ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेकपा प्रचण्ड-नेपाल समूहले आज दोस्रो चरणको देशव्यापी आन्दोलन घोषणा गर्दै


एबीसी / संवाददाता
पुस १८, २०७७ शनिबार  ८ : ४७ बजे

काठमाडौं, १८ पुस । प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा प्रचण्ड नेपाल समूह ले आज (शनिबार) दोस्रो चरणको आन्दोलन कार्यक्रम घोषणा गर्दैै छ।यसअघि मंगलबार काठमाडौंसहित देशभर विरोध प्रदर्शन गरेको प्रचण्ड नेपाल पक्षले अब दोस्रो चरणमा स्थानीय तहदेखि केन्द्रसम्म जनपरिचालन अभियान सञ्चालन गरिने बताएको छ। संयुक्त रूपमा संघर्षका कार्यक्रम गर्ने विषयमा बुधबार अन्य दलसँग गरिएको छलफलमा तत्काल सहमति नबनेपछि नेकपा प्रचण्ड नेपाल समूह एक्लैले आज प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध दोस्रो चरणको आन्दोलन सार्वजनिक गर्ने भएको हो। त्यसका लागि प्रवक्ता नारायणकाजी श्रेष्ठको नेतृत्वमा यसअघि नै गठित संघर्ष समितिको बैठक बसी दिउँसो ३ बजे पत्रकार सम्मेलनमार्फत आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने तयारी छ।

यस विषयमा छलफल गर्न समितिको बैठक अहिले बिहान ११ बजे बस्ने तयारी भइरहेको नेता हिमाल शर्माले बताउनुभयो । ‘बिहान ११ बजे संघर्ष समितिको बैठक बसेर संघर्षका थप कार्यक्रम घोषणा हुँदै छ’,  नेता शर्माले भन्नुभयो , ‘पहिलो चरणको कार्यक्रमको प्रभावकारिता भएपछि दोस्रो चरणको संघर्षको कार्यक्रम तय गर्न लागेका हौ‌ँ।’दोस्रो चरणका कार्यक्रम वडा तहदेखि केन्द्रसम्म जनपरिचालन गर्ने तयारी नेकपा प्रचण्ड-नेपाल समूहले गरेको छ।प्रधानमन्त्री ओलीको सिफारिसमा यही पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्दै मध्यावधि चुनाव (वैशाख १७ र २७) घोषणा गरेपछि सत्तारूढ नेकपा औपचारिक रूपमै अलग भएका छन्। ओली समूह आफ्नो असंवैधानिक कदमको प्रतिरक्षामा लागेको छ भने प्रचण्ड-नेपाल पक्ष त्यो कदम सच्याएरै छाड्ने अडानका साथ आन्दोलनरत छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कठिन दैनिकीः एक सिलिण्डर ग्यासका लागि सडकमै सास्ती, घन्टौं लाइनमा सर्वसाधारण (फोटो फिचर)

इराकमा अमेरिकी इन्धन भर्ने सैन्य विमान दुर्घटनाग्रस्त, मध्यपूर्व युद्ध झन् चर्कियो

सम्बन्धित

एमाले अध्यक्ष ओलीका बुवाको निधनप्रति बालेनको श्रद्धाञ्जलि

कठिन दैनिकीः एक सिलिण्डर ग्यासका लागि सडकमै सास्ती, घन्टौं लाइनमा सर्वसाधारण (फोटो फिचर)

एमाले अध्यक्ष केपी शर्मा ओलीका पिताको अन्तिम बिदाइ (तस्बिरसहित)

झापामा हावाहुरी र वर्षाको वितण्डा, तीन जनाको मृत्यु

पुर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक

आकाशमै इन्धन भर्न परिचालित अमेरिकी सैन्य विमान इराकमा दुर्घटना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com