ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
ABC NEWS NEPAL | No.1 News channel of Nepal
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश

साखः ग्रुपको छलाङ, रिसोर्टभित्र अर्गानिक कृषि र फनपार्क


एबीसी / संवाददाता

साखः ग्रुप अफ कम्पनी पारिवारिक समूहले चलाएको नेपालकै चर्चित कम्पनी हो । साखः समूहले एक समय नेपालको गार्मेन्ट व्यवसायमा समेत नाम र दाम कमाएको थियो ।

यस्तै साखः समूहले नेपालको स्टिल उद्योग,पेन्टस् र होटल क्षेत्रमा लगानी बढाउँदै गइरहेको छ । पछिल्लो समय उत्पादनमूलक उद्योगधन्दाभन्दा पर्यटन र अर्गानिक कृषितर्फ साखः ग्रुपअगाडिबढेको छ । यसै सन्र्दभमा साखः ग्रुपका उपाध्यक्ष किरण साखः सँग नेपाल पेजका लागि छवि सापकोटाले लिएकोअन्तरवार्ताः

साख : ग्रुप अफ कम्पनी कसरी स्थापना हुन पुग्यो ? केही बताईदिनुस् न ?

ग्रुप नितान्त परिवारिक व्यवसायिक कम्पनी हो । बुवा गणेशभक्त साखः चार छोराहरुसहित पारिवारमा सदस्य मिलेर सुरु गरेको कम्पनी हो ।

यति ठूलो कम्पनी परिवारिक सदस्यबाटनै चलाउन कत्तिको सहज हुने रहेछ?

यो फेमिली बिजनेस चलाउन सहजपनि छ । केही गाह्रो पनि छ । सहज यो कारणले पनि छ कि एउटै परिवारमा मन मिल्ने भएपछि एकलाई अर्काको सहायता मिल्ने गर्दछ। परिवारिक व्यवसायमा आफूले मन परेको काम तत्काल निर्णय गर्नसमेत सकिने रहेछ । यसको नकारात्मक पक्ष भनेको तत्काल कतिपय निर्णय लिँदा पछि समस्यासमेत उत्पन्न हुन्छ ।

साखः ग्रुप अफ कम्पनीलेनेपालमा कुन–कुन क्षेत्रमा लगानी गरिरहेको छ ?

साखः ग्रुप अप कम्पनीको परिवारमात्र सहभागी भएको व्यवसायमा नेपाल पेन्टस् इण्डष्ट्री, गार्मेन्ट तथा निर्यातजन्य बस्तु लगायत होटलमा समेत लगानी रहेको छ । यस्तै पछिल्लो समयमा कपिलबस्तुको गोरुसिङ्गेमा अत्याधुनिक पार्क जसमा जिपलाइनदेखि अर्गानिक फार्म हाउस रिसोर्ट बनाउने तयारीमा जुटेका छौं । यस्तै झापाको सुरुङ्गामा फनपार्क लगायतका क्षेत्रमा समेत लगानी बढाइरहेका छौं ।

साखःग्रुपले पछिल्लो समय कृषि र पर्यटनमा लगानी गर्नुको कारण के हो ? उत्प्रेरणाका स्रोतहरु के–के हुन् ?

