ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काभ्रेपलाञ्चोकमा ४६ जनाको जमानत जफत


admin
पुस २, २०७४ आईतबार  ११ : ५५ बजे

बनेपा, २ पुस । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७४ मा काभ्रेपलाञ्चोकका स्वतन्त्रसहित सबै साना राजनीतिक दलका ४६ जनाको जमानत जफत भएको छ ।

प्रतिनिधिसभा क्षेत्र नं १ मा स्वतन्त्रसहित १३ दल, प्रतिनिधिसभा क्षेत्र नं १ (क) मा पाँच जना, प्रतिनिधिसभा क्षेत्र नं १ (ख) मा आठ जना, प्रतिनिधिसभा क्षेत्र नं २ मा नौ जना, प्रतिनिधिसभा क्षेत्र नं २(क) मा पाँच जना र प्रतिनिधिसभा क्षेत्र नं २ (ख) मा छ जनाको जमानत जफत भएको हो ।

देशभक्त गणतान्त्रिक मोर्चा, नेकपा (माले), विवेकशील साझा पार्टी, संघीय समाजवादी फोरम नेपाल, नेपाल मजदुर किसान पार्टी, नेपाली जनता दल, राष्ट्रिय जनता पार्टी र स्वतन्त्रसहित विभिन्न साना राजनीतिक दलको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

सदर मतको १० प्रतिशत मत नभए जमानत जफत हुने कानूनी प्रावधान रहेको जिल्ला निर्वाचन अधिकारी मधुकर पोखरेलले जानकारी दिनुभयो । प्रतिनिधिसभा क्षेत्र नं १ मा स्वतन्त्रसहित १५ दल, प्रतिनिधिसभा क्षेत्र नं १ (क) मा सात जना, प्रतिनिधिसभा क्षेत्र नं १ (ख) मा १० जना, प्रतिनिधिसभा क्षेत्र नं २ मा ११ जना, प्रतिनिधिसभा क्षेत्र नं २ (क) मा सात जना र प्रतिनिधिसभा क्षेत्र नं २ (ख) मा आठ जनाको उम्मेदवारी परेको थियो । दलका उम्मेदवारले प्रतिनिधिसभाका लागि रु १० हजार र प्रदेशसभाका लागि रु पाँच हजार जमानत बुझाएका थिए ।

निर्वाचित सांसद सबै नयाँ 

प्रतिनिधिसभा तथा प्रदेशसभामा निर्वाचित सांसद सबै नयाँ अनुहार हुन् । प्रतिनिधिसभा क्षेत्र नं १ मा निर्वाचित गंगाबहादुर तामाङ दोङ, स्थानीय तहको निर्वाचनमा तेमाल गाउँपालिकामा पराजित हुनुभएको थियो । उहाँ माओवादी केन्द्रको जिल्ला राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । तामाङ यस पटक पहिलो चोटि संसद् छिर्दै हुनुहुन्छ ।

प्रतिनिधिसभा क्षेत्र नं २ मा निर्वाचित पत्रकार गोकुल बाँस्कोटा संविधानसभा निर्वाचन २०७० मा नेपाली काँग्रेसका कञ्चनचन्द्र वादेसँग पराजित हुनुभएको थियो । उहाँ नेकपा (एमाले) काभ्रेपलाञ्चोकका अध्यक्ष पनि रहिसक्नुभएको छ ।

प्रतिनिधिसभा क्षेत्र नं १ (क) बाट निर्वाचित रत्नप्रसाद ढकाल, प्रतिनिधिसभा क्षेत्र नं १ (ख) बाट निर्वाचित चन्द्र लामा, प्रतिनिधिसभा क्षेत्र नं २ (क) बाट निर्वाचित लक्ष्मण लम्साल, प्रतिनिधिसभा क्षेत्र नं २ (ख) बाट निर्वाचित वसुन्धरा हुमागार्इं सबै नयाँ हुनुहुन्छ । काभ्रेपलाञ्चोकमा प्रतिनिधिसभातर्फ दुई र प्रदेशसभातर्फ चार निर्वाचन क्षेत्र छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुधनको राजीनामाप्रति प्रचण्ड– जे गर्नुभयो, राम्रो गर्नुभयो

करको दर घटाउनुपर्छ ः राजनीतिक विश्लेषक , रायमाझी भिडियो

सम्बन्धित

मन्त्री हुनु दुई दिन अघि भेडेटारमा जग्गा किन्ने गृहमन्त्री गुरुङ: मूल्यांकन र स्रोतबारे प्रश्न !

सफलताको जस लिनेले पराजयको जिम्मेवारी पनि लिनुपर्छ: विष्णु पौडेल

‘सत्ताको चक्रव्युह र न्यायको मरण’

गृहमन्त्रीको विवादबारे रास्वपा केन्द्रीय समिति चुपचाप, उठेन कुनै प्रश्न

गृहमन्त्री गुरुङको ‘२५ लाख’ बचाउ : ‘लुकाएको सेयर हो कि ‘वर्गीकरण’ ?

विद्यार्थी संगठन खारेजीबारे प्रदीप ज्ञवालीको टिप्पणी–चाया पर्यो भनेर गर्धन नै छिनाउने ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com