ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अर्थतन्त्र स्थिर बन्न लागेकै समयमा राजनीतिक घटनाक्रमले फेरि ओरालो : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ


एबीसी / संवाददाता
पुस १८, २०७७ शनिबार  ८ : ०३ बजे

बागलुङ, १८ पुस । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले नेपालको राजनीतिमा व्यापारीकरण बढेको बताउनु भएको छ । शनिबार बागलुङ उद्योग वाणिज्य संघको ५६औं साधारणसभाको उद्घाटनमा बोल्दै उहाले व्यापारमा राजनीतिकरण समेत बढेको बताउनु भएको हो । दशकौंदेखि राजनीतिमा व्यापार र व्यापारमा राजनीतीकरणले अर्थतन्त्र थला परेको उहाको भनाइ छ ।

नेपालको संविधानले राजनीतिक स्थिरता खोजेकोमा अस्थिरतातर्फ देश अगाडि बढेको भन्दै श्रेष्ठले देशको अर्थव्यवस्था अझै खस्कनेमा चिन्ता व्यक्त गर्नुभयो । ‘दशकौं लामो संघर्ष र संविधानसभाबाट ६ वर्ष लगाएर बनाएको संविधानले स्थायित्व दिने आस थियो, फेरि अस्थिर राजनीति सुरु बताउदै उहाँले भन्नुभयो,’ ‘जनता सडक संघर्षमा जान नपर्ने गरी सरकारले काम गर्नुपर्छ ।’ अर्थतन्त्र स्थिर बन्न लागेकै समयमा राजनीतिक घटनाक्रमले फेरि ओरालो लागेको उहाको भनाइ थियो । ‘राजनीतिक अस्थिरताले अर्थतन्त्र फेरि धराशायी बन्ने लक्षण देखिएको छ,’ उहाले भन्नुभयो, ‘निजी क्षेत्रले राजस्व तिर्ने, राजनीतिक नेताले तलब खाने पद्धतिले देश उँभो लाग्दैन ।’ निजी क्षेत्रबाट उठाइएको राजस्वबाट बिलासिताको बस्तु आयातमा बढी खर्च भएको भन्दै श्रेष्ठले युवा रोजगारका कार्यक्रम ल्याउनसमेत आग्रह गर्नुभयो ।

उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले छरिएको पुँजी एकीकृत गर्ने नीति राज्यले लिनुपर्ने धारणा राख्नुभयो। कुनै पनि उद्योग तथा व्यवसायको आईपीओ खुल्दा आएको १० गुणाभन्दा बढी लगानीलाई राज्यले लगानी गरिदिने वातावरण बनाउनुपर्ने उहाँले बताउनुभयो । ‘ठूला विकासका योजनामा जनताकै लगानी लगाउने र मुनाफा पनि नागरिकलाई दिनुपर्छ,’ ढकालले भन्नुभयो , ‘उद्योगीले तिरेको कर सरकारी लगानीको रूपमा लगाएमा व्यवसाय बढ्छ ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली पक्राउको विरोधमा एमाले सडकमा : जनसंगठन उतार्ने, अन्य दल र नागरिक समाजसँग सहकार्य गर्ने

केपी शर्मा ओली टिचिङ अस्पतालको ५०१ नम्बर बेडमा भर्ना

सम्बन्धित

पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १५ रुपैयाँले बढ्यो

चीनले कार्ल मार्क्सलाई कसरी बिर्सियो ?

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

सुनको मूल्य एकैदिन १२ हजार ५०० ले घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

पेट्रोलमा १५ र डिजेलरमट्टीतेलमा १० रुपैयाँ भाउ बढ्यो

“समस्या क्षमता होइन, संकल्पको अभाव हो” — उपेन्द्र महतो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com