ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालको अवस्थाबारे चीनको चासो स्वाभाविक : चिनियाँ विज्ञ


एबीसी / संवाददाता

काठमाडौ, १४ पुस । चिनियाँ विज्ञहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले अकस्मात संसद भंग गरेपछि नेपालमा उत्पन्न राजनीतिक अवस्थाको बारेमा चीनको चासो स्वाभाविक रहेको बताएका छन् । संसद भंग र सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको विभाजनबारे बुझ्न उच्चस्तरीय चिनियाँ टोली यतिबेला काठमाडौंमा छ ।

चीनले पनि सोमबार नेपालको राजनीतिक घटनाक्रमबारे आफू जानकार रहेको बताउँदै नेपालका राजनीतिक दलले राजनीतिक स्थिरता र राष्ट्रिय स्वार्थलाई ध्यान दिएर काम गर्ने अपेक्षा व्यक्त गरेको छ । उसले अन्य देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने नीतिप्रति दृढ रहेको पोजिसन सार्वजनिक गरेको छ ।नेपाल मामिलालाई लामो समयदेखि नियालीरहेका चिनियाँ विज्ञहरुले भने नेपालको राजनीतिक अवस्थाको बारेमा चासो राख्नुका पछाडि चीनका केही मनासिब कारण रहेका बताएका छन् । चीनको फुदान विश्वविद्यालयका प्रोफेसर लिन मिनवाङले चीनको सरकारी पत्रिका ग्लोबल टाइम्ससँग भनेका छन्, ‘चीनले प्रस्तावित वेल्ट एण्ड रोड परियोजना अनुसार नेपालमा धेरै ठूलो लगानी र एकदमै गहन सहकार्य गरेको छ ।’उनले एउटा छिमेकीको हिसाबले नेपालको आन्तरिक अवस्थाको बारेमा चासो राख्नु र अन्तरपार्टी सहकार्य अनुसार आफ्ना साझेदारलाई सहयोग गर्नु र आदानप्रदान गर्नुका पछाडि मनासिब कारणहरु रहेका छन् जुन नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नभएको दावी गरेका छन् । त्यसैगरी संघाई एकेडेमी अफ सोसल साइन्सका रिसर्च फेलो हू झियोङले चिनियाँ कम्युनिष्ट पार्टी, नेपाल कम्युनिष्ट पार्टी र अन्य राजनीतिक दलहरुबिचको राजनीतिक आदानप्रदान भारतको चासोको विषय नभएको बताएका छन् । उनले यदि चिनियाँ कम्युनिष्ट पार्टीले नेकपाभित्रको विवादको सहजीकरणका लागि सहयोग नै प्रदान गर्ने अर्थात् यस्ता समस्या समाधान गर्न अनुभव नै प्रदान गरेको भए पनि यो पूर्णरुपमा वैधानिक र रिजनेबल भएको बताएका छन् । चिनियाँ विज्ञहरुले चीनले नभई भारतले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको समेत दावी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com