ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाटोको बीचमा रहेको ढुंगा नजिक भेटीएको भागरथीको छालाको त्यो टुक्रा


एबीसी / संवाददाता
फाल्गुन २, २०७७ आईतबार  ९ : ५१ बजे

बैतडी ,  २ फागुन ।  बैतडी दोगडाकेदार गाउँपालिका–७, चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार र हत्या चिनजानकै व्यक्तिबाट भएको निष्कर्ष प्रहरीले निकालेको छ। प्रहरीले अनुसन्धान अपराधीको धेरै नजिक पुगिसकेको दाबी गरेको छ। अनुसन्धानमा खटिएका सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तम सुवेदीले चिनजान र सम्पर्कमा रहेका स्थानीयबाटै भागरथीको बलात्कार र हत्या भएको बताउनुभयो ।

‘घटनास्थलको भौगौलिक अवस्था हेर्दा बाहिरबाट आएर कुनै मान्छेले यो घटना गराउने सम्भावना नै छैन। चिनजानका स्थानीय व्यक्तिबाट बलात्कार र हत्या भएको हो,’ दोगडाकेदारमा बसेर अनुसन्धान गरिरहेका सुवेदीले भन्नुभयो सुरुमा सबै कोणबाट फराकिलो घेरामा अनुसन्धान गरिएको र अहिले अनुसन्धान साँघुरिँदै पहिलो चरणबाट दोस्रोमा प्रवेश गरेको उहाले बताउनुभयो ।

‘हामी तुरुन्तै दोषी पत्ता लगाउर्छों, सार्वजनिक गर्छौं’, उअनले भन्नुभयो ।प्रहरी भागरथीको बलात्कार हत्यामा संलग्न व्यक्तिका बारेमा निचोडमा पुगे पनि तथ्य र प्रमाण जुटाउन बाँकी रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक मुकेश सिंहले बताउनुभयो । ‘प्रहरी एक निचोडमा पुगिसकेको छ, त्यसलाई पुष्टि गर्न केही तथ्य जुटाउने क्रममा हामी छौं’, उहाले भ्न्नुभयो, ‘वास्तवमै अनुसन्धान साँघुरो घेरामा पुगेको छ। तथ्यले पुष्टि गरेपछि हामी पक्राउ गर्छौं।’ विधि विज्ञान प्रयोगशालाको रिपोर्ट पनि आउन बाँकी छ। घटनास्थलबाट संकलित रगत, भेजाइनल स्वाब, मोबाइललगायत संकलन गरेर नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालामा जाँचका लागि पठाइएको छ। अपराधी पत्ता लगाएपछि सबै कथावस्तु आउने बताउनुभयो ।

बाटोबाट घचेट्दै जंगलमा लगेको आशंका

बाटोबाट करिब ५० मिटर तल लवलेक सामुदायिक वनमा भागरथीको शव बलात्कार गरेको अवस्थामा फेला परेको थियो। शव भेटिएको स्थल र बाटोको बीचमा रहेको ढुंगा नजिक भागरथीको छालाको टुक्रा फेला परेका छ। हातको वा कुन ठाउँको छाला हो खुल्न सकेको छैन। बाटोबाट उनलाई घचेट्दै वा घिसार्दै लैजाँदा ढुंगामा लागी चोट लागेर छाला खसेको प्रहरीको आशंका छ।

अनुसन्धानमा समुदायले सहयोग गरेकाले अपराधीको नजिक–नजिक पुग्न सकिएको प्रहरीको भनाइ छ। हत्यारा पत्ता नलाग्दासम्म परिवारले भागरथीको शव नबुझ्ने अडान लिएको छ। शव जिल्ला अस्पताल बैतडीको शव गृहमा छ। भागरथीलाई न्यायका लागि बैतडी सदरमुकाम, धनगढी, दिपायल, कञ्चनपुर, डडेल्धुरालगायत ठाउँमा निरन्तर प्रदर्शन भैरहेका छन्।

माघ २१ गते विद्यालयबाट घर फर्कने क्रममा बेपत्ता भएकी भागरथीको शव २२ गते साँझ ५ बजेतिर विद्यालय र घरको बीचमा पर्ने लवलेक सामुदायिक वनमा फेला परेको थियो। तल्लो शरीर निर्वस्त्र, हात काटिएको, घाँटी थिचिएर निलडाम भएको, शरीरभरि निलडाम र यौनांगमा रगत बगेको अवस्थामा शव फेला परेको थियो। पोष्टमार्टम रिपोर्टमा बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

काठमाडौंमा हावाहुरी र गड्याङगुडुङसहित वर्षा, प्रदूषण घट्ने अपेक्षा

दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द

सम्बन्धित

नेपालमा लगानी बढाउन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान

भ्रष्टाचार मुद्दाबाट जोगिन अन्डरवर्ल्डदेखि तान्त्रिकसम्म प्रयोग गरेको आरोप

वाणिज्य विभागले भन्यो – व्यापारीले ग्यास लुकाएका छैनन्, मागअनुसार आपूर्ति नहुँदा अभाव भयो

समानुपातिक सांसदको सूची सार्वजनिक (सूचीसहित)

श्रीराम डिपोमा ६ हजार सिलिन्डर ग्यास फेला, उद्योगमा पनि बढाइयो निगरानी

स्वकीय सचिव नियुक्तिप्रति सुमना : अरूले गरे नातावाद, कृपावाद,’नेपोबेबी’, आफूले गरे ‘योगदानको कदर’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com