ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खोटाङमा समानुपातिकतर्फ एमाले पहिलो


admin

खोटाङ, २७ मंसिर । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि भएको निर्वाचनको समानुपातिकतर्फको मतगणना सकिएको छ ।

समानुपातिकतर्फ खोटाङमा नेकपा एमालेले सबैभन्दा बढी मत प्राप्त गरेर पहिलो बनेको छ । कूल एक लाख २५ हजार १०८ मतदाता रहेको खोटाङमा प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको समानुपातिकतर्फ एमालेले २४ हजार १३४ मत र नेपाली काँग्रेसले २० हजार ७१८ मत प्राप्त गरेको छ ।

यसैगरी नेकपा (माओवादी केन्द्र)ले १२ हजार ४३३, संघीय समाजवादी फोरम नेपालले दुई हजार ४०५, राप्रपाले ९३२, नयाँ शक्ति नेपालले ७२७, नेकपा मालेले ५६६ र राप्रपा (प्रजातान्त्रिक)ले ३०६ मत पाएको मुख्य निर्वाचन अधिकृत किशोर घिमिरेले बताउनुभयो ।

प्रदेशसभा सदस्यको समानुपातिकतर्फ एमालेले २१ हजार ३४९, काँग्रेसले १६ हजार ८६१, माओवादी केन्द्रले १३ हजार ५२०, राप्रपाले तीन हजार १७२, संघीय समाजवादीले दुई हजार १४१ र नेकपा मालेले ९६९ मत पाएको छ ।

यस्तै, नयाँ शक्तिले ७५४, राप्रपा (प्रजातान्त्रिक)ले ६६८, राजपाले ४०४ मत पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रदेशसभा सदस्य क्षेत्र नम्बर १ (क) मा ३६ हजार ५५४ र (ख) मा ३४ हजार ६९८ मत खसेको थियो । तीमध्ये प्रतिनिधिसभातर्फ सात हजार ८५९ र प्रदेशसभातर्फ दश हजार ५४६ मत बदर भएको जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले बताउनुभयो ।

त्यस्तै प्रत्यक्षतर्फको निर्वाचनमा सात हजार ७८१ मत बदर भएको जनाइएको छ । भौगालिक रुपमा विकट मानिएको पूर्वी पहाडी जिल्ला खोटाङमा मतदाता शिक्षा प्रभावकारी नहुँदा बढी मात्रामा मत बदर भएको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भिजिट भिसा प्रकरणको गहिरो छानबिन आवश्यक छ- अध्यक्ष प्रचण्ड

भ्रष्टाचार सम्बन्धी अनुसन्धानलाई सरकारले कमजोर बनायो- प्रचण्ड

सम्बन्धित

अमेरिकाको राष्ट्रपतिमा ट्रम्प जितको नजिक, ह्यारिस आशा जिवितै

‘जो जससँग सम्वन्धित छ’ :  न्युयोर्क टाइम्स

फ्लोरिडा गर्भपतन अधिकार अस्वीकार गर्ने पहिलो राज्य बन्यो

सात राज्यहरूले राष्ट्रपतिको विजयलाई निर्णायक बनाउने

दुई दर्जनबढी राज्यमा मतदान सकियो, हालसम्म ट्रम्पसँग ९५ र ह्यारिससँग ३५ इक्लेटोरल

के नरेन्द्र मोदीले आफ्नो प्रभाव गुमाउँदै छन् ?: इकोनोमिष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com