ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देशभर ७६ जिल्लामा कोरोना सङ्क्रमण (कुन जिल्लामा कति सूचीसहित )


एबीसी न्यूज
कार्तिक २४, २०७७ सोमबार  १० : १७ बजे

काठमाडौ, २४ कात्तिक । देशभर मनाङबाहेक सबै जिल्लामा कोरोनाको सक्रिय सङ्क्रमित रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार १२ जिल्लामा पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित छन् । झापा, मोरङ, सुनसरी, काठमाण्डौ, भक्तपुर, ललितपुर, चितवन, काभ्रे, कास्की, नवलपरासी पूर्व, रुपन्देही र दाङमा ५ सयभन्दा धेरै सक्रिय सङ्क्रमित छन् ।

पछिल्लो २४ घण्टाको विवरणमा सङ्क्रमित हुने र निको हुनेको सङ्ख्या बराबरी जस्तै देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्याङ्कमा सङ्क्रमित र निको हुनेको फरक पाँच जना मात्रै छ । निको हुनेभन्दा सङ्क्रमित पाँच जना बढी छन् ।

आइतबार नेपालमा कोरोना भाइरसका दुई हजार ८१७ सङ्क्रमित थपिए भने दुई हजार ८१२ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा १२ हजार ३११ जनाको आरटी पीसीआर परीक्षण गरिएको थियो । परीक्षण गरिएकामध्ये २२ प्रतिशतभन्दा बढी व्यक्तिमा सङ्क्रमण देखिएको छ ।

कुल सङ्क्रमितको सङ्ख्या एक लाख ९४ हजार ४५३ पुगेको छ । अहिले ३५ हजार ४१९ जनामा भाइरसको सक्रिय सङ्क्रमण छ । यसैगरी कुल एक लाख ५७ हजार ९२६ जना निको भएका मन्त्रालयले जनाएको छ ।

देशका विभिन्न अस्पतालमा ३९८ जना सघन उपचार कक्ष ९आईसीयू० र ८२ जना भेन्टिलेटरमा उपचाररत छन् । पछिल्लो चौबीस घण्टामा २१ कोभिड सङ्क्रमितको ज्यान गएको छ । अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या एक हजार १०८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा एक हजार ५३३ जना कोरोना सङ्क्रमित थपिएका छन् । काठमाण्डौमा एक हजार २९४, भक्तपुरमा ७७ र ललितपुरमा १६२ जना सङ्क्रमित थपिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

काठमाडौँ–६ : प्रतिष्ठाको लडाइँ कि शहरी मतदातामाथि निर्णायक परीक्षा?

बीमा प्राधिकरण सञ्चालक समितिको अध्यक्षमा चन्द्रकला पौडेललाई तोक्ने निर्णय

सम्बन्धित

काठमाडौँ–६ : प्रतिष्ठाको लडाइँ कि शहरी मतदातामाथि निर्णायक परीक्षा?

डिस्कर्ड (असहमति) को बोर्ड

ग्रोकबाट बनेका यौनिक एआई तस्बिरहरूको कारण एलन मस्कको एक्समाथि युरोपेली अनुसन्धान

प्रचण्डलाई प्रेसर दिने रुकुम पूर्व : ३४ हजार ७७२ मतदाताको वडागत तथ्यांक सार्वजनिक !

बालेनको दोहोरो मापदण्ड : ‘मेयर हुँदा सुकुम्बासी हटाउन डोजर चलाए, अहिले भूमि आयोगलाई दोष थोपर्दै छन् ‘

मार्क टली र नेपाल : दक्षिण एसियाका साक्षीको नेपाली पक्षहरू

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com