ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भुक्तानी नपाएपछि सर्लाहीका उखु किसान आन्दोलनका लागि काठमाडौंमा ( भिडियो सहित)


एबीसी / संवाददाता

काठमाडौं, २९ मंसिर । चिनी मिल सञ्चालकले उखु खरिद गरेको लामो समयसम्म पनि भुक्तानी नदिएपछि सर्लाहीका उखु किसानहरु पुनः आन्दोलित बनेका छन् । चिनी मिल सञ्चालकबाट बक्यौता रकम उठाइदिन सरकारले गरेको बाचा पूरा नभएको भन्दै आजदेखि उनीहरुले काठमाडौंको माइतीघर मण्डलामा धर्ना दिन थालेका हुन् ।

गत वर्षको पुसमा मध्य तराईका उखु किसानहरु एकाएक माइतीघरमा आन्दोलन गर्नका लागि उर्लिए । कारण थियो, परिश्रम गरेर उत्पादन गरेको उखुको भुक्तानी नपाउनु । केही दिन चलेको आन्दोलन पुस १८ गते स्थगन भयो । पुस १८ मा सरकारी टोली र आन्दोलनमा उत्रिएका उखु किसानबीच सहमति भयो । सहमतिमा लेखिएको थियो, चिनी मिल सञ्चालकबाट बक्यौता रकम उठाइदिने । तर, सरकारी टोलीस“ग भएको सहमतिकै पनि एक वर्ष पुग्न लाग्दासमेत उखु किसानहरुले भुक्तानी पाएका छैनन् । सरकारले गरेको बाचा पूरा नभएको भन्दै आइतबारदेखि उनीहरुले पुनः काठमाडौंको माइतीघर मण्डलामा धर्ना दिन थालेका हुन् । उनीहरुले भएको सम्झौता कार्यान्वयन गर्न माग गरेका छन् । पहिलो चरणमा माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन गर्ने र सरकारले आफूहरुलाई भुक्तानी नदिलाए कडा आन्दोलन गर्ने चेतावनीसमेत किसानहरुले दिएका छन् । यसपटक किसानको पूरै पैसा नपाउ“दासम्म आन्दोलन नरोक्ने उखु किसान संघर्ष समितिको भनाइ छ ।

मिश्रले तिहार अगाडि उद्योगमन्त्री लेखराज भट्टलाई भेट गरी स्मरणपत्र बुझाएर छठ पर्वसम्म भुक्तानी दिलाइदिन माग गरे पनि पैसा नआएकाले आफूहरु काठमाडौं आएर आन्दोलन गर्न बाध्य किसानहरुको भनाइ छ ।

यसअघि पनि किसानहरु कात्तिक २३ गते मिल सञ्चालकबाट उखुको रकम भुक्तानी गराउन माग गर्दै काठमाडौं आएका थिए । उनीहरुले २०७६ पुस १८ गते मन्त्रालयको उपस्थितिमा किसान र उद्योगीबीच भएको समझदारी कार्यान्वयन नभएको भन्दै उद्योगमन्त्री भट्टको ध्यानाकर्षण गराएका थिए । यसअघि किसानहरुको स्मरणपत्र बुझ्दै मन्त्री भट्टले उखु किसानहरुको सम्पूर्ण समस्या समाधान गर्ने आश्वासन दिनुभएको थियो । मन्त्री भट्टले उखु किसानका भुक्तानी नदिने चिनी मिलका मालिकलाई पक्राउ गर्नका लागि गृह मन्त्रालयमा परिपत्र गरिने र मिल सञ्चालकको जग्गा अथवा सम्पत्तिलाई बिक्री गरेर भए पनि भुक्तानी गराउन भूमि व्यवस्था मन्त्रालयमा जानकारी गराउने बताउनु भएको थियो ।

तर मन्त्री भट्टले गर्नु भएको वाचा अझै पुरा हुन सकेन, जसको कारण उखु किसान अझ प्रताडित बन्नु परेको छ । उद्योगीहरुबाट करिब ९० करोड रुपैया“ उठाउन बा“की रहेका उखु किसानहरुले अझै कति दिन सास्ती बेर्होनु पर्ने हो थाहा छैन । कृषिमा नवीनतम फड्को मार्ने सपना बा“डेको आफूलाई समाजवादी दाबी गर्ने सरकारले उखु किसानको समस्या सुल्झाउन नसक्नु कतै उद्योगी र विचौलियाको चंगुलमा फसेको त छैन भन्ने प्रश्न जन्माएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com