ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एरिजोनामा जो बाइडेन विजयी


एबीसी / संवाददाता
कार्तिक २८, २०७७ शुक्रबार  ४ : ०९ बजे

अमेरिका, २८ कात्तिक ।   जो बाइडेनले एरिजोना राज्यमा पनि जित हात पार्दै राष्ट्रपति ट्रम्पसँगको अग्रता बढाएका छन् । अमेरिकी सञ्‍चारमाध्यमहरु एनबीसी, सीबीएस र सीएनएनले राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले जितेको बताएका हुन् ।

११ इलेक्टोरल भोट रहेको एरिजोनामा बाइडेनले ट्रम्पलाई ११ हजारभन्दा बढी मतले हराएका हुन् । बाइडेनले एरिजोनामा १६ लाख ६८ हजार ६ सय ८४ मत प्राप्त गर्दा ट्रम्पले १६ लाख ५७ हजार २ सय ५० मत प्राप्त गरे ।

योसँगै बाइडेनले २९० इलेक्टोरल भोट पाएका छन् भने ट्रम्पले २१७ भोट पाएका छन् । यसअघि ३ इलेक्टोरल भोट रहेको अलास्कामा ट्रम्प विजयी भएको घोषणा गरिएको थियो । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित हुन २७० इलेक्टोरल भोट आवश्यक पर्छ । सन् १९९६ यता पहिलो पटक एरिजोनामा डेमोक्रेटिक उम्मेदवार विजयी भएका हुन् । यसअघि सन् १९९६ मा बिल क्लिन्टन एरिजोनामा विजयी भएका थिए । फक्स न्युज र समाचार संस्था एपीले भने चुनाव सम्पन्न भएकै राति एरिजोनामा बाइडेन विजयी हुने प्रक्षेपण गरेका थिए ।

शनिबार जो बाइडेनलाई आधिकारिक रुपमा अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरिदैँछ तर वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले भने चुनावमा धाँधली भएको आधारहीन आरोप लगाउँदै हार स्वीकार गरेका छैनन् ।

१५ इलेक्टोरल भोट रहेको नर्थ क्यारोलाइना र १६ इलेक्टोरल भोट रहेको जर्जियामा भने विजेता घोषणा गर्न बाँकी नै छ । नर्थ क्यारोलाइनामा ट्रम्प अगाडि छन् भने जर्जियामा बाइडेन अगाडि छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

काठमाडौँ–६ : प्रतिष्ठाको लडाइँ कि शहरी मतदातामाथि निर्णायक परीक्षा?

बीमा प्राधिकरण सञ्चालक समितिको अध्यक्षमा चन्द्रकला पौडेललाई तोक्ने निर्णय

सम्बन्धित

डिस्कर्ड (असहमति) को बोर्ड

ग्रोकबाट बनेका यौनिक एआई तस्बिरहरूको कारण एलन मस्कको एक्समाथि युरोपेली अनुसन्धान

भारतको ७७औँ गणतन्त्र दिवस : कर्तव्य पथमा देखियो सैन्य शक्ति र सांस्कृतिक झलक (फोटोफिचर)

भारतमा ७७औँ गणतन्त्र दिवसको रौनक: युरोपेली नेताहरू मुख्य अतिथि

अमेरिकामा भीषण हिमआँधी: तीन जनाको मृत्यु, १० लाख घरमा अन्धकार

बेलायतकी नयाँ जासूस प्रमुख र उनको नयाँ मिशन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com