ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्रीसँग छलफल गर्ने भनिएको कार्यदलको बैठक बस्न सकेन


एबीसी न्यूज

काठमाडौं, २४ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज सोमबार छलफल गर्ने भनिएको विघटित कार्यदलका सदस्यहरुको बैठक बस्न सकेन । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यदलका सदस्यहरुसँग दिउँसो १२ बजे छलफल हुने भनिए पनि दुई जना सदस्य अनुपस्थित हुनुभएपछि बैठक बस्न नसकेको हो ।

गत भदौमा गठन भएको कार्यदलले १५ बुँदे प्रस्ताव बुझाएको थियो । सोहीअनुसार दुई अध्यक्षले त्यसमा केही बुँदा थप गरी संयुक्त प्रस्ताव बनाउनु भएपछि गत भदौ २६ मा सम्पन्न स्थायी कमिटी बैठकले सो प्रस्ताव अनुमोदन गरेको थियो । सचिवालय बैठकले पनि त्यसलाई अनुमोदन गरेको थियो ।

सोही कार्यदलका सदस्यहरुसँग प्रधानमन्त्रीले सोमबार छलफल गर्ने समय तय भएको थियो । तर तत्कालिन माओवादीबाट कार्यदल सदस्य रहनुभएका जनार्दन शर्मा तथा पम्फा भुषाल छलफलमा सहभागी नहुनु भएपछि बैठक बस्न नसकेको नेता सुरेन्द्र पाण्डेले जानकारी दिनुभयो । “हामीहरु चार जना बालुवाटारमा आधा घण्टा कुरेर बस्यौं, दुई जना साथीहरु नआउनु भएपछि बैठक बस्न सकेन, सम्भवतः भोली बस्छ” उहाँले भन्नुभयो ।

नेता शर्मा आइसोलेशनमा रहनुभएकाले बैठकमा अनुपस्थित हुनुभएको बताइएको छ । तर नेतृ भुषाल कार्यव्यस्तताले आफू बैठकमा सहभागी हुन नसकेको जानकारी दिनुभयो । सिंहदरवारमा एक समितिको बैठकमा सहभागी हुनुभएकी नेतृ भुषालले बालुवाटार जाने समय नमिलेकोले नगएको जानकारी गराउनुभयो ।

विघटित कार्यदलमा तीन प्रमुख नेताहरुका दुई–दुई जना सदस्य रहेका थिए । अध्यक्ष ओलीको तर्फबाट महासचिव विष्णु पौडेल र सचिवालय सदस्य शंकर पोखरेल, वरिष्ठ नेता माधवकुमार नेपालको तर्फबाट स्थायी कमिटी सदस्य भीमबहादुर रावल र सुरेन्द्र पाण्डे तथा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को तर्फबाट नेता शर्मा र भुषाल सदस्य हुनुहुन्थ्यो ।

पार्टीको आन्तरिक विवाद बढेकाबेला गत भदौमा प्रस्ताव तयार गरी तत्कालका लागि विवाद सल्टाएको विघटित कार्यदलका सदस्यसँग छलफल गरेर पुनः समस्याको समाधान गर्ने तयारी अध्यक्ष ओलीले गर्नुभएको छ । त्यही तयारीका लागि छ जना सदस्यसँग छलफल गर्ने तयारी गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com