ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाली कम्युनिष्ट आन्दोलनमाथि प्रचण्डले खड्ग प्रहार गरे : अर्थमन्त्री पौडेल


एबीसी / संवाददाता

काठमाडौं, १९ पुस ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ओली पक्षका महासचिव तथा अर्थमन्त्री बिष्णु पौडेलले नेपाली कम्युनिष्ट आन्दोलनलाई नेपाली कम्युनिष्ट कै नाममा खड्ग प्रहार गरिएको बताउनुभयो । बुटवलमा रुपन्देही जिल्लाका अगुवा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै महासचिव पौडेलले विश्वलाई आश्यर्यमा पार्न सफल भएको कम्युनिष्ट आन्दोलनलाई पार्टीकै शिर्श नेतृत्वबाट प्रहार भएको बताउनु भएको हो ।

पौडेलले कम्युनिष्ट आन्दोलनको गतिलाई अध्यक्ष प्रचण्डको अस्थिर चरित्रका कारण अवरुद्ध बनाएको आरोप लगाउँदै बैठकभित्र एउटा निर्णय गर्ने र बाहीर अर्के कुरा गर्ने गरेकाले पार्टी एकतालाई बचाउन नसकिएको उहाँले बताउनुभयो ।प्रचण्डले पार्टीमा एकताको सहमती गर्ने तर बाहिर निस्कनासाथ प्रधानमन्त्रीको सपना देख्ने, एकल अध्यक्षको आकांक्षा राख्ने गरेको महासचिव पौडेलको आरोप छ ।

प्रचण्डले पार्टी भित्रका केहि महत्वकांक्षी नेताहरुलाई साथमा लिएर प्रधानमन्त्री ओलीलाई पदच्युत गर्न खोज्नु नै खास समस्या भएको उल्लेख गर्दै पौडेलले पार्टीभित्र देखिएको समस्या सैद्धान्तिक नभएको र कुनै नीतिले सिर्जना गरेको समस्या नभएको स्पष्ट पार्नुभयो ।

‘सत्ता, शक्ति र पदीय महत्वाकांक्षाकै कारण पार्टीमा समस्या सिर्जना भएको हो ।’ पार्टीमा प्रस्तुत प्रधानमन्त्री विरुद्धको आरोपपत्र फिर्ता लिए प्रचण्डलाई स्वागत गर्न आफु तयार रहेको महासचिव पौडेलले बताउनुभयो । प्रचण्ड नेपाल पक्षमा गएका अन्य नेताहरुलाई पनि पार्टीले स्वागत गर्न तयार रहेको उहाँले बताउनुभयो ।महासचिव पौडेलले निर्वाचन नहुने भ्रममा नरहन कार्यकर्ताहरुलाई आग्रह गर्दै आगामी निर्वाचनमा पार्टीलाई दुई तिहाईसहित बहुमत दिलाउने हिसाबले क्रियाशिल हुन पार्टीका अगुवा कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com