व्यापार भनेको एउटा नशाजस्तै हो । एक पटक सुरु गरेपछि गर्नैपर्ने हुन्छ । अरुले व्यपारको बिस्तार गरेपछि हामीले पनि गर्नुपर्छ भन्ने सोच आउने रहेछ । कुनै नयाँ क्षेत्र देख्यो भने यसमा पनि लगानी लगाउँ कि भन्ने सोच आउने रहेछ । पहिला हामी नेपालको गार्मेन्ट निर्यातमा नाम चलेकै व्यवसायमा आउँथ्यौं । साखः स्टिलसमेत हाम्रो ब्राण्डको कम्पनी हो । नयाँ केही व्यवसाय देख्यो भने गरौंजस्तो लाग्ने रहेछ । त्यसैले हामीले पछिल्लो समय अत्याधुनिक अर्गानिक कृषि रिसोर्ट र फन पार्कमा लगानी बढाएका छौं । नेपालमा उत्पादनजन्य कम्पनीहरुमा अस्वस्थ प्रतिस्पर्धा धेरै हुन थालेपछि हामी होटल तथा अर्गानिक रिसोर्टमातर्फ आकर्षित भएका हौं । होटल तथा रिसोर्ट क्षेत्रमा आफूले सेवा दिन सक्यो भने राम्रो लाभसमेत लिनसक्ने क्षेत्र हो । कपिलबस्तुमा२१ बिगाहा क्षेत्रफलमा पार्क निर्माण भइरहेको छ । जहाँ जिपलाइन, वेभपुल, एसि टेन्टसहितकोसुविधा र जंगलको बीचमा रिसोर्ट टाइपको पार्क चलाउने तयारीमा छौं । हामीले यो व्यवसायबाट राम्रो होला भन्ने अपेक्षा गरेका छौं । यहाँ नेपाली जनताको खल्ती सुहाउँदोमूल्य राखेका छौं । सामान्य प्रवेश शुल्क लिन्छौं । त्यसभित्र कम पैसामा धेरै सेवा सुविधा दिने हामीले लक्ष्य लिएका छौं ।

साखः ग्रुपको लगानी कृषि र पर्टयनतर्फ किनआकर्षित भएको हो ?

हाम्रो ग्रुपनेपालको कृषि र पर्टयन क्षेत्रमा लगानी गरेर केही गर्न सकिन्छ भन्ने सोचका साथ अगाडि बढेको छ । नेपालमा आन्तरिक र बाह्य पर्यटनको अथाह सम्भावना रहेको छ । विदेशी पर्यटकलाई ल्याउन सक्ने स्थान हो–नेपाल । नेपालको उत्तरमा चीन र दक्षिणमा भारत ठूलो जनसंख्या भएको देश भएकाले पनि त्यहाँबाट केही प्रतिशतमात्र पर्यटक आउने हो भने मात्र नेपालको पर्यटन क्षेत्रको भविष्य सुन्दर छ । यस्तै साखः गु्रपले तयार गरेको फन पार्क, कृषि फार्म तथा रिसोर्टमा अहिले आन्तरिक पर्यटकलाई मध्यनजर गरेका छौं । सरकारले पनि कोभिड–१९ ले समस्या पारेको पर्यटनलाई माथि उठाउन आन्तरिक पर्यटनलाई जोड दिदैं आएको छ । नेपालको समृद्धि र विकासको आधारसमेत पर्यटन भएकोले पर्यटनबाट देशको लागि केही गर्न सकिन्छ कि भनेर कृषि र पर्यटन क्षेत्रमा लगानी गर्ने जमर्काे गरिरहेका छौं । तर यहाँ पनिसमस्या छ,सरकारले कृषि र पर्यटन क्षेत्रमा लगानी गर्नका लागि २ प्रतिशत व्याजमा ऋण पाइने भनेपनि सस्तो व्याज पाउन कठिन छ । अहिले धेरै व्यवसायीले ९ प्रतिशत ब्याज तिरिरहेका छन्, यस्तो समयमा पनि । बैंकहरुको ताकेतासमेत सुरु हुन थालेको छ ।

भनेपछि, स्वदेशमा लगानी गर्न उत्साहित भएका व्यवसायीहरुलाई कोभिडले समस्या पारिरहेको अवस्थामासमेत बैंकको साथ र सहयोग छैन ?

विल्कूल छैन ! यस्तो समयमा व्यवसाय सबैतिर ठप्प भइरहेको अवस्थामा पनि बैंकहरुले ऋण तिर्न भन्दै ताकेता गरिहेका छन् । केही बैंकहरुको नियत त व्यवसायीलाई धरपकड गर्ने नै देखिएको छ । सरकारले यतिबेला ब्यवसायीलाई दुःख नदिनु भनिरहेको छ, तर बैंकहरुजसरी भएपनि असुलीमा लागिरहेकाछन् ।

