ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
ABC NEWS NEPAL | No.1 News channel of Nepal
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश

प्रतिगमनविरुद्ध २८ पुसमा प्रज्ञा प्रतिष्ठान डबलीमा सभा गरिने


एबीसी / संवाददाता

काठमाडौं, २७ पुस । प्रतिगमनविरुद्ध संघर्ष गरिरहेको नागरिक आन्दोलनले २८ पुसमा नागरिकसभा गर्ने भएको छ । प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेपछि त्यसको विरोधमा सुरू भएको वृहत् नागरिक आन्दोलनले आयोजना गरेको ‘नागरिक सभा’मा नागरिक अगुवाहरूले सम्बोधन गर्ने भएका हुन्।यसअघि माइतीघर मण्डलामा सडक नाटकसहित विभिन्न एपिसोडमा ७ दिने विरोध कार्यक्रम गरेको आन्दोलनले २८ पुसमा प्रज्ञा प्रतिष्ठान डबलीमा सभा गर्ने बताएको छ । मंगलबार राखिएको सभामा नागरिक अगुवा कृष्ण पहाडीसहितका अगुवालाई मुख्य वक्ता राखिएको छ।

सभालाई नागरिक अगुवा कृष्ण पहाडी, नेपाल बार एशोसियसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, सडक विस्तार विरोधी संघर्षका अभियन्ता विद्या श्रेष्ठ, नागरिक अभियन्ता डा.मुक्तसिं तामाङ, सिएन थारूलगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

नागरिकसभामा धिमे एपिसोड तथा युवा महिला अभियन्ताहरूको ‘फ्ल्यास मोब’ प्रस्तुति पनि रहने प्रतिगमनविरुद्ध नागरिक आन्दोलनका संयोजक युग पाठकले बताउनुभयो । उहाका अनुसार संसद विघटनसँगै अहिले लोकतन्त्र, गणतन्त्र, संघीयता, समावेशीता चारै कुरा जोखिममा परेका छन्। भोलि अदालतले पनि ‘गलत फैसला’ गर्ने हो भने संविधानले बाटो छोड्न सक्छ र मुलुक अराजकतातिर जान सक्छ। मंगलबारको कार्यक्रमको संयोजन नागरिक आन्दोलनले गरे पनि नेतृत्व नयाँ पुस्तालाई दिइएको उहाले बताउनुभयो । ‘राजनीतिक दलहरूलाई पनि शिक्षा होस् भनेर हामीले नयाँ पुस्तालाई नेतृत्वदायी भूमिकामा ल्याएका छौं, हामी पनि हुन्छौं, झन् नयाँ पुस्तालाई दिँदै जाने हाम्रो योजना छ,’ उहाले भन्नुभयो । नागरिक आन्दोलनमा नागरिक अगुवा, लेखक, सञ्चारकर्मी, नागरिक अधिकारकर्मी, रंगकर्मी, कवि, प्राध्यापक, कलाकार लगायत छन्।
२५ पुसमा एक विज्ञप्ति जारी गर्दै नागरिक आन्दोलनले प्रतिनिधिसभा विघटनलाई प्रतिगमनको उच्चतम् रूप करार गर्दै संविधानको अक्षरस पालान गरेर  प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कदम सच्याउन सर्वोच्च अदालतको ध्यानाकर्षण गराएको छ ।

चरणबद्ध रूपमा प्रतिगमनविरुद्ध संघर्षका कार्यक्रम गर्नेसमेत आन्दोलनले बताएको छ । ‘प्रतिगमनका श्रृंखलाविरुद्ध र सामाजिक न्यायसहित संघीय समावेशी गणतन्त्र संस्थागत गर्ने नागरिक चेतनाको संवर्द्धनका निम्ति भविष्यमा अझ संघर्षपूर्ण कार्यक्रम ल्याइनेछ,’ आन्दोलनले जारी गरेको विज्ञप्तिमा लेखिएको छ । २०६२/६३ को जनआन्दोलनताका पेशागत संघ-संगठन शाही कदमको विरोध गर्दै प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा आन्दोलनमा निस्केका थिए। यसपटक प्रधानमन्त्री ओलीले सोही राजा ज्ञानेन्द्रकै शैलीमा प्रतिनिधि सभा विघटन गरी ‘प्रतिगमन’तर्फ मुलुकलाई अग्रसर गराएको अगुवाहरूको बुझाइ छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेकपाको विवाद केही दिनभित्रै निरुपण गर्छौँ : निर्वाचन आयोग

काठमाडौं, १६ फागुन । निर्वाचन आयोगले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाभित्रको विवाद अबको केही दिनमै समाधान गर्ने तयारी थालेको छ । अब चुनावको तयारी गर्नु

प्रधानमन्त्री ओली आज झापा जाँदै

काठमाडौं, १६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली आज गृहजिल्ला झापा जाँदै हुनुहुन्छ । जहाजबाट झापा जान लागेका ओली आइतबार झापा क्षेत्र नम्बर ५ मा

दलहरुबीच समझदारी हुन्छ : सभामुख सापकोटा

काठमाडौं, १५ फागुन ।  सभामुख अग्निप्रसाद सापकोटाले संसद् पुनःस्थापना भएसँगै दलहरुबीच सहमति हुने विश्वास व्यक्त गर्नुभएको छ ।यस्तै आज एक कार्यक्रममा पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले

सम्बन्धित

नेकपाको विवाद केही दिनभित्रै निरुपण गर्छौँ : निर्वाचन आयोग

प्रधानमन्त्री ओली आज झापा जाँदै

जोन्सन एण्ड जोन्सनको कोरोना खोपलाई अमेरिकामा स्वीकृति

दलहरुबीच समझदारी हुन्छ : सभामुख सापकोटा

संसद पुनर्स्थापना पछि सरकार झन बलियो – नेता नेम्वाङ

प्रधानमन्त्री ओलीले आफूलाई महाराजधिराज ठान्ने – अध्यक्ष प्रचण्ड

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : राजन शर्मा
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2021 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com