ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संसद् अब पुनर्स्थापना हुँदैन : गृहमन्त्री थापा


एबीसी / संवाददाता
पुस २४, २०७७ शुक्रबार  ५ : ५० बजे

चरिकोट, २४ पुस । गृहमन्त्री रामबहादुर थापाले संसद पुनर्स्थापनाले थप अस्थिरता र प्रतिगमनलाई सहयोग पुर्‍याउने बताउनु भएको छ ।  दोलखाको चरिकोटमा केपी ओली पक्षको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री थापाले स्थायित्वका लागि नयाँ संसदीय निर्वाचनमा जाने तयारी भएकाले पुरानो संसद अब पुनर्स्थापना नहुने बताउनुभयो । ‘पदको लोभमा परेर प्रतिगनमलाई सघाउन लागिपरेका छन्’, मन्त्री थापाले भने, ‘अहिले पुरानै संसदकी नयाँ संसदको बहस चलिरहेको छ ।’ पुरानो संसद पुनर्स्थापनाले अस्थिरता निम्त्याउने उहाको तर्क छ ।

उहाले राष्ट्रियता र समृद्धिको नारा लिएर पार्टी अब चुनावमा होमिएको बताउनुभयो । ‘जनतामा राष्ट्रियता, समृद्धि र स्थायित्वको नारा लिएर जनतामा होमियौं, प्रतिगमनकारी सकिन्छन्’, उहाले भन्नुभयो , ‘अब नयाँ संसदले मात्रै समृद्ध नेपाल बनाउन सक्छ ।’

प्रचण्ड -नेपाल समूहलाई लक्षित गर्दै मन्त्री थापाले पूर्वमेचीदेखि महाकालीसम्म पार्टीको सुद्धिकरण चलिरहेकाले पार्टीमा भएका फोहरमैला व्यवस्थापन भइरहेको बताउनुभयो । पार्टीमा भएका अवसरवादीहरु हट्दै गएको उहाको भनाइ थियो । सञ्‍चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले गणतन्त्रर र लोकतन्त्रको रक्षा र प्रतिगमन रोक्न संसद् विघटन गरेको तर्क गर्नुभयो । ‘प्रधानमन्त्री केपी ओलीले लिएको कदम आजका लागि संवैधानिक छ ’ गुरुङले नेपाली जनता र संविधानको संरक्षणका लागि संसद विघटन ऐतिहासिक छ ।’ उहाले अब निर्वाचनले नै देशमा स्थायित्व दिने दाबी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कठिन दैनिकीः एक सिलिण्डर ग्यासका लागि सडकमै सास्ती, घन्टौं लाइनमा सर्वसाधारण (फोटो फिचर)

इराकमा अमेरिकी इन्धन भर्ने सैन्य विमान दुर्घटनाग्रस्त, मध्यपूर्व युद्ध झन् चर्कियो

सम्बन्धित

एमाले अध्यक्ष ओलीका बुवाको निधनप्रति बालेनको श्रद्धाञ्जलि

कठिन दैनिकीः एक सिलिण्डर ग्यासका लागि सडकमै सास्ती, घन्टौं लाइनमा सर्वसाधारण (फोटो फिचर)

एमाले अध्यक्ष केपी शर्मा ओलीका पिताको अन्तिम बिदाइ (तस्बिरसहित)

झापामा हावाहुरी र वर्षाको वितण्डा, तीन जनाको मृत्यु

पुर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक

आकाशमै इन्धन भर्न परिचालित अमेरिकी सैन्य विमान इराकमा दुर्घटना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com