ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सूर्य चिह्न हाम्रो भएन भने आँधीहुरी आउँछ नेपालमा : अध्यक्ष  प्रचण्ड


एबीसी / संवाददाता
पुस २८, २०७७ मंगलबार  ४ : ४७ बजे

काठमाडौं, २८ पुस ।  नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष  पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूर्य चिह्न आफूहरूबाट खोसे नेपालमा आँधीहुरी आउने बताउनुभयो । नेकपा गण्डकी प्रदेशद्वारा पोखरामा आयोजित बृहत् कार्यकर्ता भेला तथा संघर्ष अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफूहरूले नै सूर्य चिह्न पाउने जीकिर गर्नुभयो ।

‘सूर्य चिह्न हाम्रै हुन्छ, द्विविधामा बस्नै पर्दैन,’ उहाँले भन्नुभयो , ‘विधान र निर्वाचन कानूनमा प्रस्ट भनिएको छ, जससँग बहुमत छ, आधिकारिक त्यही हुन्छ, हामीसँग ७०५ छ, मन्त्री पाएपछि जानेका कुरा छाडिदिनुस् ।’ प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको बहुमतबाट हटाउने तयारी संसद विघटनअघि नै गरिएको खुलासा समेत गर्नुभयो । उहाले ओली नसच्चिए पार्टीको बहुमतले हटाउने तयारीस्वरूप आफूले पार्टीमा प्रस्ताव पेश गरेको बताउनुभयो । ‘मैले पेश गरेको प्रस्तावको स्प्रिट त्यही नै थियो ।

सचिवालयमा, स्थायी कमिटी र केन्द्रीय कमिटीमा बहुमत पुगेन भने संविधान मिच्न पाइने व्यवस्था कही छ ?’ प्रचण्डले भन्नुभयो । बहुमतको निर्णय पार्टीको निर्णय हुने लेखिएको विधानमा ओलीको पनि हस्ताक्षर गरेको प्रचण्डले बताउनुभयो ।

‘विधानमा यसको एउटा बुँदा मात्रै होइन, छुट्टै शीर्षक नै छ, अहिले दुईतिहाइ बहुमतभन्दा बढी सदस्यको हामीले कमाण्ड गरेका छौं,’ उहाँले भन्नुभयो। प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीतिर लागेका पूर्व माओवादी नेताहरूलाई जनयुद्ध कुहिएकै फर्सी हो भनेर प्रश्न गरेका छन् ।

अध्यक्ष प्रचण्डले भने, ‘केपीतिर लागेका हाम्रा साथीहरूलाई सबैले सोध्नुहोला – के जनयुद्ध कुहिएकै फर्सी हो त ? ’ तत्कालीन जनयुद्धमा सहभागी गृहमन्त्री रामबहादुर थापा र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट लगायत नेताहरू ओली समुहमा हुनुहुन्छ । ओलीले हालै एक कार्यक्रममा जनयुद्धलाई कुहिएको फर्सीसँग तुलना गर्नुभएको थियो । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरणको सहमति हुँदा समेत ओलीले जनयुद्धका उपलब्धी स्वीकार्ने विषयमा सहमति गरेको स्मरण गर्दै प्रचण्डले सोध्नु भयो , ‘के त्यो केपी ओलीले हस्ताक्षर कीर्ते हो ? यदि त्यसो होइन भने यो बेइमानी हो । कोही पनि क्रान्तिकारीलाई यो स्वीकार्य हुँदैन ।’

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कठिन दैनिकीः एक सिलिण्डर ग्यासका लागि सडकमै सास्ती, घन्टौं लाइनमा सर्वसाधारण (फोटो फिचर)

इराकमा अमेरिकी इन्धन भर्ने सैन्य विमान दुर्घटनाग्रस्त, मध्यपूर्व युद्ध झन् चर्कियो

सम्बन्धित

एमाले अध्यक्ष ओलीका बुवाको निधनप्रति बालेनको श्रद्धाञ्जलि

कठिन दैनिकीः एक सिलिण्डर ग्यासका लागि सडकमै सास्ती, घन्टौं लाइनमा सर्वसाधारण (फोटो फिचर)

एमाले अध्यक्ष केपी शर्मा ओलीका पिताको अन्तिम बिदाइ (तस्बिरसहित)

झापामा हावाहुरी र वर्षाको वितण्डा, तीन जनाको मृत्यु

पुर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक

आकाशमै इन्धन भर्न परिचालित अमेरिकी सैन्य विमान इराकमा दुर्घटना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com