ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
ABC NEWS NEPAL | No.1 News channel of Nepal
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश

फरुवा प्रहार गरी श्रीमान्को हत्या


एबीसी / संवाददाता

काठमाडौं, ११ फागुन । बेलौरी नगरपालिका–६ भुरकोटकी एक महिलाले फरुवा प्रहार गरी आफ्नै श्रीमान्को हत्या गरेकी छन् । आज बिहान २८ वर्षीया वसन्ती चौधरीले ३० वर्षीय आफ्ना श्रीमान् ओमकुमार चौधरीको फरुवा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले घरायसी विवादमा वसन्तीले फरुवा प्रहार गरेको भन्ने बुझिएको बताउनुभयो । “बिहान ५ बजे घटनाबारे जानकारी पाएपछि प्रहरीको टोली पुगेको छ”, उहाँले भन्नुभयो, “फरुवा प्रहार गर्ने वसन्तीलाई नियन्त्रणमा लिइएको छ । टाउकोमा चोट लागेको अवस्थामा शव घरभित्रै फेला परेको छ ।” यसैबीच घरायसी विवादमा बुहारी र नातिले कुटपिट गर्दा घाइते भएका भीमदत्त नगरपालिका–२ का ७६ वर्षीय प्रेम थापाको उपचारका क्रममा मृत्यु भएको छ । कुटपिट गर्ने ३५ वर्षीया सीता थापा र उनका १८ वर्षीय छोरा अर्जुन थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गत माघ २८ गते दुवै जनाले वृद्धमाथि कुटपिट गरेको प्रहरी नायब उपरीक्षक थापाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक सोमबार

काठमाडौं, २३ फागुन  ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले नेकपाको आधिकारिकताबारे सर्वोच्च अदालतको फैसलापछि विकसित राजनीतिक अवस्थाबारे छलफल गर्न स्थायी कमिटीको बैठक बोलाएको छ

सभामुखबाट परामर्श नभएकामा प्रधानमन्त्रीको असन्तुष्टि

काठमाडौं, २३ फागुन  ।  प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको आजको बैठकमा देखिएको व्यवहारप्रति गम्भीर असन्तुष्टि प्रकट गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ सम्पन्न

बहिष्कार र नाराबाजीपछि संसद् बैठक २६ गतेसम्मका लागि स्थगित

काठमाडौं, २३ फागुन  ।  पुनर्स्थापनापछि बसेको प्रतिनिधि सभाको पहिलो बैठक नै तनावपूर्ण बनेको छ । केहीबेर बसेको बैठक फेरि बस्ने अवस्था नभएपछि २६ गते बुधबारसम्मका

सम्बन्धित

सर्वोच्चको फैसला प्राप्त भयो : निर्वाचन आयोग

जनमानसमा भ्रम सिर्जना गर्न खोजिएको भन्दै मेगा बैंकको ५ बुँदे प्रष्टीकरण

नारायणगढ–मुग्लिन सडक आजदेखि दिउँसो बन्द हुने

नक्कली परीक्षार्थी बनी प्रहरी जवानको लिखित परीक्षा दिने २२ जना पक्राउ

नेकपा ओली समूहको संसदीय दलको बैठक आज

नेकपा पार्टी आधिकारिताको निर्णय आइतबार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : राजन शर्मा
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2021 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com