ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
ABC NEWS NEPAL | No.1 News channel of Nepal
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश

सरकार र उखु किसानबीच वार्ता हुँदै


एबीसी / संवाददाता

काठमाडौं, १३ पुस । सरकारले उखु किसानलाई वार्ताका लागि बोलाएको छ । उद्योग मन्त्रालयले वार्ताका लागि बोलाएको र आफूहरुको मागप्रति सकारात्मक सङ्केतसमेत आएकाले दिउँसो तीन बजेपछि वार्तामा जाने उखु किसान सङ्घर्ष समितिका संयोजक राकेश मिश्रले बताउनुभयो । सरकारले आफूहरुको माग पूरा हुने ग्यारेन्टी दिएमात्रै सरकारसँग सहमति गरिने उखु किसानको अडान छ । सरकारसँग सहमतिका लागि उखु किसानले सहमति भएको १५ दिनभित्र उद्योग मन्त्रालयले सबै भुक्तानी गराउनुपर्ने नभए १६ औँ दिनदेखि उद्योगीको सम्पति नियन्त्रणमा लिने प्रक्रिया सुरु गर्नुपर्ने लगायतका सहमतिको सर्त राखेका छन् ।

उद्योगीको सम्पति नियन्त्रणको लागि फेरि १० दिनको समय निर्धारण गर्ने गरी सहमति भएमात्रै आन्दोलनबाट पछि हट्ने संयोजक मिश्रले बताउनुभयो । त्यस्तै, उद्योगीले दिएको भुक्तानीको सबै विवरण मन्त्रालय र किसानलाई दिनुपर्ने उनीहरुको माग छ । विवरणमा किसानको नाम, बुझाएको परिमाण, दररेट, भुक्तानी भएको रकम स्पष्ट खुलाउन माग गरेका छन् । विवादित रकमको लागि भने छानबिन समिति गठन गर्नुपर्ने उनीहरुले बताएका छन् ।

सरकारले उखु किसानलाई ६५ करोड भुक्तानी दिने बताएको छ तर किसानले भने ९० करोडभन्दा बढी भुक्तानी बाँकी रहेको बताउँदै आएका छन् । उद्योग मन्त्रलायका प्रवक्ता डा. नारायणप्रसाद रेग्मीले किसानहरुलाई छलफलका लागि बोलाएको उनीहरुको मागप्रति सरकार सकारात्मक रहेको बताउनुभयो । किसानहरु उखुको बक्यौता भुक्तानीको माग गर्दै १६ दिनदेखि काठमाडौंको माइतीघर मण्डलामा आन्दोलन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेकपाको विवाद केही दिनभित्रै निरुपण गर्छौँ : निर्वाचन आयोग

काठमाडौं, १६ फागुन । निर्वाचन आयोगले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाभित्रको विवाद अबको केही दिनमै समाधान गर्ने तयारी थालेको छ । अब चुनावको तयारी गर्नु

प्रधानमन्त्री ओली आज झापा जाँदै

काठमाडौं, १६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली आज गृहजिल्ला झापा जाँदै हुनुहुन्छ । जहाजबाट झापा जान लागेका ओली आइतबार झापा क्षेत्र नम्बर ५ मा

दलहरुबीच समझदारी हुन्छ : सभामुख सापकोटा

काठमाडौं, १५ फागुन ।  सभामुख अग्निप्रसाद सापकोटाले संसद् पुनःस्थापना भएसँगै दलहरुबीच सहमति हुने विश्वास व्यक्त गर्नुभएको छ ।यस्तै आज एक कार्यक्रममा पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले

सम्बन्धित

बेपत्ता आउने आशमा आफन्त

नेकपाको विवाद केही दिनभित्रै निरुपण गर्छौँ : निर्वाचन आयोग

प्रधानमन्त्री ओली आज झापा जाँदै

जोन्सन एण्ड जोन्सनको कोरोना खोपलाई अमेरिकामा स्वीकृति

दलहरुबीच समझदारी हुन्छ : सभामुख सापकोटा

संसद पुनर्स्थापना पछि सरकार झन बलियो – नेता नेम्वाङ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : राजन शर्मा
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2021 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com