ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
ABC NEWS NEPAL | No.1 News channel of Nepal
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश

निर्वाचन कार्यक्रम अघि नबढाउन भन्दै प्रचण्ड- नेपाल पक्ष आयोगमा


एबीसी / संवाददाता

काठमाडौं, २७ पुस ।  निर्वाचन कार्यक्रम अगाडि नबढाउन भन्दै पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको नेकपा निर्वाचन आयोग पुगेको छ । अध्यक्षद्वय प्रचण्ड र नेपालसहित नेकपाका नेताहरू सोमबार दिउँसो आयोग पुग्नु भएको हो । प्रमुख निर्वाचन आयुक्तलाई निर्वाचन कार्यक्रम अगाडि नबढाउन ज्ञापनपत्र बुझाएको स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले जानकारी दिनुभयो । नेताहरु राजेन्द्र पाण्डे, मुक्ति प्रधान, सुरेन्द्र पाण्डे, रामनारायण बिडारी, कृष्णभक्त पोखरेललगायतलाई निर्वाचन आयोगसँगका गतिविधि हेर्ने जिम्मा दिइएको थियो ।अध्यक्षद्वयसँग  नेताहरू पनि आयोगमा उपस्थित छन् ।

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा सर्वोच्च अदातलमा विचाराधीन अवस्थामा रहेकाले निर्वाचन प्रक्रिया अगाडि नबढाउन आयोगलाई आग्रह गरेको पोखरेलले बताउनुभयो । निर्वाचन आयोगले प्रचण्ड नेपाल र ओली पक्षलाई ७ दिनभित्र अध्यावधिक विवरण पेस गर्न भनेको थियो । साथै आयोगले दुवै पक्षबाट आयोगमा गरिएका पत्राचारमा उल्लेखित निर्णयहरू विधानको व्यवस्थासँग मेल नखाएको भनेको छ । आयोगले पार्टीको आधिकारिक निर्देशन र पत्राचारमा दुवै अध्यक्षको हस्ताक्षर हुनुपर्ने विधानको व्यवस्थातर्फ ध्यानाकर्षण गराएको छ ।

विधानको धारा १८ (छ) को ८ मा रहेको पार्टीको आधिकारिक निर्देशन र पत्राचारमा दुवै अध्यक्षको हस्ताक्षर हुने व्यवस्था कार्यान्वयन नभएको आयोगले इंगित गरेको छ । मन्त्रिपरिषद्को सिफारिसमा पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी नयाँ चुनावको मिति घोषणा गर्नुभएको छ । सरकारले आगामी वैशाख १७ र २७ गते गरी दुई चरणमा प्रतिनिधिसभा चुनाव गर्ने बताएको छ । तर प्रतिनिधिसभा विघटनविरुद्ध परेको मुद्दा सर्वोच्च अदालतमा सुनुवाइका क्रममा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पार्टीको विवाद तत्काल निरूपण गर्न आयोगलाई प्रचण्ड–माधव समूहको आग्रह

काठमाडौं, २१ फागुन। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले निर्वाचन आयोगलाई पार्टीको विवाद तत्काल निरूपण गर्न आग्रह गरेको छ । अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड

विदेशीले हामीलाई हमला गर्‌यो , हेप्न खोज्यो भने हाम्रो जीवन यही धर्तीमा गाडिन्छ, ‘तर झुक्ने छैनौं– महासचिव चन्द

काठमाडौं, २१ फागुन। नेकपाका महासचिव नेत्रविक्रम चन्दले (विप्लव) तीन बुँदे सहमतिपत्र कार्यान्वयनमा आफूहरु प्रतिबद्ध रहेको बताउनुभयो । शुक्रबार राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा बोल्दै महासचिव

नेपाल अब शान्तिपूर्ण युगमा प्रवेश गरेको छः प्रधानमन्त्री ओली

काठमाडौं, २१ फागुन । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले नेपाल अब शान्तिपूर्ण युगमा प्रवेश गरेको बताउनुभएको छ । हिंसात्मक

सम्बन्धित

पार्टीको विवाद तत्काल निरूपण गर्न आयोगलाई प्रचण्ड–माधव समूहको आग्रह

विदेशीले हामीलाई हमला गर्‌यो , हेप्न खोज्यो भने हाम्रो जीवन यही धर्तीमा गाडिन्छ, ‘तर झुक्ने छैनौं– महासचिव चन्द

नेपाल अब शान्तिपूर्ण युगमा प्रवेश गरेको छः प्रधानमन्त्री ओली

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसदीय दलको नेतामा प्रचण्ड चयन

सरकार र विप्लव समूहबीचको ३ बुँदे सहमतिमा हस्ताक्षर ( तीनबुँदे सहमतिमा के छ ?)

सरकार र चन्द समूहबीचको वार्ताले कालीकोटवासी उत्साहित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : राजन शर्मा
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2021 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com