गोरखा, १० फागुन । गोरखाको बारपाकमा एकै परिवारका तीन जना मृतअवस्थामा भेटिएका छन्। बारपाक सुलिकोट गाउँपालिका वडा नं. १ बारपाक निवासी ८४ वर्षीय डिलबहादुर गुरूङ, २१ वर्षीया आइतकुमारी गरूङ र १३ वर्षीया उषा गुरूङ मृत भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । मृतको मुखबाट फिँज निस्किएको छिमेकीले बताए । राति सुतेका उनीहरु आज बिहान अबेरसम्म नउठेपछि छिमेकीले घरमा हेरेका उनिहरु नउठेपछि त्यसलगत्तै शंका लागेपछि प्रहरीलाई खबर गरेको प्रहरीले जनाएको छ । घटना थाहा भएलगत्तै बारपाक प्रहरी चौकीबाट प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ । थप अनुसन्धानको काम भैरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्