ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बझाङ बसपार्कमा पार्किङको समस्या


sharan sharan

बझाङ, २९ मंसिर ।
जिल्लाको सिमखेतमा रहेको एक मात्र बसपार्कको उचित ब्यवस्थापन हुन नसकेपछि यतिखेर गाडी पार्किङ गर्न निकै समस्या भएको छ ।
विभिन्न यातायातका बस तथा मिनिबसहरु दिनहु थपिन थालेपछि बसपार्क साँघुरो हुदै जादा पार्किङको समस्या भएको जानकारी प्राप्त भएको छ । साँघुरो बसपार्कमा गाडी पार्किङ गर्न समस्या भएपछि चालकहरु सडक किनारमै गाडी पार्किङ गर्दे आएका छन्
कुनै पनि निकायद्धारा बसपार्कको ब्यवस्थापनमा ध्यान नजादा साँघुरो बसपार्कमा जेनतेन गाडी पार्किङ गर्नु परेको यातायात ब्यवसायीहरु बताउछन् । यातायात ब्यवसायीद्धारा स्थानीयको निजि जमिन भाडामा लगी संचालन हुदै आएको सो बसपार्कमा गाडीको चाप बढेपछि पार्किङ गर्न समस्या भएको यातायात ब्यवसायी जिवन खड्काले बताए ।
साँघुरो तथा कच्ची बसपार्कमा यतिखेर पवनदुत, मालीका, साईपाल लगाएतका डिलक्स लगाएतका गाडीहरु निकै कठिनाई झेल्दै पार्किङ गर्न थालेका छन् । अव्यवस्थित बसपार्कमा गाडी पार्किङ गर्दा एक आपसमा ठोकिने तथा साइड लगाउन नसकिने समस्या भएको चालकहरु बताँउछन् ।
गाडीहरुको चापले बसपार्क साँघुरो भएपछि यात्रुहरुलाई गाडी चढ्न र झर्न समेत असहज हुने गरेको देखिन्छ । कच्ची बसपार्कमा वर्षादको समय हिलाम्य हुने भएकाले गाडी चिप्लेर ठोकिने सम्भावना रहेको चालकहरु बताउछन् ।
बसपार्कको समस्यालाई मध्यनजर गर्दै यस आर्थिक वर्षमा सम्पन्न हुने गरी बाउलीगाड किनारमा नयाँ बसपार्क निर्माण हुन थालेको बझाङ स्थित जयपृथ्वी नगरपालिका कार्यालयले जनाएको छ ।
“बसपार्क साघुरो छ त्यसैले पार्किङको समस्या भएको हो दिनहु नयाँ गाडीहरु थपिन थालेका छन यस प्रति कसैको ध्यान गएको छैन् यातायात ब्यवसायीहरुले बताउछन” बझाङमा यतिखेर कर्णाली रिभर, महाकाली, सुदुरपश्चिम, उग्रतारा, पवनदुत साईपाल डिलक्स लगाएतका बस तथा मिनिबसहरु दिनहु संचालनमा आएका छन् ।
भाडामा संचालन हुदै आएको बसपार्कमा पार्किङको समस्या हुदा पनि आफुहरुले कर तिर्नु पर्ने बाध्यता रहेको यातायात ब्यवसायीहरुको गुनासो रहेको छ ।
पार्किङको मात्र नभई खानेपानी शौचालय को पनि बझाङ बसपार्कमा उतिकै समस्या देखिएको छ । पिउने पानीको अभाव भएपछि बसपार्कमा आउने यात्रुहरु बाउलीगाडको धमीलो पानी पिउन बाध्य छन् । यात्रु प्रतिक्षलय नहुदा बसपार्कमा आउने यात्रुहरु होटेल तथा रुखको छहारी मुनी बस्न बाध्य भएका छन् । सरोकारवाला निकायले समयमै बसपार्क ब्यवस्थापनमा ध्यान दिनु पर्ने स्थानीयहरुको माग रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कार्कीको पहिलो सम्वोधनका मुख्य मुख्य कुराहरु यस्ता छन्

२४, २५ र २६ गतेका स्नातक तहका परीक्षा त्रिविले सार्‍यो

जेनजी पुस्ता के चाहन्छ ? दुनियाभरको अनुभवले के भन्छ ?

एमालेको नयाँ कार्यदिशाः नेपाली विशेषताको समाजवाद, ओली निर्विकल्प, विद्या पक्ष हिस्स !(पूर्ण विवरणसहित)

एक मात्र खतरा जसले अमेरिका र चीनलाई एकताबद्ध गर्नुपर्छ

पुरुष + महिला + एप्स = खराब प्रेमसम्बन्ध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com