पुग्दैन । पहिलो दल कायमै रहने नेकपाका संसदीय दलका नेतासमेत रहेका प्रचण्डलाई कांग्रेसले सहजै प्रधानमन्त्री बनाउने सम्भावना पनि देखिँदैन । प्रचण्ड प्रधानमन्त्री बन्ने अवस्थामा ओलीले देउवालाई आफैं प्रधानमन्त्री बन्न उक्साउने छन् । ओलीको समर्थनमा देउवालाई प्रधानमन्त्री बनाउनुभन्दा आफ्नै समर्थनमा देउवालाई प्रधानमन्त्री बनाउन प्रचण्डले जोड दिन सक्ने देखिन्छ । कांग्रेसमा पनि देउवाइत्तरका शक्ति कुनै पनि हालतमा ओलीसँग सहकार्य हुन नसक्ने बताइरहेको बेलामा प्रचण्ड–नेपाल समूह, कांग्रेस र जसपा एक भएर सरकार चलाउने सम्भावना बलियो देखिन्छ ।

नेपाली कांग्रेस तेस्रो दल भएर सरकारको नेतृत्वमा दाबी गर्न नहुने आवाज पनि कांग्रेसभित्र उठ्ने गरेको छ । २ वर्षको लागि प्रधानमन्त्रीमा र्याल नचुहाइकन प्रचण्डलाई प्रधानमन्त्री बनाएर सरकारमा सहभागी हुँदा कांग्रेसको गरिमा उच्च रहने भन्दै सभापति देउवालाई दवाव पनि पर्ने गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

वन्यजन्तुका हकको संरक्षण जरुरी : प्रधानमन्त्री ओली

काठमाडौं, १९ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले पृथ्वीमा मानव, वन्यजन्तु र वनस्पतिबीचको अन्तरसम्बन्ध रहेको बताउँदै मानव समुदायले सबैका हकको संरक्षण गर्नुपर्ने बताउनुभएको छ ।

नेकपाबारे यथाशीघ्र निर्णय देऊ – पूर्वप्रमुख आयुक्त

काठमाडौं, १९ फागुन । पूर्व प्रमुख निर्वाचन आयुक्तहरुले नेकपाको विवादमा यथाशीघ्र उपयुक्त निर्णय दिन निर्वाचन आयोगलाई आग्रह गरेका छन् । पूर्व प्रमुख निर्वाचन आयुक्तहरु सूर्यप्रसाद

प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति पूर्वउपकुलपतिहरूको आपत्ति

काठमाडौं, १९ फागुन ।  प्रधानमन्त्री केपी ओलीलाई प्राज्ञिक मर्यादाको पालना गर्न पूर्वउपकुलपतिहरूले आग्रह गरेका छन् । पूर्वउपकुलपतिहरू महेशकुमार उपाध्याय, केदारभक्त माथेमा, सुरेशराज शर्मा, कमलकृष्ण जोशी,

सम्बन्धित

वन्यजन्तुका हकको संरक्षण जरुरी : प्रधानमन्त्री ओली

नेकपाबारे यथाशीघ्र निर्णय देऊ – पूर्वप्रमुख आयुक्त

प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति पूर्वउपकुलपतिहरूको आपत्ति

प्रधानमन्त्री ओली चिडियाखाना अवलोकन (फोटोफिचर)

सरकार र विप्लव समूहबीच एकैदिन दुई चरणको वार्ता : दुवै पक्ष सकारात्मक

दलभन्दा विधिलाई प्राथमिकता राखी नेकपाको विवाद टुंगो लगाउनु पर्छ – आयुक्त उप्रेती

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : राजन शर्मा
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2021 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com