सरकारले कोभिड–१९पीडित उद्योग व्यवसायीलाई राहत दिने भनिरहेको छ, तपाईहरुले यसबाट लाभ लिन सक्नुभएको छ कि छैन?
यस्तो समस्या छ कि व्यवसायीहरुले बैंककोव्याज तिरेकातिर्‍यै छन् । कम्पनीहरुमा उत्पादन छैन । भएको सामानको बिक्रीसमेत छैन् । यसलाई रिकभर कसरी गर्ने भन्ने चिन्तामा देशभरका व्यवसायी छन् । कोरोनाको सक्रमण अझै सकिएको छैन् । भोलिका दिनहरु नर्मल भएपछि पनि बैंकको समस्या अझंै आउने देखिन्छ । आजको दिनमा मानिसहरुले कुनै पनि वस्तु किन्न चाहिरहेको अवस्था छैन । नभै नहुने चिजमात्र किनेर आफ्नो जीवन निर्वाह गरिरहेका छन् । कसैको कमाई छैन् । जागिर छैन्, व्यापार छैन् । यसले नेपालको अर्थतन्त्रमा लामो समय असर गर्ने देखिन्छ । त्यसैले नेपालको अर्थतन्त्रलाई अगाडि बढाउने हो भने निकासी, पर्यटन र कृषिलाई जोड दिन आवश्यक देखिन्छ ।

राणाकालदेखि गणतान्त्रिक व्यवस्थासम्म अग्रणी रुपमा साखः ग्रुपले व्यापार–व्यवसाय गरिरहेको छ । विगत र अहिलेमा सरकारले उद्योगीहरुलाई हेर्न दृष्टिकोण कस्तो पाउनुहुन्छ ?

हामी बाजेको पुस्तादेखि व्यवसायमा लागेका हौं । हाम्रो पुस्ता पनिव्यवसायमै छ । व्यापारीलाई सरकारले हेर्ने दृष्टिकोणको कुरा गर्ने हो भने हामीलाई त अहिलेसम्म पनि राम्रो दिन आएजस्तो लाग्दैन । यसोभन्दा धेरैले उद्योगी–व्यवसायीहरु सकारात्मक कुरा गर्दैनन् भन्छन्। तर यहाँ बाङ्गो–टिङ्गो काम गर्नेलाईनिर्मूल गर्न आवश्यक छ । नराम्रो गर्नेलाई कारवाही भएको देखिन्न। दुई नम्बरी गर्नेले काम गरेकै छन् । यस्तो गर्दा राम्रोसँग व्यवसाय गर्नेहरु मारमा पर्ने अवस्था छ । अब सरकारले नराम्रो गर्नेलाई काम नै गर्न नदिने वातावरण बनाएमात्र सबैको हित हुन्छ । पटक–पटक बिभिन्न पार्टीका नयाँ सरकार बनेपनि व्यवसायीहरुको हितमा काम गर्ने कोही भएनन् । पुरानै नीति नियम अहिलेसम्म लागू छ । भ्याट, करसम्बधी नीतिसमेत परिवर्तन हुन आवश्यक छ । सरकारले भ्याट, कर नछल्ने किसिमको वातावरण बनाउन आवश्यक छ । दशंैतिहार आउने बेला भयो कि छापा मार्ने काम हुन्छ । कारवाही गरेजस्तो गरिन्छ, त्यसपछि आफैं सेलाउँछ । हरेक वर्ष यस्तै–यस्तै गतिविधिमै सिमित हुने गरेको छ। त्यसैले यहाँ सिस्टमले काम भएको देखिदैन् । व्यापारको लागि सहजीकरण गर्ने हो भने हामीकहाँ अहिलेसम्म त्यस्तो भएकै छैन भन्छु–म । हामीले उद्योग व्यावसाय गर्न भनेर कम्पनी दर्ता गरेपछि पनि विभिन्न निकायमा दौडिंदा पनि काम गर्नका लागि वातावरण बन्ने गरेको छैन् । १० ठाउँमा दैडिनु पर्ने बाध्यता अहिले पनि कायम नै छ । एकद्वार नीतिबाट१० ठाउँमा चाहार्दासमेत काम नभएको धेरै उदाहरण छन् । विभिन्न निकायको सिफारिस र कागजपत्र जुटाउँदाजुटाउँदै लगानीकर्तासमेत हतोत्साहित हुने अवस्था छ ।

पर्यटन क्षेत्रतिरकै कुरा गरौं । किनकि तपाईहरु पछिल्लो समयमा पर्यटनतर्फ आकर्षित हुनुहुन्छ । कोभिड–१९ का कारण भ्रमण वर्ष समेत अन्तिम चरणमा स्थगित हुनपुग्यो । भविष्यमा फेरि नयाँ कार्यक्रम आउँला भन्ने आशा गरांै । नेपालमा पर्यटनको सम्भावनालाई कसरी हेर्नुहुन्छ ?

