ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सङ्क्रमित दुई लाख नजिक : कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि नयाँ नीति आउदै


एबीसी न्यूज

काठमाडौँ, कात्तिक २३ । नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या झण्डै दुई लाख नजिक पुग्न लागेपछि सरकारले कोरोना रोग रोकथाम, नियन्त्रण र उपचारका लागि नयाँ नीति लिने सम्भावना बढेको छ । त्यसका लागि सरकारले गृहकार्य थालेको छ ।

सर्वोच्च अदालतले कोरोनाबाट सङ्क्रमितको उपचार निःशुल्क गर्न दिएको आदेश सहितका विषयमा छलफल गरी नयाँ रणनीति तय गर्ने उद्देश्यले उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठक आइतबार बस्न लागेको छ ।

काठमाडौँ उपत्यका मेयर फोरमका अध्यक्ष एवं काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले भन्नुभयो, “उपप्रधानमन्त्री संयोजक रहेको सीसीएमसीको बैठक आइतबार बस्दैछ, त्यसमा कोरोना सङ्कट व्यवस्थापनका विषयमा विस्तृत छलफल हुनेछ, सर्वोच्च अदालतले दिएको निर्देशनका विषयमा पनि छलफल हुनेछ ।”

प्रमुख शाक्यले काठमाडौँ उपत्यकामा अहिले पनि आइसोलेसन खाली छन्, त्यसको समस्या छैन, यस विषयमा कस्तो रणनीति लिने भनेर सो बैठकमा छलफल हुने जानकारी पनि दिनुभयो । उहाँले यस बैठकबाट कोरोना महामारीको सङ्कटलाई कसरी व्यवस्थापन गर्ने भनेर सरकारले नयाँ रणनीति ल्याउने विश्वास पनि व्यक्त गर्नुभयो । हाल काठमाडौँ उपत्यकाका करिब १५ हजारभन्दा बढी कोरोना सङ्क्रमित घरमै एकान्तबसमा छन् ।

निको हुने डेढ लाख नाघे

पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणबाट शनिबार दुई हजार २०६ जना कोरोनामुक्त भएका छन् । यो सङ्ख्यासँगै निको हुनेको कुल सङ्ख्या एक लाख ५५ हजार ११४ पुगेको छ । मन्त्रालयका अनुसार कोरोना निको हुने दर ८१ प्रतिशत रहेको छ । हाल देशभर सक्रिय सङ्क्रमित ३५ हजार ४३५ छन् । हाल देशका विभिन्न ठाउँमा रहेका क्वारेन्टाइनमा एक हजार १४४ जना क्वारेन्टाइनमा छन् ।

सङ्क्रमित दुई लाख नजिक

केही दिनयता सङ्क्रमित हुने सङ्ख्या तुलनात्मक रूपमा घटे पनि सङ्क्रमण घटेको छैन । स्वास्थ्य मन्त्रालयले शनिबार सार्वजनिक गरेको विवरणमा दुई हजार ७५३ जना कोरोना सङ्क्रमित थपिएका छन् । यो तथ्याङ्कसँगै सङ्क्रमितको कुल सङ्ख्या दुई लाख नजिक अर्थात् एक लाख ९१ हजार ६३६ पुगेको छ । शनिबार थप १७ जनाको कोरोनाबाट निधन भएको छ र अब यस रोगका कारण ज्यान गुमाउनेको सङ्ख्या बढेर एक हजार ८७ पुगेको छ । यसैगरी पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप एक हजार ५१२ जना कोरोना सङ्क्रमित थपिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com