ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश नम्बर ५ को केन्द्र बुटवल कि दाङ ?(भिडियो सहित)


sharan sharan
पुस १, २०७४ शनिबार  १० : २३ बजे

बुटवल, १ पुस ।
५ नम्बर प्रदेशको केन्द्र दाङ वा बुटवल भन्दै दोहोरी चलिरहेका बेला अस्थायी प्रदेशको पुर्वाधार अध्ययन गर्न गठीत टोलिले केन्द्र स्थापनाकालागि आवश्यक पुर्वाधार बुटवलले पुरा गर्न सक्ने निश्कर्ष निकालेको छ ।
यतिबेला प्रदेशको केन्द्र दाङ वा बुटवल बनाउने भन्ने बिषयमा दलका नेताहरुमा बहस चलिरहेको छ । प्रदेशसभार प्रतिनिधिसभा निर्वाचनबाट सबै भन्दा ठूलो दल बन्न सफल एमालेले त बुटवल र दाङ प्रदेशको केन्द्र बनाउने बिषयमा छुट्टाछुट्टै घोषणापत्र नै बनाएर बहस चलाएको छ । एमाले नेता शंकर पाखरेलले दाङलाई केन्द्र बनाउने घोषणा गर्दै चुनाव जितेकाछन् भने एमाले उपमहासचिव बिष्णु पौडेलले पनि आफ्नो प्रतिबद्धतापत्रमा बुटवललाई प्रदेशको केन्द्र बनाउने उल्लेख गरेकाछन् । सबै मतदाताहरुलाई भने केन्द्र कहां रहला भन्ने जिज्ञासा रहंदै आएको छ । प्रदेश केन्द्रका बिषयमा माओबादी केन्द्र दाङ प्रति नरम देखिएको छ भने नेपाली कांग्रेसले आफुलाई ततस्थ राखेको छ ।
दलहरुका बिच छलफल चलिरहेकै बेला प्रदेशको संसद बस्न र तत्कालिन कार्यहरु गर्न आवश्यक पुर्वाधार अध्ययन गर्न गठित एक टोलिले बुटवलमा केन्द्रका लागि आवश्यक सबै पुर्वाधारहरु बुटवलबाट परिपुर्ति हुने निश्कर्ष निकालेको छ । तत्कालीन पश्चिमाञ्चल बिकास क्षेत्रका क्षेत्रीय प्रशासकको संयोजकत्वमा गठीत टोलिले बुटवलका बिभीन्न स्थानहरुको अवलोकन गरेपछि बुटवलले प्रदेश केन्द्रका लागि चाहिने सबै पुर्वाधार बुटवलमा रहेको निश्कर्ष निकालेको हो ।
टोलिको नेतृत्व गर्दै शुक्रबारदेखि बुटवलमा रहेको टोलिका संयोजक क्षेत्रिय उपप्रशासक बाबुराम गौतमले बुटवलमा आवश्यक सबै पुर्वाधार तयार रहेको बताउंछन् ।
मंन्त्रालयहरुदेखि मुख्य मन्त्री, प्रदेश गभर्नर, मन्त्री निवास र संसद भवन जस्ता सबै पुर्वाधार बुटवलमा उपलब्ध रहेको टोलिको निश्कर्ष छ । टोलिसंगै आएका अध्ययन टोलिका सदस्य सचिव तथा भवन डिभिजन कार्यालयका डीई सुरेश ठाकुर पुर्वाधारका दृष्टिकोणले बुटवलमा सबै पुर्वाधार तयार रहेपनि केन्द्र तोक्ने काम भने सरकारले गर्ने बताउंछन् ।
यद्देपी सरकारले सम्भाब्यता अध्ययन गर्न क्षेत्रिय प्रशासन कार्यालय पोखराको टोलिलाई बुटवल पठाएको छ भने सुर्खेतको टोलिलाई दाङ पठाएको छ । दुबै टोलिको प्रतिबेदन अध्ययन गरेपछि मात्र सरकारले प्रदेशको केन्द्र तोक्ने अनुमान गरिएको छ ।
प्रदेशको केन्द्र बुटवलमा बनाउनुपर्ने भन्दै यसअघि नै बुटवलका पेशागतसञ्जालहरुले लबिङ सुरु गरिसकेकाछन् । बुटवलमा प्रदेशकेन्द्र रहे बुटवल उद्योग बाणिज्य संघ प्रदेश संसदका लागि सभाकक्ष दिन तयार भएको छ भने रुपन्देही उद्योगसंघले पनि प्रदेश केन्द्रको सचिवालय बनाउन भवन उपलब्ध गराउन तयार देखिएको छ ।
प्रदेशको केन्द्र आकाशबाट हेरिने भुगोलका आधारमा होईन त्यस क्षेत्रका जनताको सहज पहुंचलाई आधार बनाउंदै निर्धारण गर्नु पर्दछ । बिगतमा तत्कादिन राजा महेन्द्रले बनाएको बिकास क्षेत्रका सदरमुकामहरु जस्तै बेकामी केन्द्र प्रदेश केन्द्रहरुको हुनु हुदैन । त्यसैले सरकारले प्रदेश केन्द्रको निर्धारण गर्दा राजनितीक जोडघटाउ भन्दा जनताको सहज उपस्थितीलाई आधार बनाउनु पर्दछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपाल बारले आज दिउँसै लालटिन बालेर न्याय खोज्ने

संसदीय सुनुवाइमा डा. शर्माको परीक्षण आजदेखि, उजुरी खोलिँदै

सम्बन्धित

रोकेका रिट तत्काल दर्ता गर्न कामु प्रधानन्यायाधीशको कडा आदेश

नीति तथा कार्यक्रममाथिको संशोधन प्रस्तावमा कुन सांसदले के भने ?

चीनमाथि अमेरिकाले आफ्नो पकड गुमाएको छ

मिडियाले नरसंहारलाई कसरी ‘बेचिरहेको’ छ? : गाजा संहारको कथा

सदनमा प्रचण्डको सम्बोधन: हार सहन जति गाह्रो हुन्छ, जित पचाउन त्योभन्दा गाह्रो हुन्छ (सम्बोधनको पूर्णपाठ)

‘यो संसद् सहिदहरूको रगतमा उभिएको छ’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com