ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
ABC NEWS NEPAL | No.1 News channel of Nepal
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश

सूर्य चिह्न हाम्रो भएन भने आँधीहुरी आउँछ नेपालमा : अध्यक्ष  प्रचण्ड


एबीसी / संवाददाता

काठमाडौं, २८ पुस ।  नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष  पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूर्य चिह्न आफूहरूबाट खोसे नेपालमा आँधीहुरी आउने बताउनुभयो । नेकपा गण्डकी प्रदेशद्वारा पोखरामा आयोजित बृहत् कार्यकर्ता भेला तथा संघर्ष अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफूहरूले नै सूर्य चिह्न पाउने जीकिर गर्नुभयो ।

‘सूर्य चिह्न हाम्रै हुन्छ, द्विविधामा बस्नै पर्दैन,’ उहाँले भन्नुभयो , ‘विधान र निर्वाचन कानूनमा प्रस्ट भनिएको छ, जससँग बहुमत छ, आधिकारिक त्यही हुन्छ, हामीसँग ७०५ छ, मन्त्री पाएपछि जानेका कुरा छाडिदिनुस् ।’ प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको बहुमतबाट हटाउने तयारी संसद विघटनअघि नै गरिएको खुलासा समेत गर्नुभयो । उहाले ओली नसच्चिए पार्टीको बहुमतले हटाउने तयारीस्वरूप आफूले पार्टीमा प्रस्ताव पेश गरेको बताउनुभयो । ‘मैले पेश गरेको प्रस्तावको स्प्रिट त्यही नै थियो ।

सचिवालयमा, स्थायी कमिटी र केन्द्रीय कमिटीमा बहुमत पुगेन भने संविधान मिच्न पाइने व्यवस्था कही छ ?’ प्रचण्डले भन्नुभयो । बहुमतको निर्णय पार्टीको निर्णय हुने लेखिएको विधानमा ओलीको पनि हस्ताक्षर गरेको प्रचण्डले बताउनुभयो ।

‘विधानमा यसको एउटा बुँदा मात्रै होइन, छुट्टै शीर्षक नै छ, अहिले दुईतिहाइ बहुमतभन्दा बढी सदस्यको हामीले कमाण्ड गरेका छौं,’ उहाँले भन्नुभयो। प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीतिर लागेका पूर्व माओवादी नेताहरूलाई जनयुद्ध कुहिएकै फर्सी हो भनेर प्रश्न गरेका छन् ।

अध्यक्ष प्रचण्डले भने, ‘केपीतिर लागेका हाम्रा साथीहरूलाई सबैले सोध्नुहोला – के जनयुद्ध कुहिएकै फर्सी हो त ? ’ तत्कालीन जनयुद्धमा सहभागी गृहमन्त्री रामबहादुर थापा र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट लगायत नेताहरू ओली समुहमा हुनुहुन्छ । ओलीले हालै एक कार्यक्रममा जनयुद्धलाई कुहिएको फर्सीसँग तुलना गर्नुभएको थियो । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरणको सहमति हुँदा समेत ओलीले जनयुद्धका उपलब्धी स्वीकार्ने विषयमा सहमति गरेको स्मरण गर्दै प्रचण्डले सोध्नु भयो , ‘के त्यो केपी ओलीले हस्ताक्षर कीर्ते हो ? यदि त्यसो होइन भने यो बेइमानी हो । कोही पनि क्रान्तिकारीलाई यो स्वीकार्य हुँदैन ।’

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

विस्तृत सम्झौतामा हस्ताक्षर गर्ने काठमाडौं आइपुगे विप्लव

काठमाडौं, २१ फागुन । नेत्रविक्रम चन्द (विप्लव) काठमाडौं उपत्यका भित्रिनुभएको छ । आज बिहान निजी गाडी चढेर नवलपरासीबाट प्रस्थान गरेका उहाँ केहीबेर अगाडि काठमाडौं आईपुग्नु

कित्ता क्लियर गर्दै नेकपा नेता : दुवै पक्षले बोलाए संसदीय दलको बैठक

काठमाडौं, २१ फागुन । नेकपा प्रचण्ड–माधव पक्षले शुक्रबार दिउँसो १ बजेका लागि सिंहदरबारमा दलको बैठक बोलाएको छ । संसद पुनर्स्थापना भएसँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)

यो वर्षको अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार मुस्कान खातुनलाई

काठमाडौं, १८ फागुन । अमेरिकाले यो वर्षको अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) पुरस्कार एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई दिने भएको छ ।नेपालमा रहेको अमेरिकी राजदूतावासले विज्ञप्ति

सम्बन्धित

विस्तृत सम्झौतामा हस्ताक्षर गर्ने काठमाडौं आइपुगे विप्लव

कित्ता क्लियर गर्दै नेकपा नेता : दुवै पक्षले बोलाए संसदीय दलको बैठक

प्रहरीको स्कर्टिङमा नवलपरासीबाट काठमाडौं आउँदै विप्लव (फोटोफिचर)

सुखानीको सपनाबाट अन्यत्र नमोडिन योद्धाहरुको खबरदारी

आज प्रधानमन्त्री ओली र विप्लवले संयुक्त सम्बोधन गर्दै

सरकार अविचलित निष्ठाका साथ अघि बढ्छ : प्रधानमन्त्री ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : राजन शर्मा
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2021 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com