ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कुनै पनि हालतमा सरकार परिवर्तन हुदैन —प्रधानमन्त्री ओली


एबीसी न्यूज
कार्तिक २६, २०७७ बुधबार  ६ : १६ बजे

नवीन गुरुङ –
संखुवासभा, २६ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालै कुनै पनि हालतमा सरकार परिवर्तन नहुने बताउनुभएको छ ।
बुधबार संखुवासभाको जिल्लाको मकालु गाउँपालिका–५ फ्याक्सिन्दामा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

पूर्वी नेपालको चीनसंग सिमाना जोडिएको हिमाली जिल्ला संखुवासभा जिल्लाको छिमेकी मित्रराष्ट चीनसंग सिमाना जोडिएको किमाथांका नाका, त्रिदेशीय(भारत, नेपाल र चीन)लिंकको रुपमा रहेको उत्तरदक्षिण कोशी सडक आयोजनाको कोशी कोरीडोर र सिमा सुरक्षा पोष्ट (विओपी) र बहुचर्चित अरुण तेस्रो जलविद्युत्त आयोजनाको अनुगमन गर्न हेलिकप्टर मार्फत संखुवासभा आउनु भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुर्दै प्रधानमन्त्री ओलीले दुई बर्ष अगाडि आफैले किमाथांका नाका चाँडै संचालनमा ल्याउने र भारतको जोगमुनी देखि किमाथांका सम्मको ३ सय ९० मिटर उत्तरदक्षिण कोशी सडक आयोजनाको कोशी कोरीडोर दुइलानको सडक बिस्तार गरि संचालन गर्ने देखेको सपना बिस्तारै पूरा हुदै गएको बताउनुभयो । उहाँले सडक बिस्तार गर्ने क्रममा भोटखोला गाउँपालिकामा १४ किमि सडक बिस्तार गर्न अत्यन्तै कठिन र ठूलाठूला ढुङ्गा भएकाले बिस्तारमा समस्या देखेपछि नेपाली सेनालाई जिम्मा लिइएको छ । र अब चाँडै ट्रयाक ओपन सम्पन्न हुने विश्वास लिएको बताउनुभयो ।

‘यो किमाथांका नाका मानवबस्ती भएको र बाह्रै महिना संचालन गर्न सकिने नाका हो । त्यसैले यो कोशीकोरीडोर अत्यन्तै महत्वका साथ हेरिएको छ । मैले यो सडक र नाकाका बारेमा चासो राख्नुका साथै अत्यन्तै महत्वका साथ हेरेको छु । त्यसैले स्थलगत रुपमा हेर्न समेत आएको छु ।’–प्रम ओलीले भन्नुभयो–‘यो सडकले सबै समृद्धि र बिकासमा परिवर्तन ल्याउने निश्चित छ । हिजो यहि ठाउँ दुर्गम थियो, अहिले सडक बिस्तारले सुगम बन्र्दै गएको छ । अब किमाथांका नाका संचालनमा ल्याएपछि छिमेकी मुलुकका दुई ठूला राष्ट चीन र भारतसंग ब्यापारिक सम्बन्ध नजिक बन्छ । त्यसले हाम्रो जीवनयापनमा समेत सजिलो हुन्छ ।’

प्रधानमन्त्री ओलीले जनताको जनमतद्धारा आफू पार्टी अध्यक्ष र प्रधानमन्त्री भएकाले कसैको रहर हर्दैमा प्रधानमन्त्री र सरकार परिवर्तन नहुने स्पष्ट पार्नुभयो । ‘बिहानबिहानै समाचार सुन्छु, सरकार परिवर्तन हुने भनेको सन्छु, तर कसैको रहरमा सरकार परिवर्तन हुदैन । नेकपा पार्टी साना साना टुक्रा मिलेर बनेकाले फुटदैन ।’–ओलीले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले वर्तमान समयमा आफु पार्टी अध्यक्ष र जनताद्धारा निर्वाचीत प्रधानमन्त्री भएकाले डराउने र नआत्तिन सम्पूर्ण नेपाली महानुभाव र पार्टी कार्यकर्ताहरुलाई समेत आश्वास्त पार्नुभयो । उहाँले आफू रहरले नभई जनताले जिताएर अध्यक्ष बनाएको दाबी गर्नुभयो । यो पार्टी ५० बर्ष अगाडि देखि सानासना टुक्राटुक्रा जोडेर निर्माण गरिएको हुदाँ नडराई नधकाई काम गर्न समेत सबैलाई अुनरोध गर्नुभयो । कोभिड १९ ले देशनै संक्रमण पारेको अवस्थामा अब सबैले सचेत रहेर कोभिड परास्त गर्दै शैक्षिक संस्था र शैक्षिक संघसंस्थाहरु बिस्तारै खुल्र्दै जाने जनजीवन सहज बनाउने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले भोटखोला गाउँपालिकाको च्याम्ताङमा हेलिकप्टर अवतरण गरेर कोशीकोरीडोरको अवलोकन गर्ने भनिएपनि हेलिकप्टर बस्न समस्या आएपछि हेलिकप्टरबाट नै अनुगमन गरेका थिए । बिहान करिब ९ बजे तिर काठमाडौबाट उडेको हेलिकप्टर किमाथांकाको भ्रमण पछि अरुण तेस्रो डयामस्थल फ्याक्सिन्दामा करिब साढे ३ः४० बजे काठमाडौ फर्किएका थिए । प्रधानमन्त्री ओलीसंगै हेलिकप्टरमा उहाँको श्रीमती राधिका शाक्य, प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई, भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङ, राष्ट्रियसभा विधायन व्यवस्थापन समितिका सभापति परशुराममेघी गुरुङ र संखुवासभाका संघीय सांसद राजेन्द्र गौतम लगायत हेलिकप्टरबाट आएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

काठमाडौँ–६ : प्रतिष्ठाको लडाइँ कि शहरी मतदातामाथि निर्णायक परीक्षा?

बीमा प्राधिकरण सञ्चालक समितिको अध्यक्षमा चन्द्रकला पौडेललाई तोक्ने निर्णय

सम्बन्धित

काठमाडौँ–६ : प्रतिष्ठाको लडाइँ कि शहरी मतदातामाथि निर्णायक परीक्षा?

डिस्कर्ड (असहमति) को बोर्ड

ग्रोकबाट बनेका यौनिक एआई तस्बिरहरूको कारण एलन मस्कको एक्समाथि युरोपेली अनुसन्धान

प्रचण्डलाई प्रेसर दिने रुकुम पूर्व : ३४ हजार ७७२ मतदाताको वडागत तथ्यांक सार्वजनिक !

बालेनको दोहोरो मापदण्ड : ‘मेयर हुँदा सुकुम्बासी हटाउन डोजर चलाए, अहिले भूमि आयोगलाई दोष थोपर्दै छन् ‘

मार्क टली र नेपाल : दक्षिण एसियाका साक्षीको नेपाली पक्षहरू

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com