ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आकाशमै इन्धन भर्न परिचालित अमेरिकी सैन्य विमान इराकमा दुर्घटना


एबीसी न्यूज
फाल्गुन २९, २०८२ शुक्रबार  ७ : ४८ बजे

काठमाडौं, २९ फागुन । आकाशमै इन्धन भर्न प्रयोग हुने अमेरिकी सैन्य विमान दुर्घटना भएको छ।इरानविरूद्ध अमेरिका–इसराइलको संयुक्त सैन्य कारबाहीमा प्रयोग भइरहेको केसी– १३५ विमान बिहीबार पश्चिमी इराकको मरूभूमी क्षेत्रमा खसेको हो।

अमेरिको सेनाको मध्य कमान्ड (सेन्ट्रल कमान्ड)ले इन्धन भर्न दुइटा विमान प्रयोग भइरहेको र एउटा विमान दुर्घटना भएको जानकारी दिएको अमेरिकी अखबार द न्युयोर्क टाइम्सले जनाएको छ।अर्को विमान भने सुरक्षित अवतरण गर्न सफल भएको पनि सेन्ट्रल कमान्डले जनाएको छ।यो विपक्षी आक्रमण वा आफ्नै सेनाका फ्रेन्ड्ली फायरबाट पनि दुर्घटना नभएको पनि सेन्ट्रल कमान्डले जनाएको छ।केही सञ्चारमाध्यमहरूले इरानको आक्रमणबाट उक्त विमान खसालेको भनेर लेखेका छन्। यद्यपि सेन्टकमले वाह्य हमलाबाट विमान दुर्घटना नभएको बताएको छ।दुर्घटनाग्रस्त विमानमा कम्तिमा ३ देखि ५ जना चालक दलका सदस्य हुने गर्छन्। उक्त विमानमा भने कति जना थिए भनेर खुलेको छैन। उनीहरूको अवस्थाबारे पनि सेन्ट्रल कमान्डले सार्वजनिक गरेको छैन। उसले उद्दारको काम भइरहेको बताएको छ।

केसी–१३५ अमेरिकी वायुसेनामा सबैभन्दा धेरै प्रयोग हुने र पुराना विमानमध्ये एक मानिन्छ। यी विमानहरू लडाकु जेट, निगरानी विमान तथा कार्गो विमानलाई आकाशमै इन्धन भर्ने (एयर–टु–एयर रिफ्युलिङ) कार्यका लागि प्रयोग गरिन्छ।वायुसेनाले यस्तो प्रकारको इन्धन भर्ने उडान नियमित रूपमा सञ्चालन गरे पनि दुर्घटना भने विरलै हुने गर्छ। तर खराब मौसम वा तीव्र हावाहुरीका अवस्थामा यस्तो कार्य जटिल हुने अधिकारीहरू बताउँछन्।प्रारम्भिक अनुसन्धानकर्ताहरूले दुई विमान हावामै ठोक्किएको हुन सक्ने सम्भावनामा पनि अध्ययन गरिरहेको जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इराकमा अमेरिकी इन्धन भर्ने सैन्य विमान दुर्घटनाग्रस्त, मध्यपूर्व युद्ध झन् चर्कियो

चुनावको मुखमा दल बदल निषेध गर्ने कानुनी व्यवस्था मिलाउन सुझाव

सम्बन्धित

पुर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक

इराकमा अमेरिकी इन्धन भर्ने सैन्य विमान दुर्घटनाग्रस्त, मध्यपूर्व युद्ध झन् चर्कियो

चुनावको मुखमा दल बदल निषेध गर्ने कानुनी व्यवस्था मिलाउन सुझाव

किशोरी साहलाई कालोसूचीबाट हटाउन सर्वोच्चको अन्तरिम आदेश, सांसदको विषयमा शुक्रबार निर्णय हुने

इराकले तेल टर्मिनल बन्द गर्‍यो, विश्वव्यापी आपूर्तिमा ठूलो अवरोध

बैठकमा बोल्दाबोल्दै ढलेका एमाले नेता कृष्ण थापाको हृदयघातबाट निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com