ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
ABC NEWS NEPAL | No.1 News channel of Nepal
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश

बाँध्यता कि रहर ? : तिहारमा लालाबाला बोकेर दिदीबहिनी भारततिर


abcnews

कैलाली, २७ कात्तिक । धनगढी उपमहानगरपालिका वडा नम्बर ७ की रञ्जिता चौधरी बुधबार त्रिनगर नाका भएर श्रीमानसँगै भारत जाने तयारीमा हुनुहुन्थ्यो । विगतका वर्षमा दशैँमा घर आएर तिहार मनाएपछि भारत फर्कने उनीहरु यस वर्ष कोरोनाको त्रासले वैशाखमा घर फर्किएका थिए ।

वैशाखदेखि बेरोजगार भएका उनीहरु छाक टार्न मुश्किल भएपछि भारत जान लागेका हुन् ‘चाडपर्व मनाउनका लागि पैसा पनि छैन् । टीका लगाएर जाने इच्छा थियो । तर बाध्य भएर भारत जानुपर्ने भयो’ रञ्जिताले भन्नुभयो । श्रीमानसँगै उहाँ भारतको लुधियानामा कुखुरा फर्ममा काम गर्नुहुन्छ ।

डोटीको केआ सिंह गाउँपालिकाकी दीपा रावत पनि बुधबार बिहान भारततिर लाग्नुभयो । केही दिनअघि भारतबाटै फर्किएकी उहाँले साँझ–बिहान खानसमेत समस्या हुन थालेपछि फेरि भारत फर्कनुपरेको बाध्यता सुनाउनुभयो । डोटीकी लालुदेवी विष्टको गुनासो पनि फरक थिएन । ‘चाडपर्व परिवारका सदस्यसँगै मनाउन रहर त थियो’ उहाँले भन्नुभयो, ‘कोरोना भाइरसको सङ्क्रमणका कारण धेरै महिनासम्म बेरोजगार बसेकी छु । छाक टार्नका लागि भए पनि भारत जानै पर्ने भयो ।’

गरिबीका कारण परिवार पाल्न मुश्किल भएपछि चाडपर्वको मुखमा कोरोनाको समेत प्रभाव नगरि दैनिक सयौँ नेपाली त्रिनगर नाका भएर भारत जाने गरेका छन् । स्वदेशमा सामान्य काम समेत नपाएपछि मजदुरीका लागि पनि भारत जानुपरेको उनीहरूको गुनासो छ । चौकीदारी, घरको सरसफाइ, खाना बनाउने, गाडी धुने, स्याउ टिप्नेलगायतका कामका लागि नेपालीहरु भारत जाने गरेका छन् ।

सुदूरपश्चिमका दुई प्रमुख नाका त्रिनगर र गड्डाचौकीबाट असोजयता मात्रै साढे ५६ हजार नेपाली भारत गएका प्रहरीको तथ्यांक  रहेको  सीमा प्रहरी चौकी डोकेबजारका प्रमुख प्रहरी नायब निरीक्षक भुपालसिंह थापाले बताउनुभयो ।

युवालाई स्वदेशमा रोक्न नसकिएको बताउँदै सुदूरपश्चिम प्रदेश सभामा नेपाली कांग्रेस संसदीय दलका नेता डाक्टर रणबहादुर रावलले प्रदेश सरकारको नीति र योजना असफल भएको बताउनुभयो । कृषि, पशुपालन, अरु व्यवसायमा जोडेर युवाहरूलाई रोजगारी दिने कार्यक्रम प्रदेश सरकारले ल्याउनुपर्ने उहाँको भनाइ छ । प्रदेश सरकारले गाउँठाउँमै रोजगारी दिने घोषणा गरे पनि कार्यान्वयनमा आउन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेकपाको विवाद केही दिनभित्रै निरुपण गर्छौँ : निर्वाचन आयोग

काठमाडौं, १६ फागुन । निर्वाचन आयोगले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाभित्रको विवाद अबको केही दिनमै समाधान गर्ने तयारी थालेको छ । अब चुनावको तयारी गर्नु

प्रधानमन्त्री ओली आज झापा जाँदै

काठमाडौं, १६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली आज गृहजिल्ला झापा जाँदै हुनुहुन्छ । जहाजबाट झापा जान लागेका ओली आइतबार झापा क्षेत्र नम्बर ५ मा

दलहरुबीच समझदारी हुन्छ : सभामुख सापकोटा

काठमाडौं, १५ फागुन ।  सभामुख अग्निप्रसाद सापकोटाले संसद् पुनःस्थापना भएसँगै दलहरुबीच सहमति हुने विश्वास व्यक्त गर्नुभएको छ ।यस्तै आज एक कार्यक्रममा पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले

सम्बन्धित

नेकपाको विवाद केही दिनभित्रै निरुपण गर्छौँ : निर्वाचन आयोग

प्रधानमन्त्री ओली आज झापा जाँदै

जोन्सन एण्ड जोन्सनको कोरोना खोपलाई अमेरिकामा स्वीकृति

दलहरुबीच समझदारी हुन्छ : सभामुख सापकोटा

संसद पुनर्स्थापना पछि सरकार झन बलियो – नेता नेम्वाङ

प्रधानमन्त्री ओलीले आफूलाई महाराजधिराज ठान्ने – अध्यक्ष प्रचण्ड

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : राजन शर्मा
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2021 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com