ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकामा चुनावको नतिजा स्वीकार गर्न डेमोक्रेटिक पार्टीको आग्रह


एबीसी / संवाददाता
कार्तिक २८, २०७७ शुक्रबार  १२ : १७ बजे

काठमाडौं, २८ कात्तिक ।  अमेरिकामा डेमोक्रेटिक दलले रिपब्लिकन पार्टीका नेताहरूलाई चुनावको नतिजा स्वीकार गर्न आग्रह गरेका छन् ।

डेमोक्रेटिक पार्टीका वरिष्ठ नेता सभामुख न्यान्सी पेलोसी र सिनेट भनिने माथिल्लो सदनका नेता चक सुमरले रिपब्लिकन पार्टीका नेताहरूलाई मत परिणाम स्वीकार गर्न र कोरोना भाइरसका कारण उत्पन्न सङ्कटसँग जुझ्ने विषयमा सहयोग गर्न आग्रह गर्नुभएको बीबीसीले जनाएको छ ।

अमेरिकी चुनावपछिको पहिलो टेलिभिजन सम्बोधनका क्रममा पेलोसीले सङ्क्रमणको बढ्दो दर र ज्यान जानेको सङ्ख्यालगायतका विषयलाई प्राथमिकताका साथ उठाउनुभएको थियो । अमेरिकामा लगातार आठ दिनसम्म कोरोना भाइरस सङ्क्रमणका नयाँ घटना दैनिक एक लाखभन्दा बढीले थपिएको विषयलाई पनि उहाँले उठाउनुभएको थियो ।

उहाँले राष्ट्रपति डोनाल्ड ट्रम्प र रिपब्लिकन दलले सङ्कटलाई ‘बेवास्ता गर्दै’ चुनावमा नचाहिँदो रूपमा विवाद गरेको आरोप लगाउनुभएको छ । सुमरले आर्थिक र स्वास्थ्य सङ्कटलाई सल्टाउन डेमोक्रेटिक दललाई सहयोग गर्न रिपब्लिकनहरूलाई आग्रह गर्नुभएको छ ।

अमेरिकामा कोभिड(१९ बाट सङ्क्रमित हुनेहरूको सङ्ख्या १ करोड नाघेको छ । पछिल्लो तथ्याङ्कअनुसार त्यहाँ १ करोड ५ लाख १३ हजार ६८ जना सङ्क्रमित भएका छन । अमेरिकी राष्ट्रपतिमा जो बाइडेन निर्वाचित भएको भए पनि डोनाल्ड ट्रम्पले अहिलेसमम्म हार स्वीकार गर्नुभएको छैन । मतगणनामा समस्या देखिएको सङ्केत गर्दै उहाँले कानुनी बाटो रोज्ने बताउँदै आउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

काठमाडौँ–६ : प्रतिष्ठाको लडाइँ कि शहरी मतदातामाथि निर्णायक परीक्षा?

बीमा प्राधिकरण सञ्चालक समितिको अध्यक्षमा चन्द्रकला पौडेललाई तोक्ने निर्णय

सम्बन्धित

डिस्कर्ड (असहमति) को बोर्ड

ग्रोकबाट बनेका यौनिक एआई तस्बिरहरूको कारण एलन मस्कको एक्समाथि युरोपेली अनुसन्धान

भारतको ७७औँ गणतन्त्र दिवस : कर्तव्य पथमा देखियो सैन्य शक्ति र सांस्कृतिक झलक (फोटोफिचर)

भारतमा ७७औँ गणतन्त्र दिवसको रौनक: युरोपेली नेताहरू मुख्य अतिथि

अमेरिकामा भीषण हिमआँधी: तीन जनाको मृत्यु, १० लाख घरमा अन्धकार

बेलायतकी नयाँ जासूस प्रमुख र उनको नयाँ मिशन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com