ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अर्थतन्त्र स्थिर बन्न लागेकै समयमा राजनीतिक घटनाक्रमले फेरि ओरालो : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ


एबीसी / संवाददाता

बागलुङ, १८ पुस । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले नेपालको राजनीतिमा व्यापारीकरण बढेको बताउनु भएको छ । शनिबार बागलुङ उद्योग वाणिज्य संघको ५६औं साधारणसभाको उद्घाटनमा बोल्दै उहाले व्यापारमा राजनीतिकरण समेत बढेको बताउनु भएको हो । दशकौंदेखि राजनीतिमा व्यापार र व्यापारमा राजनीतीकरणले अर्थतन्त्र थला परेको उहाको भनाइ छ ।

नेपालको संविधानले राजनीतिक स्थिरता खोजेकोमा अस्थिरतातर्फ देश अगाडि बढेको भन्दै श्रेष्ठले देशको अर्थव्यवस्था अझै खस्कनेमा चिन्ता व्यक्त गर्नुभयो । ‘दशकौं लामो संघर्ष र संविधानसभाबाट ६ वर्ष लगाएर बनाएको संविधानले स्थायित्व दिने आस थियो, फेरि अस्थिर राजनीति सुरु बताउदै उहाँले भन्नुभयो,’ ‘जनता सडक संघर्षमा जान नपर्ने गरी सरकारले काम गर्नुपर्छ ।’ अर्थतन्त्र स्थिर बन्न लागेकै समयमा राजनीतिक घटनाक्रमले फेरि ओरालो लागेको उहाको भनाइ थियो । ‘राजनीतिक अस्थिरताले अर्थतन्त्र फेरि धराशायी बन्ने लक्षण देखिएको छ,’ उहाले भन्नुभयो, ‘निजी क्षेत्रले राजस्व तिर्ने, राजनीतिक नेताले तलब खाने पद्धतिले देश उँभो लाग्दैन ।’ निजी क्षेत्रबाट उठाइएको राजस्वबाट बिलासिताको बस्तु आयातमा बढी खर्च भएको भन्दै श्रेष्ठले युवा रोजगारका कार्यक्रम ल्याउनसमेत आग्रह गर्नुभयो ।

उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले छरिएको पुँजी एकीकृत गर्ने नीति राज्यले लिनुपर्ने धारणा राख्नुभयो। कुनै पनि उद्योग तथा व्यवसायको आईपीओ खुल्दा आएको १० गुणाभन्दा बढी लगानीलाई राज्यले लगानी गरिदिने वातावरण बनाउनुपर्ने उहाँले बताउनुभयो । ‘ठूला विकासका योजनामा जनताकै लगानी लगाउने र मुनाफा पनि नागरिकलाई दिनुपर्छ,’ ढकालले भन्नुभयो , ‘उद्योगीले तिरेको कर सरकारी लगानीको रूपमा लगाएमा व्यवसाय बढ्छ ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com