पर्यटन क्षेत्र मेरो चाहनाको क्षेत्र पनि हो । तर कोरोना संक्रमणको कारण नेपालले सुरु गर्न लागेको भ्रमणवर्ष स्थगित हुन पुग्यो । मैले समेत भिजिट नेपाल प्रचारप्रसारको लागि विभिन्न देशमा पुग्ने अवसर पाएको थिएँ । मलाई के लाग्छ भने पर्यटन क्षेत्र नेपालको लागि रोचक व्यापार नै हो । विदेशी मुद्रा आर्जनको महत्वपूर्ण माध्यमसमेत हो–पर्यटन क्षेत्र । यस व्यवसायमा अन्य उत्पादनको जस्तो यति नै पैसा लिनुपर्ने भन्ने छैन। केही सामानहरुको मूल्य १० छ भने १५ लियो भने कालाबजारी हुन्छ, ठगी हुन्छ । तर पर्यटन क्षेत्रमा एउटा रुमको सेवा सुविधाअनुसार आफ्नो दर आफैं कायम गर्न सक्नुहुनेछ । जति रकम लिएपनि ग्राहकलाई सन्तुष्टि पारेर लिन सक्ने व्यवसाय हो–पर्यटन । नेपालमा १० डलरदेखि ५ सय, हजार डलरसम्म तिर्ने विदेशी पर्यटक पनि आउने गरेकाछन् । किनभने विदेशबाट घुम्न आउनेलाई जति महँगो भएपनि खासै फरक पर्ने अवस्था छैन । सस्तो मूल्यमा नेपाल घुमेर फर्कने सक्ने अवस्था छ । यति सस्तोमा खाने बस्ने, घुम्ने सुविधाअन्य कमै देशमा छ । त्यसैलेनेपाल पर्यटनका लागि स्कोप भएको क्षेत्र हो । यहाँ हेर्ने स्थानसमेत धेरै छन् । यस्तै नेपालीको आतिथ्यता धेरैले मनपराउने गरेका पनि छन् । नेपाल सरकारले पर्यटकीय स्थानको सडक राम्रो बनाउने,घुम्न आउनेहरुलाई विमानस्थलको इमिग्रेसनदेखि बस्ने होटल र यातायातको सहजता हुने हो भने नेपालमा पर्यटन क्षेत्रबाट राम्रो विदेशी मुद्रा कमाउने योगदान पुग्नसक्छ जस्तो लाग्छ । पर्यटनको नेपालमा अनलिमिटेड स्कोप भएको नाताले पनि मलाई यो क्षेत्रमा लगानी मन लागेको हो । पर्यटन क्षेत्र यस्तो क्षेत्र हो भाग्यले साथ दिएको खण्डमा अनलिमिटेड सफलता हासिल गर्र्न सकिन्छ । त्यसैले पर्यटन क्षेत्र नेपालको लागि उर्जावान क्षेत्र होजस्तो लाग्छ–मलाई ।

कपिलवस्तुको गोरुसिङ्गेमा आधुनिक पार्कसहितअर्गानिक कृषि फार्म तथा रिसोर्ट खोल्ने अन्तिम तयारीमा हुनुहुन्छ । यो स्थान रोज्नुको कारण के हो?त्यहाँ कस्ता सेवा सुविधा पाउन सकिन्छ ?

