काँभ्रे, १० फागुन । काभ्रे जिल्लाको कोशिपारी भुम्लु गाउपालीका ८ मा एक जना मृत फेला परेका छन् । काँभ्रेपलान्चोक पाँचखाल नगरपालिका १२ बस्ने अन्दाजी ४७ वर्षका ज्ञानबहादुर दनुवार मृत फेला परेका हुन । उनको शव रुखमा झुण्डीएको र आधा शरिर जमिनमा लत्रिएको अवस्थामा फेला परेको आफ्न्तले जनाएका छन् । मृतक दनुवार विद्युतको काम गर्न भुम्लु पुगेको र गएराती ११ बजे साथीसंग रहेका उनि त्यसपछि हराएका उनको खोजि गर्दा विहान झुण्डीएको अवस्थामा फेला परेका थिए । उनको हत्या भएको हुन सक्ने आफ्न्त तथा घर परिवारले आशंका ब्यक्त गरेका छन् । घटना स्थलमा प्रहरी पुगेपनि आफ्न्तहरुले विषेश अनुसन्धान प्राप्त कुकुर ल्याएर अनुसन्धान गरिनुपर्ने तथा सत्य तथ्य पत्तालगाउनु पर्ने माग गर्दै शव पोष्टमार्टमका अस्पताल लैजान दिएका छैनन् ।
प्रतिक्रिया दिनुहोस्