काठमाडौं, २१ माघ । साहित्यकार सुरेन्द्र महर्जन “अमर” साहित्य सम्मानबाट सम्मानित हुनुभएको छ । तीन दशकभन्दा बढी साहित्य क्षेत्रमा निरन्तर लागेको र नेपाली साहित्य क्षेत्रमा कविता, गीत, कथा, उपन्यास, हाइकु, तान्का, मुक्तक लगाएत साहित्यिक कृति प्रकाशित गर्दै नेपाली साहित्य क्षेत्रमा अतुलनीय कार्य गर्दै आएकोमा साहित्यकार अमर लाई सूचना तथा संचार मन्त्री, पार्वत गुरुङ्गबाट एक समारोहबीच नेशनल क्यापिटल राष्ट्रिय साहित्य सम्मान(२०७७ू सम्मानबाट सम्मानित गरिएको हो । नेशनल क्यापिटल इन्टरटेन्मेण्ट र शुभकामना मिडिया सोलुसनको संयुक्त आयोजनामा उक्त कार्यक्रम भव्य समारोह सम्पन्न भएको हो । सम्मानित साहित्यकार सुरेन्द्र महर्जनुुअमरू को हालसम्म कविता संग्रह, गीत संग्रह, उपन्यासहरू, गीति एल्बम, हाइकु संग्रहआदि र आफैद्वारा कोरिएका चित्रहरू, पुस्तकहरूमा आवरणहरू, नेपाली कथानक गीति चलचित्र प्रकाशित भएका छन्।
प्रतिक्रिया दिनुहोस्