ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘सुन्दैछु, नेकपा एमाले ब्यूँताउने रे, अब एमाले ब्यूँतन सक्दैन : माधव नेपाल


एबीसी / संवाददाता
पुस ७, २०७७ मंगलबार  ३ : ०६ बजे

काठमाडौं, ७ पुस । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा एमाले ब्यूँतन नसक्ने बताउनु भएको छ । प्रचण्ड माधव समूहका केन्द्रीय सदस्यहरुको भेलालाई सम्बोधन गर्दै नेता नेपालले पार्टीका पहिलो अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा गरेको बैठक गुटको भेला मात्र भएको बताउनुभयो ।

‘कसैले पार्टीको नाममा धावा बोल्दैमा बैधानिकता पाउँदैन । ४४१ केन्द्रीय सदस्यको दुई तिहाई हामी यहाँ छौं ।’ उहाले भन्नुभयो । ‘सुन्दैछु, नेकपा एमाले ब्यूँताउने रे । पार्टी एकता हुँदा नै दुबै पार्टी विघटन भइसक्यो । त्यो अब ब्यूँतन सक्दैन’ उहाले दावी गर्नुभयो । पहिलो अध्यक्ष भएको नाताले मैले भनेको मात्र लाग्छ, निर्वाचन आयोगमा पनि चुनाव चिन्ह मेरो हुन्छ भन्ने सुनेको भन्दै उहाले त्यसको कुनै कानूनी आधार नभएको बताउनुभयो ।

पार्टीमा किन समस्या आयो भनेर व्रिफिङ गर्दै नेता नेपालले पार्टी एकता भएपछि पहिलो अध्यक्षले आफ्नो गुटका मान्छेहरुलाई माथिमाथि लगेको तर आफूविरुद्ध बोल्नेललाई अवसर नदिने एकाधाधिकारवादी शैली अपनाएको पार्टी भित्र विवाद चर्किएको बताउनुभयो । ओलीले पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओली प्रचण्डलाई पटकपटक अपमान गरेको तर त्यसलाई सहेर भएपनि कम्युनिस्ट आन्दोलन बचाउनुपर्छ भनेर लागेको भन्दै प्रचण्डको प्रशंसा समेत गर्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

के दुवईको अन्त्य हो यो ?

ट्रम्प सहयोगी राष्ट्रप्रति आक्रोशित : हर्मुज जलडमरूमध्य खोल्न सहायता नदिएकोमा आलोचना

सम्बन्धित

ट्रम्पले पुटिनको तर्कले आफैंलाई प्रमाणित गरिदिए : न्युजविक

के दुवईको अन्त्य हो यो ?

ट्रम्प सहयोगी राष्ट्रप्रति आक्रोशित : हर्मुज जलडमरूमध्य खोल्न सहायता नदिएकोमा आलोचना

नेपालमा लगानी बढाउन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान

वाणिज्य विभागले भन्यो – व्यापारीले ग्यास लुकाएका छैनन्, मागअनुसार आपूर्ति नहुँदा अभाव भयो

समानुपातिक सांसदको सूची सार्वजनिक (सूचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com