ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संसद विघटन निरंकुशताको अभ्यासको संकेत – नागरिक अगुवा


एबीसी / संवाददाता

काठमाडौ, १० पुस । समाजका अग्रगमन र प्रगतिशीलताका पक्षधर बौद्धिक व्यक्तिहरुले आज एक संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै ‘संसदको विघटनले नेपाललाई पुनः एकपटक राजनीतिक अस्थिरताको दलदलमा र विदेशी शक्तिको सम्भावित चलखेलतिर घचेटेको’ जनाएको छ ।

उक्त कार्यले यसले अन्तर्राष्ट्रिय समदायमा नेपाललाई अत्यन्त लज्जित समेत बनाएको विज्ञप्तिमा उल्लेख गरिएको छ । ‘प्रधानमन्त्री केपी ओलीबाट भएको पुस ५ गतेको जननिर्वाचित प्रतिनिधिसभाको बिघटनले हामीलाई अत्यन्तै मर्माहत बनाएको’ उल्लेख गर्दै विज्ञप्तिमा ‘प्रतिनिधिसभालाई भंग गर्ने प्रधानमन्त्रीको सिफारीस र राष्ट्रपतिको स्वीकृति राजनीतिक स्थिरताको लागि बहुमतप्राप्त सरकारले संसद बिघटन गर्न नपाउने भन्ने संबिधानको ब्यवस्था र मर्ममाथिको कुठाराघात मात्र होइन, यो निरंकुशताको अभ्यासको स्पष्ट संकेत पनि हो’ भनिएको छ ।

‘जनता कोरोनाभाइरसको विश्वब्यापी महामारीले पैदा गरेको जनस्वास्थ्य संकट र असह्य पीडासँग जुधिरहेको बेला, देशमा गणतन्त्र र संघीयताको बिरुद्ध प्रतिगमन्ले आवाज उठाउन खोजेको बेला लोकतन्त्रका पक्षधर शक्तिहरूलाई साथमा लिएर जनताको पीडालाई सम्बोधन गर्नु पर्ने अभिभावकीय दायित्वलाई बिर्सिएर गरिएकोे यस्तो कार्यले जनताको आशा र बिश्वासमाथि निर्मम प्रहार गरेको छ’ विज्ञप्तिमा अगाडि भनिएको छ ।

‘देशको आर्थिक–सामाजिक संरचनामा ब्यापक परिवर्तन गरेर समाजवादको जग हाल्नका लागि प्राप्त भएको अभूतपूर्व जनादेश तथा ऐतिहासिक अवसरलाई दुई तिहाइ नजिकैको नेकपाको सरकारबाट भएकोे प्रतिनिधिसभा बिघटनले समाप्त पारिदिएको’ उल्लेख गर्दै विज्ञप्तिमा ‘सार्वभौम जनताप्रतिको जवाफदेहीबिहीनताको पराकाष्ठाको रुपमा चिनिएको यो असंबैधानिक, अलोकतान्त्रिक र प्रतिगामी कार्यको हामी तीब्र विरोध गर्दछौं’ भनिएको छ ।

विज्ञप्तिमा ‘सम्मानित सर्वोच्च अदालतले उक्त कदम अविलम्ब खारेज गर्ने विवेकपुर्ण निर्णय लिई सम्विधानको संरक्षण गर्नेछ’ भन्ने आशा पनि व्यक्त गरिएको छ ।

‘हामीलाई कुनै पनि दलभित्रको सत्तागत खिँचातानीमा र गुटगत कलहमा सरोकार छैन भन्दै विज्ञप्तिमा अगाडि भनिएको छ, ‘तथापि संसदको यो विघटनले अझै करिब दुई बर्ष बाँकी भएको प्रतिनिधिसभा मात्र असमयमा सिद्धिएको छैन, संघीयता, समावेशीता, लोककल्याणकारी राज्यजन्य नागरिक अधिकारहरू, समाजवादउन्मुखता र लोकतान्त्रिक गणतन्त्र जस्ता नेपाली जनताले लामो संघर्षबाट प्राप्त गरेका उपलब्धिहरू समेत धरापमा पर्न गएका छन् ।’

‘संघीय जनप्रतिनिधिसभापछि प्रदेश सभाहरू पनि यसरी असंवैधानिक रुपमा बिघटित हुने जोखिम टड्कारोे रुपमा बढ्दै गएको’ उल्लेख गर्दै ‘महामारीका कारण गम्भिर रुपमा संकटग्रस्त भएको नेपालको अर्थतन्त्र र जनस्वास्थ्यका चनौतिहरू अब हुने दलीय राजनीतिक द्वन्द्व र गर्ने भनिएको कथित चुनाबले धान्नै नसकिने ढंगले मन्दीग्रस्त र भयावह बनाउने निश्चित’ रहेको उल्लेख गरिएको छ ।

लोकतन्त्रमाथिको कुठाराघात र निरंकुशतन्त्रको आकांक्षाबिरुद्ध नेपाली जनताले सँधै साहसपूर्ण प्रतिकार गरेका छन् र यसलाई हमेशा पराजित गरेका छन्’ भन्ने प्रसंग उल्लेख गर्दै अहिले फेरि सम्पूर्ण नागरिकहरू एकपटक जुट्नु पर्ने बेला आएको पनि उल्लेख गरिएको छ ।

विज्ञप्तिमा भविष्यमा यस्तो दुस्साहस कतैबाट हुन नसकोस् भन्नाको लागि ‘संविधान र संसदको सर्वोच्चताको चिर–हरणको कुत्सित प्रयत्नमा संलग्न हरेक ब्यक्ति÷समुहलाई कानुनी र राजनीतिक तवरले दण्डित गर्नु पनि त्यत्तिकै आवश्यक भएको’ कुरा औंलाइएको छ ।

‘सरकारको गैरसंवैधानिक र अलोकतान्त्रिक कदमको बिरुद्धमा वृहत् नागरिक आन्दोलनले गरेको आह्वानलाई समर्थन र ऐक्यबद्धता जाहेर गर्दै विज्ञप्तिमा ‘संविधानमा हुँँदै नभएको ब्यवस्थाको आधारमा संसद्को बिघटन गर्ने पाइलाको प्रतिकार गर्न हामी सम्पूर्ण नागरिक समाजलाई पहिले जस्तै ऐक्यबद्ध भई आ–आफ्नो क्षेत्रबाट योगदान दिन’ अपील पनि गरिएको छ ।

उक्त विज्ञप्तिमा अरुणा उप्रेती, कृष्ण पौडेल, दीपेन्द्रबहादुर क्षेत्री, नारायण ढकाल, पीताम्वर शर्मा, मल्ल के सुन्दर, महेश मास्के, मुक्ता श्रेष्ठ, शरद वन्त, श्याम श्रेष्ठ, सुदीप श्रेष्ठ र हरि रोकाले हस्ताक्षर गर्नुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com