ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
ABC NEWS NEPAL | No.1 News channel of Nepal
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश

महासेठ बालुवाटार फर्के लगत्तै शेरबहादुर तामाङ प्रचण्ड–माधव समूहमा फर्किए


एबीसी / संवाददाता

काठमाडौं, ९ पुस । नेकपा विभाजनसँगै नेताहरुले गुट हेरफेर गर्ने क्रम पनि तीव्र भएको छ । कार्की पार्टी प्यालेसको बैठकमा सहभागी भएका स्थायी कमिटी सदस्य रघुवीर महासेठ बालुवाटार फर्के लगत्तै सोमवारको बालुवाटार बैठकमा सहभागी भएका केन्द्रीय सदस्य शेरवहादुर तामाङ प्रचण्ड माधव पक्षमा लागेका छन् । तामाङ आज कार्की पार्टी प्यालेसको बैठकमा सहभागी हुने भएका छन् । उहाँकी पत्नी उषाकला राईले ओली पक्षले गरेको मनोनयन अस्वीकार गर्नुभएको छ। सिन्धुपाल्चोकबाट निर्वाचित तामाङ ओली पक्षको संसदीय दलको बैठकमा पनि सहभागी हुनुभएको थियो । तर जिल्लामा माधव नेपाल पक्षको बर्चश्व रहेकाले कार्यकर्ताको दबाब थेग्न नसकेर उहाले प्रचण्ड माधव पक्षमा लाग्ने निर्णय गरेको निकट स्रोतले जनाएको छ । केहिदिन अघि नेकपा पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल समूहको बैठकमा सहभागी भएको भोलिपल्टै नेता रघुवीर महासेठ प्रधानमन्त्री केपी शर्मा ओली समूहमा फर्किनु भएको थियो । काठमाडौंको बबरमहलस्थित कार्की पार्टी प्यालेसमा मंगलबार भएको प्रचण्ड नेपाल समूहको बैठकमा सहभागी महासेठ बुधबार ओली समूहमा फर्किनु भएको हो । हाल तटस्थ बसिरहेका नेकपा उपाध्यक्ष वामदेव गौतमनिकट महासेठकी श्रीमती जुलीकुमारी महतो भने यसअघि नै ओली समूहमा संलग्‍न हुनुहुन्छ । एक दिनमै प्रचण्ड( माधव समूहबाट बाहिरिएका महासेठलाई ओली समूहले तत्कालै जिम्मेवारी पनि दिएको छ। नेकपा औपचारिकरुपमा विभाजित भएपछि पछिल्लो समय नेताहरुले समूह फेर्ने क्रम बढेको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सत्ता साझेदारीबारे प्रचण्ड -नेपाल समूह र जसपाका नेताहरुबीच छलफल

काठमाडौं, १३ फागुन ।   नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्ष र जनता समाजवादी पार्टी (जसपा) का नेताहरुबीच छलफल भएको छ ।प्रतिनिधिसभा पुनःस्थापनासँगै अब बन्ने नयाँ

कोरोनाबाट विश्वभर ज्यान गुमाउनेको सङ्ख्या २५ लाख नाघ्यो : भारतमा दोस्रो चरणको खोप अभियान मार्च १ देखि

काठमाडौं, १३ फागुन ।  विश्वमा कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या २५ लाख नाघेको छ ।अहिलेसम्म कोरोनाका कारण २५ लाख ८ हजारभन्दा धेरैको ज्यान

नयाँ सत्ता समीकरणको तयारी तीव्र भइरहेको बेला उपाध्यक्ष गौतम विहानै खुमलटार पुगेर यस्तो गरे प्रस्ताव

काठमाडौं, १३ फागुन । नयाँ सत्ता समीकरणको तयारी तीव्र भइरहेको बेला नेकपा उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्मानजनक ढंगले बहिर्गमनको वातावरण बनाउन र

सम्बन्धित

कुहिएका अवस्थामा महिलाको शव फेला

प्रचण्ड–नेपाल पक्षद्वारा आफ्ना सांसदहरुलाई तत्काल उपत्यका नछाड्न निर्देशन

ओली समूहको स्थायी कमिटीको बैठक स्थगित

प्रचण्ड–माधव समूहको संसदीय दलको बैठक बस्दै

सर्वोच्च अदालतको ऐतिहासिक फैसला, नागरिकको जित भयो : अध्यक्ष नेपाल

फरुवा प्रहार गरी श्रीमान्को हत्या

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : राजन शर्मा
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2021 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com