काठमाडौं, २४ माघ । रुकुम पश्चिम रुकुम पश्चिममा चट्याङ्ग लागेर एक जनाको ज्यान गएको छ ।मुसीकोट नगरपालिका ६, गवारीका अन्दाजी ४२ वर्षीय भीमबहादुर बोहराको गएराति चट्याङ्ग लागेर ज्यान गएको हो ।चट्याङ्ग लागेका बोहराको घरमै ज्यान गएको प्रहरीले जनाएको छ । बोहराको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्ले लगिएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक कपिल शाहीले बताउनुभयो ।चट्याङ्ग लागेर बोहराकी ३५ वर्षीया श्रीमती सीता घाइते हुनभएको प्रहरी निरीक्षक शाहीले जानकारी दिनुभयो । घाइते सीताको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ । सीताको दायाँ खुट्टा, दायाँ हात तथा शरीरको दायाँतर्फको भागमा चोट लागेको छ ।








प्रतिक्रिया दिनुहोस्