ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
ABC NEWS NEPAL | No.1 News channel of Nepal
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश

प्रतिनिधि सभा विघटनको विरोधमा अनेरास्ववियुको लालटिन जुलुस


एबीसी / संवाददाता

काठमाडौं, २२ पुस । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षको विद्यार्थी सङ्गठन अनेरास्ववियुले बुधबार दिउँसै लालटिन जुलुस निकालेर विरोध प्रदर्शन गरेको छ ।

प्रचण्ड–नेपाल पक्षधर अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले बुधबार लालटिन जुलुस गरि सरकारले प्रतिनिधि सभा विघटन गरेको कदमप्रति विरोध जनाएको हो । माइतीघर मण्डलाबाट विद्यार्थीहरूले बानेश्वरसम्म दिउँसै लालटिन बालेर जुलुस प्रदर्शन गरेका हुन् ।

प्रदर्शनपछि आयोजित कोण सभालाई सम्बोधन गर्दै अनेरास्ववियुका सह–संयोजक रञ्जित तामाङले नेपालको संविधानमा प्रतिनिधि सभा विघटनको कुनै पनि धारा नभएको बताउनुभयो । प्रधानमन्त्रीलाई गल्तीको प्रायश्चित गर्ने र सच्याउने अवसर अझै भएको भन्दै कानुन सम्मत्, संविधान सम्मत् निर्णय सच्याउन उहाँले माग गर्नुभयो ।

प्रतिनिधि सभा पुनर्स्थापना नभएसम्म अनेरास्ववियुले विरोधका विभिन्न कार्यक्रम गरिरहने सह–संयोजक तामाङले बताउनुभयो । विद्यार्थीरूले ‘दिउँसै लालटिन बाल्दा पनि भेटिएन है, संविधानमा संसद् विघटनको धारा खै’ भन्ने ब्यानर लिएर प्रदर्शन गरेका थिए । विद्यार्थीहरूले ‘संसद् विघटनको धारा खै, दिउँसै लाल्टिन बाल्यौँ हैँ’, ‘हामी अरू जान्दैनौँ, संसद् विघटन मान्दैनौँ’ लगायतका नारा लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रधानमन्त्रीलाई किन राखिन्छ विमानको अन्तिम सिटमा : यस्तो छ कारण

काठमाडौं, १८ फागुन । सोमबार प्रधानमन्त्री केपी शर्मा ओली यति एयरलाइन्सको एटीआर–७२ विमानबाट पोखरा जानुभयो । त्यसक्रममा उहाँ जहाजको अन्तिम सिटमा बसेको तस्वीर भाइरल भएको

नेपाली सेनाका पूर्व प्रधानसेनापति क्षत्री र भारतीय सेनाप्रमुख नरवणेबीच भेटवार्ता

काठमाडौं, १८ फागुन । नेपाली सेनाका अवकाश प्राप्त प्रधानसेनापति राजेन्द्र क्षत्रीले भारतीय सेनाप्रमुख मनोज मुकुन्द नरवणे र चिफ अफ डिफेन्स स्टाफ ९सुरक्षा नियकाहरुको प्रमुख० विपिन

विप्लब नेतृत्वको विद्रोही समुह संग वार्ता गर्ने विषयलाई प्रचारबाजीको रुपमा प्रयोग नगर्न सरकारलाई आग्रह

काठमाडौं, १८ फागुन । सत्तारुढ दलको प्रचण्डमाधव समुह र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विप्लब नेतृत्वको विद्रोही समुह संग वार्ता गर्ने विषयलाई प्रचारबाजीको रुपमा प्रयोग

सम्बन्धित

प्रधानमन्त्रीलाई किन राखिन्छ विमानको अन्तिम सिटमा : यस्तो छ कारण

नेपाली सेनाका पूर्व प्रधानसेनापति क्षत्री र भारतीय सेनाप्रमुख नरवणेबीच भेटवार्ता

विप्लब नेतृत्वको विद्रोही समुह संग वार्ता गर्ने विषयलाई प्रचारबाजीको रुपमा प्रयोग नगर्न सरकारलाई आग्रह

आगलागीबाट ताप्लेजुङको दोभानमा करिब तीन दर्जन घर जले, आगो नियन्त्रणतर्फ

ताप्लेजुङका आगलागी पीडितलाई राहत र पुनर्स्थापनाको व्यवस्था मिलाउन राष्ट्रपतिको आग्रह

सरकारसँग वार्ता गर्न ‘प्रकाण्ड’को नेतृत्वमा विप्लवको वार्ता टोली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : राजन शर्मा
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2021 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com