ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
ABC NEWS NEPAL | No.1 News channel of Nepal
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश

मौन स्नान गरे मनोकाङ्क्षा पूरा हुने सोमबारे औँशी


एबीसी / संवाददाता

काठमाडौं,२९ मंसिर । सोमबार औँशी परेका दिन बिहान नबोली स्नान गरे मनोकाङ्क्षा पूरा हुने शास्त्रीय मान्यता छ । यसै विश्वासमा आज वैदिक सनातन धर्मावलम्बीले बिहान नबोली स्नान गरी यो पर्व मनाउँदै छन् ।

आज परेको सोमबारे औँशी यस वर्षको दोस्रो सोमबारे औँशी हो । धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम वर्षमा दुईदेखि तीन पटकसम्म सोमबारे औँशी पर्ने गरेको बताउनुहुन्छ । विसं २०७७ मा पनि गत साउन ५ गते सोमबारे औँशी परेको थियो । आगामी चैत ३० गते पनि सोमबारे औँशी रहेको समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख रहेको तोयनाथ पन्तको पञ्चाङ्ग (पात्रो) का सम्पादक सूर्यनाथ पन्तले जानकारी दिनुभयो ।

सोमबारे औँशी परेका दिन बिहान नबोली स्नान गरेमा दाम्पत्य जीवन सुखमय हुने, अक्षय फल प्राप्त हुने विषय विभिन्न ग्रन्थमा उल्लेख गरिएको पनि उहाँले बताउनुभयो । औँशी तिथि श्राद्ध, तर्पणका लागि पनि महत्वपूर्ण मानिन्छ । सोमबार औँशी परेका दिन माता, पिता हुने, नहुने सबैले बिहान स्नान गर्नु शास्त्रीय रुपमा उचित रहेको जनाइएको छ । प्रत्येक महिनामा आउने औँशीलाई पनि विशेष पर्वका रुपमा मनाउने वैदिक परम्परा रही आएको छ । माता, पिता नहुनेले भने औँशी पर्वका दिन श्राद्ध, तर्पण, दानलगायत गरी मनाउँछन् । यसका लागि पनि सोमबार परेको औँशी विशेष रुपमा मानिने गरेको धर्मशास्त्रविद् गौतमले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पाँचै जना कर्णाली हामफालेका आशंका : दुई दिदीबहिनीको हात बाँधिएको अवस्थामा शव भेटियो

काठमाडौं, २५ फागुन । कर्णाली नदीमा दुई दिदीबहिनीको शव भेटिएको छ । हात बाँधिएको अवस्थामा उनीहरुको शव भेटिएको हो ।प्रहरीकाअनुसार स्थानीय बासिन्दाले शव देखेपछि प्रहरीमा

एमालेको गणित : नेपाल र ओली पक्षमा कति संसद र केन्द्रीय कमिटी सदस्य कति ? नामसहित

काठमाडौं, २५ फागुन । सर्वोच्च अदालतले नेकपा एमाले पुनःस्थापित गरिदिएपछि सबैभन्दा संकटमा परेका माधव नेपाल आफ्नो समूहसहित ‘मूलघर’मै फर्कन तयार भएका छन् । कतिपय नेपाल

भारतमा पछिल्लो २४ घण्टामा १५ हजार ३५३ जनामा संक्रमण, ७६ जनाको मृत्यु

काठमाडौं, २५ फागुन । भारतमा १ करोड १२ लाख ४४ हजारभन्दा धेरैमा कोरोना भाइरसको संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १५ हजार ३५३

सम्बन्धित

एमालेको गणित : नेपाल र ओली पक्षमा कति संसद र केन्द्रीय कमिटी सदस्य कति ? नामसहित

भारतमा पछिल्लो २४ घण्टामा १५ हजार ३५३ जनामा संक्रमण, ७६ जनाको मृत्यु

एमाले र माओवादी केन्द्र अलग–अलग भएर जाने प्रचण्ड–नेपाल समूहको निर्णय

प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक सुरु

संसद्को पहिलो बैठक नै सुखद भएन, धामी नाँच्ने थलो जस्तो बनाए : प्रधानमन्त्री ओली

पूर्ववत अवस्थामा एमाले र माओवादी केन्द्र : कस्को संसद कति ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : राजन शर्मा
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2021 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com