हामीकहाँ नेपालमा व्यापार गर्नेहरु धेरै फेल खाएका उदाहरण छन्। विदेशमा व्यापार गर्दा अध्ययन अनुसन्धान धेरै हुन्छ । हामी त अर्काले गरेको देखेर हेरर व्यापारमा लगानी गर्दै आईरहेका छौं । यसले गरेको छ, उसले कमाएको छ भन्ने आधारलाई अध्ययन मान्ने गरेका छांै । यस्तो बानी धेरैको छ । यो राम्रो बानी होइन । गोरुसिङ्गेमा पनि घुम्दै जाँदा आएको प्रोजेक्ट हो । यसको पनि अध्ययन अनुसन्धान केही गरिएन । जंगलको बीचमा रहेको स्थान पर्यटन क्षेत्रको लागि उत्तम स्थान हुन्छ भन्ने सोचेर यो ठाउँमा हाम फालेका हौं । हाम फालेको व्यापारमा सफलता हुने केही ग्यारेन्टी भने छैन। त्यो रिक्स चाहीँ मैले उठाएको हो। हेरौं कहाँ पुगिन्छ ?यहाँ हात हालेको २ वर्ष नाघिसक्यो । बिस्तारै मलाई यसमाकम रिक्स छ कि भन्ने अनुभव हुन थालेको छ । अहिले मलाई के लाग्छ भने थाहै नपाएको क्षेत्रभित्र गएर खोज्दै, बुझ्दै, सिक्दै गर्दा रिक्स नहोला भन्ने लाग्छ ।

अर्गानिककृषि फार्म तथा रिसोर्टमा लगानी गर्दा सफलता मिल्छ भन्ने आधारहरु के देख्नु भएको छ ?

प्रारम्भिक चरणमा मैले देखेको कृषि भनेको नेपालको महत्वपूर्ण र देशलाई केही दिन सक्ने क्षेत्र हो । कृषिमै भनेर लगानी गर्नेहरुको संख्या धेरै नै कम छ । तरनेपालमा कृषिमा धेरै सम्भावना छ । कृषि र पर्यटन सँगसँगै लौजान सकियोभने देशको समृद्धि र आर्थिक विकासको आधार क्षेत्र यी दुवै हुन् भन्ने लाग्छ ।

कृषि, पर्यटनजस्ता क्षेत्रमा लगानी गर्दै हुनुहुन्छ । सरकारले यसको विकास गर्नका लागि कस्ता कुरामा प्राथमिकता दिन जरुरी छ ?
प्राथमिकताको क्षेत्र भनेर सरकारले हाम्रो खल्तीमा पैसा हाल्दियोस् भनेर कहिल्यै सोच्दैनौं । तर सरकारले यस क्षेत्रलाई साँच्चै नै अगाडि बढाउने हो भने कृषि र पर्यटनलाई माथि उठाउने नीति बनाउनमा विशेष जोड दिन आवश्यक छ। राम्रो गर्नेका लागि सहज वातावरण बनोस्, तर नराम्रो गर्नेलाई कारवाही पनि होस् । त्यस्तो किसिमको सिस्टम बनाएर अगाडि बढ्दैजानु पर्छ ।यहाँ कृषि र पर्यटन क्षेत्रसँग सम्बधित समानहरु आयात गर्न पर्‍यो भने सहज बनाइदिनु पर्‍यो । कुनै कच्चा पदार्थ, मेसिन औजार ल्याउन पर्‍यो भने सरकारले सहज बनाइदिनुपर्छ । यहाँ त केही काम सुरु गरेपछि यो भएन त्यो भएन भनेर १० ठाउँमा धाउनुपर्ने बाध्यता छ । यसलाई सहज बनाइदिएको खण्डमा लगानी गर्नेहरुका लागि पनि हौसला पुग्छ । सरकारले धेरै ठूलो आर्थिक अनुदान दिनु पर्र्दैन । कम दिएपनि हुन्छ । तर दिनु नै पर्ने स्थानमा दिए पनि भयो । तर पैसाले भन्दा पनि पोलिसी, सिस्टम र मार्केट बनाउनका लागि सहयोग गर्नुपर्‍यो । जस्तो हामी कहाँ माछा, मासु नेपालकै उत्पादनले पुग्छ भने बाहिरबाट आउन दिनुभएन । सरकारले कति चिज आउने नदिने भनिरहेको हुन्छ । तर दुई नम्बरीबाट आउने काम भईरहेको छ । त्यस्तो कार्यलाई कडाईंका साथ रोक्नु पर्ने हुन्छ। यस्ता कुरामा प्रोत्साहन गर्नुपर्ने देखिन्छ ।

कृषि र पर्यटन क्षेत्रमाभविष्य कत्तिको उज्वल देख्नुभएको छ ?

