ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यसरी बित्यो ह्वाइट हाउसमा ट्रम्पको अन्तिम रात, झण्डै डेढसयलाई आममाफी (भिडियोसहित)


एबीसी / संवाददाता
माघ ७, २०७७ बुधबार  ८ : २३ बजे

काठमाडौँ, ७ माघ । डोनाल्ड ट्रम्पले ह्वाइटहाउसमा अन्तिम रात कैयनलाई आममाफी दिएर र केही पेपरवर्क गरेर बिताएका छन् । ट्रम्पले ह्वाइट हाउसका पूर्व रणनीतिकार स्टीभ ब्यानन लगायतलाई आममाफी दिएका छन् । उनी ट्रम्पको अभियानका सीईओ पनि हुन् ।

ट्रम्पले झण्डै डेढसय जनालाई आममाफी दिएका छन् । त्यसमध्ये ७० जनाले भोगिरहेको बाँकी सजाय माफ गरिदिएका हुन् ।

ट्रम्पले अन्तिम रात कुल १४३ जनालाई आममाफी दिएपनि त्यसमा आफ्ना परिवारका सदस्य र आफूलाई भने समावेश गरेका छैनन् । त्यस्तै क्यापिटल हिलको दंगा फसादमा प्रत्यक्ष सहभागी कसैलाई पनि ट्रम्पले आममाफी दिएनन् । राती १० बजेसम्म ट्रम्पका साथमा उनकी छोरी इभान्का पनि रहेको जनाइएको छ । ट्रम्पले विहान २ बजेसम्म पनि कैयनलाई फोनकल गरेर बसेका थिए । ट्रम्पले आफ्नो कार्यकालमा केही हाइप्रोफाइल व्यक्तित्वहरुलाई यसअगाडि नै आममाफी वा क्षमादान दिइसकेका छन् ।

ट्रम्पले आज विहान ह्वाइटहाउस छाडेका छन् । ह्वाइटहाउसबाट बाहिर निस्कदै गर्दा उनले ४५ औं राष्ट्रपतिका रुपमा सेवा गर्न पाउनु आफ्ना लागि ठूलो सम्मान रहेको बताए ।

यो आफ्ना लागि जीवनभरका लागि सम्मान भएको उनले बताए । तर उनले यो बिदाई धेरै लामो नहुने आशा व्यक्त गरे ।त्यसपछि उनी सेनाको हेलिकोप्टरमार्फत ज्वाइन्ट बेस एन्ड्रयु क्याम्पमा आए । ज्वाइन्ट बेस एन्ड्रयु क्याम्पमा उनका लागि बिदाई कार्यक्रम राखिएको हो ।

त्यहाँ बोल्दै मेलानिया ट्रम्पले प्रथम महिलाको रुपमा सेवा गर्न पाउनु आफ्ना लागि सम्मानको कुरा भएको बताइन् । डोनाल्ड ट्रम्पले आफ्ना छोराछोरीहरुलाई धन्यवाद दिए ।

राष्ट्रपतिका रुपमा अन्तिम सम्बोधनका रुपमा ट्रम्पले नयाँ बाइडेन प्रशासनलाई गुडलक भन्दै सधै लडिरहने प्रतिबद्धता जनाए । उनले भने – ‘तपाईहरु एकदमै राम्रो जनताहरु हुनुहुन्छ । यो महान महान देश हो । तपाईहरुको राष्ट्रपति हुन पाउनु मेरा लागि ठूलो सम्मान हो ।’

ट्रम्पले ह्वाइटहाउसबाट निस्कने बेलामा जो बाइडेनका लागि एउटा नोट छाडेको जनाइएको छ । तर नोटमा के उल्लेख छ भन्नेबारे केही बताइएको छैन । नयाँ राष्ट्रपतिका लागि पदावधि सकिन लागेका राष्ट्रपतिले पत्र छाडेर जाने प्रचलन रहेको छ । ज्वाइन्ट बेस एन्ड्रयुजमा बिदाई कार्यक्रमपछि ट्रम्प एयरफोर्स वानमार्फत फ्लोरिडातिर लागेका छन् ।

आममाफी दिने प्रचलन
नोभेम्बरको चुनावपछि जनवरी २० मा नयाँ राष्ट्रपतिले सपथग्रहण गर्नु अगाडि पूराना राष्ट्रपतिले यो अवधिमा कैयन व्यक्तिलाई आममाफी वा क्षमादान दिने गरेका छन् । यस्तो अवधिमा जर्ज बुस सिनियरले सोमालियामा राजनीतिक स्थीरताका लागि सेना परिचालन गर्ने निर्णय गरेका थिए । त्यस्तै उनले इराकमाथि हवाई हमला समेत गराएका थिए । उनले कैयनलाई क्षमादान समेत दिए ।

यो अवधिमा बाराक ओबामाले राष्ट्रसंघको हरित जलवायु फण्डमा ५ सय मिलियन डलर अनुदानमा हस्ताक्षर गरेका थिए । ओबामाले विभिन्न अपराधमा संलग्न वा संलग्न भएको आशंका रहेका २ सय बढीलाई क्षमादान दिएका थिए ।

बिल क्लीन्टनले आफ्ना भाई र एउटा राहत संकलन अभियानमा खटिएकी महिलाका पति लगायत १४० भन्दा धेरैलाई क्षमादान दिएका थिए ।

यस्तो क्षमादान अहिलेसम्म अपराधमा नमुछिएका व्यक्तिलाई समेत दिन सकिन्छ । क्षमादानपछि क्षमादानको अवधि अगाडिसम्मका अपराधका लागि उनीहरुलाई भविश्यमा समेत छुट प्राप्त हुन्छ । विगतका अपराधका कारण भविश्यमा सजाय भोग्न नपरोस् भनेर समेत क्षमादान दिइन्छ ।

क्षमादान दिन पाउने अमेरिकी राष्ट्रपति तजविज अधिकार हो । अधिकांश राष्ट्रपतिले अर्को व्यक्ति नयाँ राष्ट्रपति निर्वाचित भइसकेपछि आफू जनवरी २० सम्म ह्वाइटहाउसमा रहँदासम्म यो अधिकारको प्रयोग गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

टुँडिखेलमा अमेरिकी सैनिक ब्यान्डको प्रस्तुतिः नियमित अभ्यास कि हस्तक्षेपको जाल? जंगी अड्डाको स्पष्टिकरणले के भन्छ ?

टुँडिखेलमा अमेरिकी ब्यान्ड प्रस्तुति : नियमित सैन्य सहकार्य कि चुनावी विवाद ?

सम्बन्धित

टुँडिखेलमा अमेरिकी सैनिक ब्यान्डको प्रस्तुतिः नियमित अभ्यास कि हस्तक्षेपको जाल? जंगी अड्डाको स्पष्टिकरणले के भन्छ ?

टुँडिखेलमा अमेरिकी ब्यान्ड प्रस्तुति : नियमित सैन्य सहकार्य कि चुनावी विवाद ?

निर्वाचन प्रचार–प्रसारका लागि १५ दिन समय, फागुन १८ देखि ‘मौन अवधि’

कांग्रेस किन बोल्न डराइरहेको छ ? सिंहदरबार नजल्ने–गोली नचल्ने भन्ने गगनको अभिव्यक्तिमा लुकेको राजनीतिक दोधार

नेपाललाई पराजित गर्दै वेस्ट इन्डिज क्रिकेट टोली ‘सुपर एट’ मा

उनेपाको प्रतिबद्धतापत्र : स्थानीय निर्वाचन दलविहीन, ट्रेड युनियन खारेज, मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com