ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओली समूहको केन्द्रीय कमिटी संख्या १५०१ पुग्यो


एबीसी / संवाददाता
पुस २७, २०७७ सोमबार  ९ : ३५ बजे

काठमाडौं, २७ पुस । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली समूहको केन्द्रीय कमिटी संख्या १५०१ पुगेको छ । पुस ९ मा सकिएको केन्द्रीय कमिटी बैठकले नै विधानमा दोस्रो पटक संशोधन गरी केन्द्रीय कमिटी संख्या बढाइएको हो ।

मातहतको कमिटीलाई पठाइएको अन्तरपार्टी निर्देशिका ९अपानि० मार्फत केन्द्रीय कमिटी सदस्य संख्या १ हजार ५ सय १ पुगेको जानकारी दिइएको छ । ‘केन्द्रीय कमिटीको तेस्रो बैठकले दुई पटक नेकपाको अन्तरिम विधान २०७५ दोस्रो र तेस्रो संशोधन गरेको छ । यी संशोधनसँगै अब पार्टी केन्द्रीय कमिटीको सदस्य संख्या १ हजा ५ सय १ सदस्यीय भएको छ’, अपानिमा उल्लेख छ । यसअघि पुस ६ मा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्रीय कमिटी संख्या १ हजार १ सय ९९ पुरउनु भएको थियो । ओलीले प्रथम अध्यक्षको अधिकार प्रयोग गर्दै केन्द्रीय कमिटीमा मनोनयन गरेको अपानिमा उल्लेख गरिएको छ ।

पार्टी विभाजनलाई प्रोत्साहन गरेका पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यकारी अधिकार खोसिएसँगै अब सम्पूर्ण अधिकार ओलीमा रहेको पनि अपानिमा उल्लेख छ । केन्द्रमा जस्तै मातहतका कमिटीको संख्या पनि बिस्तार गर्न निर्देशन दिइएको छ । तर, कसैलाई नहटाउने नीति लिन पनि निर्देशन छ । ‘तत्काल कसैलाई कमिटीबाट नहटाउने तर आवश्यकता अनुसार कमिटीमा बढीमा प्रतिशतसम्म सदस्य मनोनयनको गृहकार्य गर्ने’, अपानिमा छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कठिन दैनिकीः एक सिलिण्डर ग्यासका लागि सडकमै सास्ती, घन्टौं लाइनमा सर्वसाधारण (फोटो फिचर)

इराकमा अमेरिकी इन्धन भर्ने सैन्य विमान दुर्घटनाग्रस्त, मध्यपूर्व युद्ध झन् चर्कियो

सम्बन्धित

एमाले अध्यक्ष ओलीका बुवाको निधनप्रति बालेनको श्रद्धाञ्जलि

कठिन दैनिकीः एक सिलिण्डर ग्यासका लागि सडकमै सास्ती, घन्टौं लाइनमा सर्वसाधारण (फोटो फिचर)

एमाले अध्यक्ष केपी शर्मा ओलीका पिताको अन्तिम बिदाइ (तस्बिरसहित)

झापामा हावाहुरी र वर्षाको वितण्डा, तीन जनाको मृत्यु

पुर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक

आकाशमै इन्धन भर्न परिचालित अमेरिकी सैन्य विमान इराकमा दुर्घटना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com