ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोना विरुद्धको खोप निस्किएको दाबी : ९० प्रतिशत मानिसमा सङ्क्रमण रोक्न सक्ने


एबीसी न्यूज

काठमाडौं, २४ कात्तिक ।  कोभिड–१९ का लागि बनिरहेको पहिलो प्रभावकारी खोपले ९० प्रतिशत मानिसमा सङ्क्रमण रोक्न सक्ने प्रारम्भिक विश्लेषणमा पत्ता लागेको छ । यो खोप विश्वको ठूलो औषधी कम्पनी फाइजर र बायोटेकले बनाएको हो । कम्पनीले यो ‘विज्ञान र मानवताका लागि महान् दिन’ भएको बताएको छ ।

कम्पनीले यस महिनाको अन्त्यसम्म खोपको प्रयोगको लागि अनुमति पाउन आपत्कालीन आवेदन दिनेछ । यो खोपलाई उत्कृष्ट उपचारका साथै भाइरसविरुद्धको लडाइँमा सबैभन्दा ठूलो हतियार मानिएको छ । कोरोना भाइरसका कारण लगाइएको प्रतिबन्धबाट पनि यसले बचाउन सक्छ । यो खोपलाई अहिलेसम्म ६ देशमा ४३ हजार पाँच सय जनामा परीक्षण गरिएको छ र सुरक्षालाई लिएर कुनै चिन्ता नदेखिएको बताइएको छ ।

विश्वभर दर्जनौँ खोप परीक्षणको अन्तिम चरणमा छन् । जसलाई ‘फेज थ्री ट्रायल’ भनिन्छ । तर कुनै परिणामहरू देखाएको यो पहिलो खोप हो । यो खोपले पूर्णरुपमा प्रयोगात्मक दृष्टिकोणको प्रयोग गर्छ, जसमा शरीरको प्रतिरोधी क्षमता भाइरससँग लड्न तयार होस् भनेर भाइरसको जेनेटिक कोडलाई शरीरमा इन्जेक्ट गरिन्छ ।

यसअघि भएको परीक्षणमा कोरोना भाइरसविरुद्ध लड्नको लागि खोपले शरीरमा एन्टिबडी बनाउने र प्रतिरोधी प्रणालीको एक अर्को हिस्सा निर्माण गर्ने पत्ता लागेको थियो, जसलाई टी–सेल भनिन्छ ।

यो खोपलाई तीन हप्ताभित्र दुई खेप लगाउनुपर्ने हुन्छ । अहिलेसम्म अमेरिका, ब्राजिल, जर्मनी, अर्जेन्टिना, दक्षिण अफ्रिका र टर्कीमा भएको परीक्षणमा सात दिनभित्र मानिसहरुमा भाइरसको प्रतिरक्षात्मक प्रणाली विकसित भएको पाइयो ।

फाइजरले यस वर्षको अन्त्यसम्म यस खोपको पाँच करोड खेप उपलब्ध गराउन सक्ने र सन् २०२१ को अन्त्यसम्म १ दशमलव ३ अर्ब खेप तयार हुन सक्ने आशा व्यक्त गरेको छ ।

तर यस खोपलाई लिएर केही तार्किक चुनौती पनि आउनेछ । यसलाई शून्यदेखि ८० डिग्री सेल्यिसभित्रको तापमानमा राख्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com