ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सत्मार्गमा अग्रसर हुन तिहारले प्रेरित गरोस् : राष्ट्रपति भण्डारी


एबीसी / संवाददाता
मंसिर १, २०७७ सोमबार  ७ : ४६ बजे

काठमाडौँ, मङ्सिर १ । राष्ट्रपति विद्यादेवी भण्डारीले तिहार पर्वले सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पु¥याउने विश्वास व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले नेपालीको महान् चाड तिहार, २०७७ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, आरोग्य, दीर्घायु र उत्तरोत्तर प्रगतिका लागि आज शुभकामना दिँदै यस वर्षका सबैजसो चाडपर्व कोभिड–१९ महामारीका कारण आफू र आफ्ना परिवारका सदस्य र समाजको बृहत् सुरक्षालाई ध्यान दिई मनाउन आग्रह गर्नुभएको छ ।

सन्देशमा भनिएको छ, “यस महामारीविरुद्धको खोप हालसम्म विकास भइनसकेकाले पूर्वसावधानीका लागि समयसमयमा हात धुन, मास्क सही तरिकाले प्रयोग गर्न तथा व्यक्तिहरूबीच भौतिक दूरी कायम गर्न भुल्नु हुँदैन । चाडपर्वको समयमा पारिवारिक तथा सामाजिक अन्तरक्रियाहरू अझ बढ्ने हुँदा पूर्वसावधानी पालना गर्नु झनै जरुरी हुन आएको छ ।”

तिहार मनाउने हाम्रो मौलिक सांस्कृतिक परम्पराले प्रकृति¸ मानव जीवन र प्राणी जगत्को अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्नाका साथै दिदीबहिनी तथा दाजुभाइबीचको आपसी स्नेहलाई गाढा बनाउने तथा देउसीभैलो खेल्ने विशुद्ध नेपाली संस्कृतिले बृहत् सामाजिक एकतालाई प्रगाढ बनाउन मद्दत पु¥याउने विश्वास उहाँले व्यक्त गर्नुभएको छ ।

सन्देशमा पौराणिक, व्यावहारिक, सांस्कृतिक, मनोवैज्ञानिक एवं वैज्ञानिक महत्वको तिहार प्रकाशको पर्व पनि भएको उल्लेख गर्दै तिहारका माध्यमबाट प्रकट हुने मानवीय उज्यालोले हामी सबैलाई सत्य र न्यायको मार्गमा अग्रसर रहन प्रेरित गरोस् भन्ने कामना गरिएको छ ।

यसैवीच राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल संवत् ११४१ ले समाजको उन्नति र प्रगतिका लागि निःस्वार्थ भावले अग्रसर रहन सबैमा प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले नेसं नयाँ वर्षका अवसरमा आज शुभकामना सन्देश दिँदै यस संवत्ले सम्पूर्ण नेपालीका बीचमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

उहाँले सन्देशमा विश्वव्यापीरूपमा फैलिएको कोभिड–१९ को बढ्दो संक्रमणबाट जोगिन पूर्वसावधानीका उपायको अधिकतम पालना गर्दै नेपाल संवत्को नयाँ वर्ष मनाउन सबैमा आह्वान पनि गर्नुभएको छ ।

राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवद्र्धन गरिएको नेपाल संवत् चन्द्रमास गणना गरेर तय गरिने नेपालको मौलिक राष्ट्रिय संवत् हो । यस संवत्को पहिलो दिन कात्तिक शुक्लपक्ष प्रतिपदादेखि शुरु हुन्छ । लिच्छविकालीन राजा राघवदेवका समयमा काठमाडौँ उपत्यकामा रहेका गरीब जनतालाई ऋणमुक्त गरी साख्वाले यस संवतलाई प्रचलनमा ल्याएको मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

काठमाडौँ–६ : प्रतिष्ठाको लडाइँ कि शहरी मतदातामाथि निर्णायक परीक्षा?

बीमा प्राधिकरण सञ्चालक समितिको अध्यक्षमा चन्द्रकला पौडेललाई तोक्ने निर्णय

सम्बन्धित

काठमाडौँ–६ : प्रतिष्ठाको लडाइँ कि शहरी मतदातामाथि निर्णायक परीक्षा?

डिस्कर्ड (असहमति) को बोर्ड

ग्रोकबाट बनेका यौनिक एआई तस्बिरहरूको कारण एलन मस्कको एक्समाथि युरोपेली अनुसन्धान

प्रचण्डलाई प्रेसर दिने रुकुम पूर्व : ३४ हजार ७७२ मतदाताको वडागत तथ्यांक सार्वजनिक !

बालेनको दोहोरो मापदण्ड : ‘मेयर हुँदा सुकुम्बासी हटाउन डोजर चलाए, अहिले भूमि आयोगलाई दोष थोपर्दै छन् ‘

मार्क टली र नेपाल : दक्षिण एसियाका साक्षीको नेपाली पक्षहरू

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com