ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सचिवालयको बैठक सार्न ओली पक्षको प्रस्ताव : सार्ने/सार्ने विषय बैठकबाटै टुंगो लगाउनुपर्ने प्रचण्ड जवाफ


एबीसी / संवाददाता
मंसिर २, २०७७ मंगलबार  ६ : १४ बजे

काठमाडौं, २ मंसिर । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको भोली बुधबार बस्ने बैठक केही दिन पछाडि सार्न केपी ओली पक्षले प्रचण्ड–माधव पक्षसँग प्रस्ताव गरेको छ ।

कात्तिक २८ गते सुरु भएको सचिवालय बैठक भोलि बुधबार दिउँसो १ बजे बालुवाटारमा बस्ने गरी तय भएको थियो । प्रधानमन्त्री केपी ओली पक्षले बुधबारको बैठक केही दिन पछि सार्न कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रस्ताव गरेको नेकपा स्रोतले बताएको छ ।

तर, प्रचण्डले भने बैठक सार्ने/सार्ने विषय बैठकबाटै टुंगो लगाउनुपर्ने जवाफ दिए स्रोतले जनायो । ‘बुधबार बैठक बसौं, त्यहीँबाट जे निर्णय गर्ने हो गरौंला’ बैठक नै सार्ने भएपनि सवै बहुमत सदस्यले गरेको बैठक बसेपछि त्यहिबाटै बैठक सार्ने निणर्य गर्ने अध्यक्ष प्रचण्डले जवाफ दिनुभएको एक सचिवालय सदस्यले बताउनुभयो ।

शुक्रबारको बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले केपी ओलीमाथि विभिन्न आरोपहरु लगाउँदै १९ पृष्ठ लामो प्रस्ताव पेश गर्नुभएको छ । बुधबारको बैठकमा सो प्रस्तावमाथि छलफल हुनुपर्ने प्रचण्डको अडान रहेको छ भने ओली पक्षले चाहिँ प्रचण्डले सो प्रस्ताव फिर्ता लिनुपर्ने अडान राख्दै आएको छ ।

प्रधानमन्त्री ओलीले प्रचण्डको प्रतिवेदनलाई वाहियात र झूठको संज्ञा दिँदै आफूले त्यसको जवाफ नदिने बताउनुभएको छ । प्रचण्ड–माधव पक्ष भने सहमतिकै आधारमा बैठकको मिति तय भएकाले बहुमत सदस्यको उपस्थितिमै भए पनि बैठक बस्ने बताउँछन् । बुधबारको सचिवालय बैठकबाट स्थायी कमिटीको बैठकको मिति तय गर्ने प्रचण्ड–माधव पक्षको तयारी रहेको भएपनि ओली पक्षको आग्रहलाई विचार गरेर भोलिको सचिवालय बैठक थप लम्बिन पनि सक्ने एक नेताले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

काठमाडौँ–६ : प्रतिष्ठाको लडाइँ कि शहरी मतदातामाथि निर्णायक परीक्षा?

बीमा प्राधिकरण सञ्चालक समितिको अध्यक्षमा चन्द्रकला पौडेललाई तोक्ने निर्णय

सम्बन्धित

झापा –५ः ओली र बालेन्द्रले बनाउन खोजेका भाष्यहरु कस्ता छन् ?

विश्वासको मूल्य: ट्रम्पको लेनदेनमुखी नेतृत्वको अन्तर्राष्ट्रिय लागत

काठमाडौँ–६ : प्रतिष्ठाको लडाइँ कि शहरी मतदातामाथि निर्णायक परीक्षा?

कागज गरेर साइबर ब्यूरोबाट छुटे स्वागत नेपाल

पोस्टमार्टमका लागि राखिएको शव साटियो, एउटाको दाहसंस्कारपछि लाग्यो पत्ता

डिस्कर्ड (असहमति) को बोर्ड

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com