नेपालमा उत्पादन हुने औद्योगिक उत्पादनको मार्केट सानो छ । धेरै वस्तुहरु नेपालले उत्पादन गरेर निर्यात गर्ने अवस्था छैन । किनभने हाम्रो उत्पादन क्षमताको मूल्य नै धेरै हुन आउँछ । यसमाथि छिमेकी राष्ट्र भारत र चीनले ठूलो परिमाणमा आफैं उत्पादन गर्ने गर्दछन् । त्यहाँको भन्दा सस्तोमा हामीले कुनै हालतमा दिन सक्ने अवस्था छैन् । उनीहरुको जस्तो बजार पनि हामीकहाँ छैन् । त्यसैले हामीले अन्य उद्योगमा भन्दा कृषि र पर्यटनलाई जोड दिन आवश्यक छ । पर्यटन त विश्वका लागि स्वर्ग नै हो–नेपाल । नेपालको टे«किङ, हिमाल, नदिनाला, जंगललाई मात्र प्रयोग गर्ने हो भने अन्य व्यवसाय नै आवश्यक छैन । दुई छिमेकी मुलुकबाट २ प्रतिशत मात्र पर्यटक नेपाल ल्याउन सक्ने हो भने पर्यटनको भविष्य धेरै नै उज्वल छ । तर पर्यटक आउने वातावरण, आउनेलाई दिने सेवा सुविधा, यातायात,भौतिक संरचनामा ध्यान सरकारले दिनु आवश्यक छ । पर्यटक आएपछि नेपालीको आतिथ्यताले नै खुशी हुने भएकाले पनि नेपाल पर्यटन क्षेत्रका लागि सुन्दर गन्तव्य हो ।

तपाईंहरु लामोसमयदेखि उत्पादनमूलक उद्योग–व्यवसाय क्षेत्रमा व्यस्त हुनुहुन्छ । तर अब नेपालमा आम्दानीको क्षेत्र कृषि र पर्यटन हो भनेर यसतर्फ लगानी गर्नुभएको हो ?

हो !होटल, आन्तरिक पर्यटनको लागि पार्क, अर्गानिक कृषि फार्मबाट साखः गु्रप एकदमै आशावादी बनेको छ । भविष्यमा यी तीनवटा व्यवसाय अरुभन्दा अगाडि बढाउँदा राम्रो हुनसक्ने समेतआशा लिएका छौं ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भारतले अनुदानमा दिने कोरोना विरुद्धको खोप यो हप्ता भित्रै नेपाल आइपुग्ने

काठमाडौँ, ७ माघ । भारतले नेपाललाई अनुदानमा उपलब्ध गराउने कोरोना विरुद्धको खोप यो हप्ता भित्रै नेपाल आइपुग्ने भएको छ । खोप ल्याउने बारे थप जानकारी

ओलीको भाषामा ‘राजा महाराजाको दुर्गन्ध’ आयो : अध्यक्ष प्रचण्ड

काठमाडौँ, ६ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको भाषामा ‘राजा महाराजाहरूको दुर्गन्ध’ आएको बताउनु

केपी ओलीले कि आफूलाई कामचलाउ भन्नुपर्छ कि पद छाड्नुपर्छ : माधव नेपाल

काठमाडौं, ६ पुस । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–माधव समूहका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई कामचलाउ मात्रै भएको भन्नुपर्ने अथवा पदबाट राजीनामा दिनुपर्ने

सम्बन्धित

नागरिक एपमा समस्या देखिएपछि सुधारिँदै

दक्षिण कोरियाका नेपालीलाई कोरोनाको खोप निःशुल्क

दुर्घटनामा एकको मृत्यु, दुई घाइते

पूर्व मुख्यसचिव रेग्मी राजदूत नियुक्त

झापामा निर्वाचन लक्षित सम्भावित मतदान स्थलको अनुगमन

विवाहको मण्डवबाट छोरा भागेपछि हुनेवाला बुहारीसँग एक बृद्धले विवाह गरेको खबर भाईरल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : राजन शर्मा
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2021 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com