ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
ABC NEWS NEPAL | No.1 News channel of Nepal
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश

पार्टी भित्रको सांगठनिक कार्य विभाजन गर्न माधव नेपालको संयोजकत्वमा कार्यदल बन्यो


एबीसी / संवाददाता

काठमाडौं, १९ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठकले पार्टी भित्रको सांगठनिक कार्य विभाजन गर्न कार्यदल गठन गरेको छ ।  आइतबार पार्टी कार्यालय पेरिसडाँडाँमा बसेको बैठकले पार्टी अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा कार्यदल बनाएको हो । कार्यदलले प्रदेशका कमिटीका पदाधिकारी, जिल्ला कमिटीका पदाधिकारीहरु, केन्द्रीय संगठनहरु, मोर्चा संगठनका पदाधिकारीहरु र सांगठनिक एकीकरणका बाँकी कामहरु सम्पन्न गर्ने अधिकार पाएको छ ।

पत्रकारहरुलाई बैठकका निर्णय सुनाउँदै प्रवक्ता नारायणकाजी श्रेष्ठले सांगठनिक काम गर्न अध्यक्ष नेपालको संयोजकत्वमा कार्यदल बनेको र भोलि बस्ने बैठकले कार्यदललाई अन्तिम रुप दिने बताउनुभयो ।

बैठकमा अध्यक्ष द्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले नेपाली कम्युनिष्ट आन्दोलनको रक्षाको लागि दृढतापूर्वक अघि बढ्न सबै नेता कार्यकर्तालाई अपील गर्नुभएको पनि प्रवक्ता श्रेष्ठले बताउनुभयो । बैठकमा सरकारले प्रतिनिधि सभाको विघटन गरी चालेको असंवैधानिक कदमलाई असफल पार्ने विषयमा छलफल भएको पनि प्रवक्ता श्रेष्ठले बताउनुभयो । बैठकले प्रतिनिधि सभा विघटनको असंवैधानिक र अलोकतानित्रक कदमको विरुद्धमा भएका सबै पार्टीहरुसँग संयुक्त कार्यक्रम गर्न समन्वय गर्ने निर्णय समेत गरेको छ ।

स्थायी कमिटीको अर्को बैठक भोलि (सोमबार) दिउसो १ बजे बस्ने भएको छ । कार्यदलमा सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, घनश्याम भूसाल, वेदूराम भूसाल, गिरिराजमणि पोखरेल, पम्फा भुसाल, गोकर्ण बिष्ट, वर्षमान पुन, मातृका यादव र शक्ति बस्नेत छन् । यो कार्यदलले पार्टी र जनसंगठनमा रिक्त रहेको पद पूर्ति गर्ने, जिम्मेवारी हेरफेर गर्ने लगायत सिफारिस गर्नेछ ।

तर, नेकपा ओली समूहमा लागेकाहरुलाई तत्काल संगठनबाट ननिकाल्ने निर्णय गरेको छ । ओली समूहले पनि प्रचण्ड(माधव समूहमा लागेकाहरुलाई कायमै राखेर महत्वपूर्ण जिम्मेवारी भने खोसेको छ भने पार्टी र जनसंगठनको केन्द्रीय कमिटी विस्तार गर्ने निर्णय गरेको छ । प्रचण्ड(माधव समूहले पनि उस्तै नीति लिने भएको छ । बैठकले असंवैधानिक संसद विघटनमा आन्दोलनका लागि पूरा शक्ति लगाउने निर्णय गरेको छ । त्यसका लागि नारायणकाजी श्रेष्ठको संयोजकत्वमा केन्द्रीय जनसंघर्ष समिति बनिसकेको छ । थप छलफल र समन्वय नेताहरुलाई जिम्मेवारी दिइएको छ । सञ्चार क्षेत्रको समन्वय गर्न योगेश भट्टराईलाई जिम्मेवारी दिइएको छ भने नागरिक समाजसँग समन्वय गर्न लिलामणि पोखरेल, रघुजी पन्त लगायतलाई जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

मुलुकलाई एकताबद्ध गराउन स्रष्टाको उल्लेख्य योगदान छ : राष्ट्रपति भण्डारी

काठमाडौं, १७ फागुन ।  राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकलाई एकताबद्ध गराउन स्रष्टाहरुको उल्लेख्य योगदान रहेको बताउनुभएको छ । सङ्गीत महर्षि नातिकाजी श्रेष्ठको ९६ औँ जन्मजयन्तीको अवसरमा

पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची

काठमाडौं, १७ फागुन ।  भारतीय आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएको छ । आइओसीले आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको

चीनले नेपाललाई थप ३ लाख डोज खोप दिने

काठमाडौं, १७ फागुन । चीनले नेपाललाई अनुदानमा दिने कोभिड–१९ को खोप संख्यालाई बढाएर आठ लाख डोज पुर्‍याएको छ ।नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सोमबार

सम्बन्धित

मुलुकलाई एकताबद्ध गराउन स्रष्टाको उल्लेख्य योगदान छ : राष्ट्रपति भण्डारी

चीनले नेपाललाई थप ३ लाख डोज खोप दिने

‘सूर्य चिह्न हामीले पाउने पक्का भइसक्यो, निर्वाचन आयोगमा ओलीको सेटिङ चलेन’ – अध्यक्ष प्रचण्ड

सर्वोच्चको फैसलाले प्रधानमन्त्रीलाई राजीनामा दिनबाट रोक्यो : सरकारका प्रवक्ता

कोरोनाका कारण थप तीन जनाको मृत्यु : ७३ जनामा सङ्क्रमण पुष्टि

प्रचण्ड–नेपाल पक्षले ओलीविरूद्ध दर्ता गरिएको अविश्वास प्रस्ताव फिर्ता गर्ने तयारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : राजन शर्मा
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2021 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com