ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ २८, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्राधिकरण र निजी क्षेत्र विद्युत् उत्पादनमा समान हैसियतमा


admin
मंसिर २५, २०७४ सोमबार   ४ : २३   बजे

काठमाडौँ, २५ मंसिर । नेपाल विद्युत् प्राधिकरण र निजी क्षेत्रका जलविद्युत् आयोजनाको उत्पादन बराबरी हैसियतमा पुगेको छ ।

निजी क्षेत्रले व्यावसायिक उत्पादन शुरु गरेको थापा खोला र सर्दी खोला जोडिएपछि प्राधिकरण र निजी क्षेत्रको विद्युत् उत्पादन बराबरी हैसियतमा पुगेको हो ।

मुस्ताङमा आयोजनास्थल रहेको थापाखोला जलविद्युत् आयोजनाको विद्युत् केही दिन पहिलेबाट राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो । यस्तै कूल चार मेगावाटको सर्दी खोला जलविद्युत् आयोजनाले व्यापारिक उत्पादन शुरु भएको छ ।
मुस्ताङको थासा गाउँपालिका–१ टुकुचेमा निर्माण भएको थापाखोला जलविद्युत् आयोजनाबाट १३.६ मेगावाट विद्युत् उत्पादन भएको छ ।

माउण्ट कैलाश इनर्जी प्रालिले निर्माण गरेको १३.६ मेगावाट क्षमताको सो आयोजनाले गत भदौदेखि परीक्षण उत्पादन थालेको थियो । परीक्षण उत्पादन सफल भएपछि गत हप्तादेखि केन्द्रीय प्रसारण लाइनमा जोडिएको आयोजनाका सुदीप खड्काले बताउनुभयो ।

म्याग्दीको नारच्याङस्थित तातोपानी साना जलविद्युत् आयोजनाको सवस्टेशनमार्फत केन्द्रीय प्रसारण लाइनमा जोडिएको हो । आयोजनाले उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्न टुकुचेदेखि म्याग्दीको दानासम्म प्रसारण लाइन र दुईवटा सवस्टेशन बनाएको छ ।

ती दुई निजी क्षेत्रका आयोजना जोडिएपछि ६७ जलविद्युत् केन्द्रले राष्ट्रिय प्रणालीमा ४७८ मेगावाट बराबरको योगदान गरेको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिनुभयो । प्राधिकरणका अनुसार प्राधिकरण र निजी क्षेत्रको विद्युत् उत्पादन समान ४७८ मेगावाट पुगेको छ । यसअघि कूल ६५ आयोजनाबाट ४६० मेगावाट विद्युत् उत्पादन हुँदै आएको थियो ।

प्राधिकरणको बराबर नै समान हैसियतमा पुगेपछि निजी क्षेत्रसमेत उत्साहित भएको छ । निजी क्षेत्रले हाल तीन हजार ५०० मेगावाट क्षमता बराबरका आयोजना निर्माण गरिरहेको छ । उदारीकरणको शुरुपछि नेपालको जलविद्युत् क्षेत्रमा निजी क्षेत्रले समेत प्रवेश पाएको थियो ।

खिम्ती र भोटेकोशी विदेशी लगानीमा निर्माण भए पनि त्यसलाई नेपालका ऊर्जा उद्यमीले निजी क्षेत्रको पहलका रुपमा अथ्र्याउने गरेका छन् । त्यसमध्ये ४५ मेगावाट क्षमताको भोटेकोशी हाल बन्द अवस्थामा छ । बाढी पहिरो र ‘गोरखा भूकम्प’को चपेटामा परेको सो आयोजना विगत तीन वर्षदेखि बन्द रहेको छ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान)का अध्यक्ष शैलेन्द्र गुरागार्इं प्राधिकरणकै हैसियतमा निजी क्षेत्र पनि पुग्नु आफूहरुका लागि खुशीको विषय भएको बताउनुहुन्छ । हाल निर्माणका क्रममा रहेका केही आयोजना राष्ट्रिय प्रसारणमा जोडिएपछि प्राधिकरणको भन्दा बढी हिस्सा निजी क्षेत्रको नै हुने देखिन्छ ।

