ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

म्यानमारमा सैनिक ‘कू’, एक वर्ष संकटकाल घोषणा


एबीसी / संवाददाता
माघ १९, २०७७ सोमबार  ९ : ४४ बजे

काठमाडौं,। १९ माघ । म्यानमारमा सैनिक ‘कू’ भएको छ । त्यहाँको सेनाले सत्ता हातमा लिँदै एक वर्ष संकटकाल लगाएको घोषणा गरेको छ ।राष्ट्रपति विन मिन्ट, स्टेट काउन्सिलर आङ सान सुकी र सुकीको पार्टी नेशनल लिग फर डेमोक्रेसीका बरिष्ठ नेताहरुलाई हिरासतमा लिँदै सेनाले सत्ता कब्जा गरेको हो ।
सैनिक टेलिभिजनमा प्रसारित एक सन्देशमा भनिएको छ– म्यानमारको सत्ता अब सेनाका कमाण्डर इन चिफ वरिष्ठ जनरल मिन आङ हलिङ्गले हातमा लिएका छन् । केही दिनयता जारी सरकार र सेनाबीचको तनाव र सत्ता पलटको आशंकाबीच म्यानमारमा सैनिक कू भएको हो । सेनाले सोमबार तय भएको संसद बैठक पनि खारेज गरेको छ ।बीबीसीका अनुसार म्यानमारको राजधानीसहितका मुख्य–मुख्य शहरमा सैनिकको तैनाथी बढाइएको छ । राजधानीमा टेलिफोन र इन्टरनेट सेवासमेत बन्द गरिएको छ ।गत नोभेम्बर महिनामा भएको निर्वाचनमा सुकीको पार्टी भारी मतसहित विजयी भएको थियो । तर सेनाले चुनावी प्रक्रियामा धाँधली भएको आरोप लगाउँदै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

टुँडिखेलमा अमेरिकी सैनिक ब्यान्डको प्रस्तुतिः नियमित अभ्यास कि हस्तक्षेपको जाल? जंगी अड्डाको स्पष्टिकरणले के भन्छ ?

टुँडिखेलमा अमेरिकी ब्यान्ड प्रस्तुति : नियमित सैन्य सहकार्य कि चुनावी विवाद ?

सम्बन्धित

टुँडिखेलमा अमेरिकी सैनिक ब्यान्डको प्रस्तुतिः नियमित अभ्यास कि हस्तक्षेपको जाल? जंगी अड्डाको स्पष्टिकरणले के भन्छ ?

टुँडिखेलमा अमेरिकी ब्यान्ड प्रस्तुति : नियमित सैन्य सहकार्य कि चुनावी विवाद ?

निर्वाचन प्रचार–प्रसारका लागि १५ दिन समय, फागुन १८ देखि ‘मौन अवधि’

कांग्रेस किन बोल्न डराइरहेको छ ? सिंहदरबार नजल्ने–गोली नचल्ने भन्ने गगनको अभिव्यक्तिमा लुकेको राजनीतिक दोधार

नेपाललाई पराजित गर्दै वेस्ट इन्डिज क्रिकेट टोली ‘सुपर एट’ मा

उनेपाको प्रतिबद्धतापत्र : स्थानीय निर्वाचन दलविहीन, ट्रेड युनियन खारेज, मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com