ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निर्धारित मितिमै प्रतिनिधि सभाको निर्वाचन हुन्छ – प्रधानमन्त्री ओली


एबीसी / संवाददाता

काठमाडौं,  २५ पुस  । प्रधानमन्त्री केपी शर्मा ओलीले एक दिन पनि तलमाथि नगरी निर्धारित मितिमै प्रतिनिधि सभाको निर्वाचन हुने बताउनुभएको छ ।  शनिबार काठमाडौँमा राष्ट्रिय युवा संघले आयोजना गरेको ताजा जनादेशको लागि घोषित मध्यावधि निर्वाचनको स्वागतमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आगामी वर्ष बैशाख १७ गते र २७ गते नै निर्वाचन हुने बताउनुभएको हो । एकदिन पनि निर्वाचन तलमाथि नहुने भन्दै उहाँले कार्यकर्ताहरुलाई निर्वाचनको वातावरण सिर्जना गर्न आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीले आफुलाई लोकतन्त्र मास्न लागेको आरोप लगाइएको भन्दै लोकतन्त्र जोगाउन जेलनेल भोगेर आएकाले निर्धारित मितिमै निर्वाचन गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो । प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन संवैधानिक भएको जिकिर गर्नुभयो । सर्वोच्च अदालतलाई सडकबाट प्रभावित गराउन खोजिएको भन्दै उहाँले स्वतन्त्र न्यायपालिकाको कदर गर्नुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले देश र संविधान माथि संकट नपरी स्वार्थी तत्वहरुको स्वार्थमा संकट परेको टिप्पणी गर्नुभयो । उहाँले सरकारलाई काम गर्न नदिने, संविधानको कार्यान्वयन हुन नदिने, संवैधानिक आयोगहरुलाई पूर्णता दिन नचाहाने लगायतका विभिन्न अवरोधहरु सिर्जना गरिएका कारण देशमा बाँकी रहेको अवधिलाई खेर नफाल्न निर्वाचनमा जानुपर्छ भनि निर्वाचन घोषणा गरेको बताउनुभयो ।

उहाँले चुनाव चिन्ह, पार्टीको लोगो लगायत पार्टीको आधिकारिकता अरुले दाबी गर्न नमिल्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले आफ्नो पार्टीलाई मधेशविरोधी भनि हल्ला चलाएपनि तराई, मधेशको विकासमा दत्तचित्त भएर लागेको बताउनुभयो । तराईमा विकास निर्माणका काम धेरै भएको बताउँदै प्रधानमन्त्री ओलीले हिमाल, पहाड र तराई सबैतिर विकासको लहर ल्याई देशको विकास गर्ने उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com