प्राधिकरणले निर्माण गरेको ३० मेगावाटको चमेलिया जलविद्युत् आयोजनाको हाल परीक्षण उत्पादन भइरहेको छ । सो आयोजनाले केही दिनपछि व्यावसायिक उत्पादन शुरु गर्ने तयारी गरेको छ । यस्तै कुलेखानी तेस्रो जलविद्युत् आयोजना चालू आवको अन्त्यसम्म सम्पन्न गर्ने गरी निर्माण भइरहेको छ ।

यस्तै प्राधिकरणको अर्को आयोजना त्रिशूली थ्रि ‘ए’ को उत्पादन कहिलेदेखि शुरु गर्ने भन्ने विषयमा कुनै आधिकारिक जानकारी दिइएको छैन ।

बराम्चीको विद्युत् पुनः जोडियो 

गोरखा भूकम्पबाट क्षतिग्रस्त सिन्धुपाल्चोकको बरम्ची साना जलविद्युत् आयोजनाबाट ३१ महिनापछि पुनः उत्पादन शुरु गरेको छ ।

खोलामा पानी घटेका कारण हाल करिब दुई मेगावाट विद्युत् उत्पादन भई लामोसाँघुमा रहेको सवस्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको आयोजनाले जनाएको छ । निजी क्षेत्रको युनिक हाइडेल प्रालिले निर्माण गरेको सो आयोजना ४.२ मेगावाट क्षमताको छ ।

जुगल गाउँपालिकाअन्तर्गत बरम्ची खोलामा सञ्चालित क्षतिग्रस्त उक्त आयोजनालाई मर्मत गरी २०७३ साउन ४ गते सञ्चालनमा ल्याइए पनि बाढी र पहिरोले तीन दिनपछि आयोजनालगायत सर्वसाधारणको जग्गा जमिनसमेत पुरेको थियो ।

आगामी पुसदेखि राधीको आइपिओ 

निजी क्षेत्रले निर्माण गरेको राधी जलविद्युत् कम्पनीले आगामी पुस ३ गतेदेखि साधारण शेयर (आइपिओ) निष्कासन गर्ने तयारी गरेको छ ।

कम्पनीले लमजुङमा सञ्चालित ४.४ मेगावाटको राधी जलविद्युत् आयोजनाको सर्वसाधारणका लागि छुट्याइएको १५ प्रतिशत शेयर निष्कासन गर्ने तयारी गरेको जनाएको हो ।

नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाइसकेको कम्पनीले रु छ करोड ६४ लाख बराबरको छ लाख ६४ हजार ५५० कित्ता शेयर निष्कासन गरेर बाँडफाँड गरिने जनाएको छ । साधारण शेयरमध्ये दुई प्रतिशत कम्पनीमा कार्यरत कर्मचारीका लागि र पाँच प्रतिशत सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । राधीको शेयर खरिद गर्नेले न्यूनतम ५० कित्तादेखि अधिकतम तीन हजार ८०० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुरु हुँदै फुटबल महाकुम्भ

नयाँ सांसदलाई रक्षा बमको आग्रह: ‘३५ वर्ष’ को पुरानो भाष्यबाट बाहिर निस्कनुस्, तपाईँहरूको पनि दिनगन्ती सुरु भइसक्यो

सम्बन्धित

आर्थिक विधेयकमा गरिएका संशोधनहरूमा राजनीतिक रङ दिन गलत छः डा. स्वर्णिम वाग्ले

विद्युत् महसुल बक्यौता ५० अर्ब उठाउन मन्त्रालयको निर्देशन, प्राधिकरणलाई कडाइ

सम्पत्ति छानबिन आयोगको बचाउमा प्रधानमन्त्री बालेनको ६ पन्ने जबाफ

सेयर बजारमा सोमबारको ‘ब्ल्याक डे’: नेप्से २० अंकले प्रत्युत्पादक, डेढ अर्बले रित्तियो कारोबारको थैली

सुनको मूल्यमा दैनिक उतारचढाव : विश्व अर्थतन्त्रको खेल

वायुसेवा निगमका सञ्चालक सदस्य छनोट प्रक्रिया रोक्न सर्वोच्चको अन्तरिम आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group