ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
ABC NEWS NEPAL | No.1 News channel of Nepal
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश

विश्वकै अर्थतन्त्र महामारीले धराशायी बनेका बेला चीनको आर्थिक वृद्धिदर अपेक्षाभन्दा बढी


एबीसी / संवाददाता

 

काठमाडौँ, ५ माघ ।  कोरोना महामारीका बावजुद छिमेकी देश चीनको जीडीपीमा वृद्धि भएको छ। चीनको नेशनल ब्युरो अफ स्ट्याटिस्टिक्सका अनुसार गत २०२० मा चीनको अर्थतन्त्रमा २.३ प्रतिशतको वृद्धिदर हासिल भएको छ।

सोमबार दिएको जानकारीअनुसार कोरोना भाइरस (कोभिड-१९०)का कारण विश्वका धेरै मुलुकहरुको अर्थतन्त्रमा संकुचन देखिएको अवस्थामा चीनको आर्थिक वृद्धिदर भने अपेक्षा गरिएभन्दा धेरै देखिएको हो। अन्तर्राष्ट्रिय मुद्रा कोष ९आइएमएफ०ले गत अक्टोबरमा चीनको आर्थिक वृद्धिदर १।९ प्रतिशत रहने प्रक्षेपण गरेको थियो।

कोरोना भाइरसको महामारी पनि चीनको उहानबाट सुरु भएको थियो। त्यही भएर होला गत २०२० को सुरुवातमा चीनको अर्थतन्त्रमा ६.८ प्रतिशतको गिरावट आएको थियो। महामारीका बेला चीनले कोरोना भाइरससँग जुझ्ने आपतकालीन सामग्री तयार गरेर विश्वका अन्य देशहरुमा निर्यात गरेको थियो। जसकारण चीनको अर्थतन्त्र झनै बढ्न सहयोग गरेको हो।

सोमबार सार्वजनिक भएको तथ्यांकअनुसार चौथो त्रैमासिकमा चीनको औद्योगिक उत्पादन ७।३ प्रतिशतले बढेको छ भने खुद्रा क्षेत्रमा ५.६ प्रतिशत बढी उत्पादन दर्ज भएको उल्लेख छ।

सन् २०२० को चौथो त्रैमासमा चीनको अर्थतन्त्रमा देखिएको सुधारको कारण चीनको आर्थिक वृद्धिदर पनि अपेक्षाभन्दा धेरै देखिएको हो। चौथो तथा अन्तिम त्रैमासमा चिनियाँ अर्थतन्त्र ६ दशमलव ५ प्रतिशतले बढेको थियो। सन् २०१९ मा चीनको आर्थिक वृद्धिदर ६ प्रतिशत थियो। यद्यपि २०२० को सुरुआतमा नै चीन कोरोनाको महामारीमा परेकाले चिनियाँ अर्थतन्त्र पनि प्रभावित बनेको थियो।

पहिलो त्रैमासमा ६।८ प्रतिशतको संकुचनमा परेको चिनियाँ अर्थतन्त्र दोस्रो त्रैमासमा ३।२ प्रतिशत बढेको थियो। त्यस्तै तेस्रो त्रैमासमा चिनियाँ अर्थतन्त्रमा ४।९ प्रतिशतको वृद्धिदर हासिल भएको थियो। निजी खपत र खर्च बढेसँगै चिनियाँ अर्थतन्त्रमा पनि सुधार देखिएको हो। कोरोना नियन्त्रणका लागि सरकारले चालेको प्रभावकारी योजना तथा कोरोनाबाट प्रभावित व्यवसायहरुलाई सहयोग गर्न ल्याइएको राहत कार्यक्रमको कारण अर्थतन्त्रमा सुधार देखिएको हो।

अर्थ विश्लेषकहरुले सन् २०२१ मा चीनको अर्थतन्त्र तीव्ररुपमा अगाडि बढ्ने बताएका छन्। तर, तथ्यांक व्युरोका अनुसार कोरोनाले उद्योगिक क्षेत्रहरु धेरै नै चपेटामा परेकाले यसको असर यस वर्ष देखिनसक्ने छ।

गत बिहीबार जारी तथ्यांकअनुसार गत डिसेम्बरमा चीनको निर्यातमा अत्यधिक वृद्धि भएको थियो। तर कच्चा तेल, कोइलालगायतमा भने चीनले उच्च आयात गरेको छ। विश्लेषकहरु भन्छन्( चिनियाँ मुद्रा युआन अन्तर्राष्ट्रिय बजारमा महँगो रहेका बेलामा पनि चीनबाट अत्यधिक सामानहरु निर्यात भए।

अघिल्लो महिना नेताहरुले चीनको अर्थव्यवस्था बढाउनका लागि एउटा एजेन्डा तय गरेका थिए। बैठकले चीनको अर्थव्यवस्था राम्रो बनाउनका लागि आवश्यक नीतिको समर्थन गर्ने निर्णय गरेका थिए।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

मुलुकलाई एकताबद्ध गराउन स्रष्टाको उल्लेख्य योगदान छ : राष्ट्रपति भण्डारी

काठमाडौं, १७ फागुन ।  राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकलाई एकताबद्ध गराउन स्रष्टाहरुको उल्लेख्य योगदान रहेको बताउनुभएको छ । सङ्गीत महर्षि नातिकाजी श्रेष्ठको ९६ औँ जन्मजयन्तीको अवसरमा

पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची

काठमाडौं, १७ फागुन ।  भारतीय आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएको छ । आइओसीले आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको

चीनले नेपाललाई थप ३ लाख डोज खोप दिने

काठमाडौं, १७ फागुन । चीनले नेपाललाई अनुदानमा दिने कोभिड–१९ को खोप संख्यालाई बढाएर आठ लाख डोज पुर्‍याएको छ ।नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सोमबार

सम्बन्धित

मुलुकलाई एकताबद्ध गराउन स्रष्टाको उल्लेख्य योगदान छ : राष्ट्रपति भण्डारी

चीनले नेपाललाई थप ३ लाख डोज खोप दिने

‘सूर्य चिह्न हामीले पाउने पक्का भइसक्यो, निर्वाचन आयोगमा ओलीको सेटिङ चलेन’ – अध्यक्ष प्रचण्ड

सर्वोच्चको फैसलाले प्रधानमन्त्रीलाई राजीनामा दिनबाट रोक्यो : सरकारका प्रवक्ता

कोरोनाका कारण थप तीन जनाको मृत्यु : ७३ जनामा सङ्क्रमण पुष्टि

प्रचण्ड–नेपाल पक्षले ओलीविरूद्ध दर्ता गरिएको अविश्वास प्रस्ताव फिर्ता गर्ने तयारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : राजन शर्मा
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2021 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com