ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौं हिजोभन्दा आज अझै सफा : कर्णाली र सुदूरपश्चिम प्रदेशमा मौसम बद्ली


एबीसी / संवाददाता
पुस २३, २०७७ बिहीबार  ८ : ३९ बजे

काठमाडौं, २३ पुस । बादल हटेपछि काठमाडौं सहित देशका विभिन्न ठाउँमा बढेको प्रदूषण बिस्तारै घट्न थालेको छ । हिजोदेखि प्रदूषण घट्न थालेको हो । हिजोको तुलनामा आज काठमाडौं अझै सफा देखिएको छ ।
आकाश खुलेर प्रदूषित हावा बाहिर गएकाले प्रदूषणको स्तर घटेको वातावरणविद् भूषण तुलाधरले जानकारी दिनुभयो । तर प्रदूषण कम भए पनि जाडो महिनामा प्रदूषणको उत्पादन धेरै हुने भएकाले पूर्णरुपमा हट्ने सम्भावना भने नरहेको वातावरणविद् तुलाधरले बताउनुभयो । यसैवीच आकाश खुलेपछि फेरि चिसो बढ्न थालेको छ । सोमबार र मंगलबार बादल लागेको बेला काठमाडौंको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस रहेकोमा हिजोदेखि फेरि तापक्रम घट्न थालेको हो ।

हिजो काठमाडौंको न्यूनतम तापक्रम ६ दशमलव १ डिग्री सेल्सियस थियो । आज बिहानको न्यूनतम तापक्रम ५ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आकाश खुलेकाले न्यूनतम तापक्रम घट्दै र चिसो बढ्दै जाने मौसमविद्ले बताएका छन् । हिजोदेखि मौसम खुलेकाले न्यूनतम तापक्रम हिजोभन्दा आज घट्न सक्ने मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो ।

उहाँकाअनुसार आजदेखि अबको १, २ दिन न्यूनतम तापक्रम घट्दै जाने सम्भावना छ । काठमाडौं उपत्यकाबाहिर पनि चिसो बढ्ने मौसमविद्को भनाइ छ । अघिल्लो हप्तासम्म माइनसबाट ओरालो लागेको उच्च पहाडी तथा हिमाली क्षेत्रको तामपक्रम अस्ति बादल लागेपछि बढेको थियो । तर आकाश खुलेपछि फेरि तापक्रम घट्न थालेको छ । हिजो दिपायलको न्यूनतम तापक्रम ९ दशमलव ९ डिग्री सेल्सियस, डडेल्धुराको ७ दशमलव १ डिग्री सेल्सियस, जुम्लाको शून्य दशमलव ५, पोखराको ८ दशमलव २, ताप्लेजुङको ८ दशमलव ७, धनकुटाको १० दशमलव ८, जिरीको २ दशमलव ४ डिग्री सेल्सियस र जोमसोमको शून्य दशमलव ७ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आजदेखि यी ठाउँहरुमा पनि निरन्तर तापक्रम घट्दै जाने मौसमविद् कँडेलले बताउनुभयो । यसैबीच आज पनि कर्णाली र सुदूरपश्चिम प्रदेशमा राम्रोसँग आकाश खुल्ने सम्भावना छैन । यी प्रदेशमा आज राति हल्का हिमपातको सम्भावना छ । तराईमा बिहान कुहिरो लागे पनि दिउँसो घाम लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । अरु ठाउँको मौसम भने सामान्यतया सफा नै रहने मौसमविद् कँडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कठिन दैनिकीः एक सिलिण्डर ग्यासका लागि सडकमै सास्ती, घन्टौं लाइनमा सर्वसाधारण (फोटो फिचर)

इराकमा अमेरिकी इन्धन भर्ने सैन्य विमान दुर्घटनाग्रस्त, मध्यपूर्व युद्ध झन् चर्कियो

सम्बन्धित

एमाले अध्यक्ष ओलीका बुवाको निधनप्रति बालेनको श्रद्धाञ्जलि

कठिन दैनिकीः एक सिलिण्डर ग्यासका लागि सडकमै सास्ती, घन्टौं लाइनमा सर्वसाधारण (फोटो फिचर)

एमाले अध्यक्ष केपी शर्मा ओलीका पिताको अन्तिम बिदाइ (तस्बिरसहित)

झापामा हावाहुरी र वर्षाको वितण्डा, तीन जनाको मृत्यु

पुर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक

आकाशमै इन्धन भर्न परिचालित अमेरिकी सैन्य विमान इराकमा दुर्घटना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com